तृणमूल नेता छेवाङ भोटिया हमलाकाण्डका आरोपी दिपेश दाहाल पुलिसको पञ्जामा
डी के वाइबा, कालिमन्युज, कालेबुङ 9 मार्च। तृणमूल नेता छेवाङ भोटिया हमलाकाण्डको आरोपमा कालेबुङ पुलिसले आज छापामारी अभियान चलाएर प्राथमिकीमा नाउँ भएको दिपेश दाहाललाई पक्राऊ गरेको छ। दिपेश दाहालको पक्राऊसंगै पक्रा पर्नेहरुको संख्या छ जना पुगेको छ।
भोटिया हमलाकाण्डको आरोपमा पुलिसले प्राथमिकीमा नाउँ भएकाहरुलाई पक्राऊ गर्न तिब्र अभियान चलाईरहेको छ भने अन्य आरोपीहरु भने फरार रहेका छन।
आज पुलिसले पक्राऊ गरेको आरोपीलाई यहाँको न्यायालयमा पेश गर्ने भएको छ। भोटिया हमलाकाण्डको आरोपमा आज पक्रा परेका आरोपी दिपेश दाहालको पक्राउबारे दार्जीलिङ जिल्ला पुलिस अधिक्षक कूणाल अग्रवालले पत्रकार सम्मेलन डाकेर आधिकारीक पुष्टि गरे।
“छेवाङ भोटिया हमलाको आरोपमा आज कालेबुङ पुलिसले छापा मारेर प्राथमिकीमा नाउँ भएका दिपेश दाहाललाई पक्राऊ गरेको छ” – पुलिस अधिक्षक अग्रवालले भने। आज पक्रा परेका उक्त आरोपीनै मुख्य अभियुक्त हुन भनि पत्रकारहरुले सोधेको प्रश्नको जवाबमा पुलिस अधिक्षक अग्रवालले यसबारे न्यायालयमा पेश गरेर सोधपुछ गरेर नै थाहा लाग्नेछ तिनले भने। तिनले यसैसिलसिलामा अगावै पक्राऊ परेका बिजय छेत्री छेवाङ भोटिया हमलाकाण्ड्को मुख्य अभियुक्ति हो भन्ने दाबी गर्दै तिनले न्यायालयमा भोटिया हमलाकाण्डको आरोप न्यायालयमा स्वीकार गरेको दाबी गरे।
दार्जीलिङ पुलिसका अधिक्षक कूणाल अग्रवालले हमलाकाण्डका आरोपीहरुलाई पक्राऊ गर्न पुलिसले हरसम्भव प्रयास गर्ने बताउँदै छापामारी अभियान जारी राख्ने अझ जानकारी दिएका छन। यता तृणमूल नेता छेवाङ भोटिया हमलाकाण्डका मुख्य आरोपीहरु पक्राऊ गर्न अहिले कालेबुङ शहरमा दैनिक र्यापिड एकसन फोर्स अनि आईआरबीका जवानहरुले गस्ति लगाईरहेका छन। शहरमा शान्ति क्ष्रृङखला बनाएर राख्न शहरको बिभिन्न स्थानहरुमा प्रशासनले र्याफ अनि आईआरबीका जवानहरुलाई तैनाथ गरेको छ।
यता तृणमूल नेता छेवाङ भोटिया हमलाकाण्डको बिरोधमा तृणमूल कङ्ग्रेसले कालेबुङ थानामा दर्ता गरेको प्राथमिकीमा नाउँ भएका चारजना आरोपीहरु मध्ये दिपेश दाहाललाई आज कालेबुङ पुलिसले पक्राऊ गरेको छ। कालेबुङ पुलिसले सक्रियता अप्नाउँने आरोपीहरुलाई पक्राऊ गर्न चलाईरहेको छापामारी अभियानमा आरोपी दिपेश दाहाल पक्राऊ पक्राऊ परेका छन। यसभन्दा अघि पुलिसले पाँचजना आरोपीहरु क्रमैले मनोज सिह, बिजय छेत्री, अनिल छेत्री, दिलीप पाशवान अनि बिकाश रुमतेललाई पक्राउ गरिसकेको छ। पुलिसले घटनाको रहस्यको पत्तो लगाउँन पक्रा परेकाहरुलाई सोधपुछ जारी राखेको छ भने दुईजना आरोपीहरुलाई पुलिस हिरासतमा राखेर घटनाको वास्तविकता पत्तो लगाउँने प्रयास गरिरहेको छ।
तृणमूल नेता छेवाङ भोट्या हमलाको आरोपमा पुलिसले पाँच आरोपीहरु पक्राऊ गरिसकेको भए पनि भने प्राथमीकिमा नाउँ भएका मुख्य आरोपीहरुमा गोजयुमो अध्यक्ष बारुद थापा सचिव बिनय घिसिङ अनि प्रभात घिसिङ फरार रहेका छन। उक्त फरार आरोपीहरुलाई पक्राऊ गर्न पुलिसले बिभिन्न स्थानहरुमा छापामारी अभियन तिब्र बनाएको छ। यता हमलाकाण्डका मुख्य आरोपीहरु कालेबुङ शहर छोडेर अन्य स्थानहरुमा भाग्न सक्ने सम्भावनालाई मध्यनजर राखेर पुलिसले बिभिन्न थानाहरुलाई पनि सतर्क गराएको छ।
0 Response to "तृणमूल नेता छेवाङ भोटिया हमलाकाण्डका आरोपी दिपेश दाहाल पुलिसको पञ्जामा"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.