-->
गोजमुमो पार्टीले ढाँटको राजनीति छोडे असल – गोर्खालिग

गोजमुमो पार्टीले ढाँटको राजनीति छोडे असल – गोर्खालिग

कालिमन्युज, कालेबुङ 9 मार्च। गोर्खा जनमुक्ति मोर्चाले ढाँटको राजनीति त्याग्नुपर्ने गोर्खालिगले सुझाव दिएको छ। “गोजमुमो नेताहरुले दिल्लीमा राष्ट्रपती अनि गृह मन्त्रीलाई भेटेर छुट्टै राज्य गोर्खाल्याण्डको कुरा गर्‍यौ भनि जुन दाबी गर्दैछ त्यो सरासर जनतालाई ढाँटेको हो। यस कुराको पुष्टि दिपा दासमुन्सिको बयानले स्पष्ट पारेको छ। दिपा दासमुन्सिले कुनै पनि मन्त्रीसंगको भेटघाटमा गोर्खाल्याण्डको कुरा उठेन भनेर जुन बयान दिएकी छिन त्यस बयानले नै गोजमुमो नेताहरुले जनतालाई ढाँटीरहेको छ भन्ने प्रमाणीत भएको छ” अभागोली नेता प्रताप खातीले भने। 
तिनले मोर्चाले गरेको आन्दोलनहरु राष्ट्रपतीको अनुरोधमा फिर्ता गरेको भन्नेछ भनि अगावै भविष्यवाणी गरेको बताउँदै आज आएर आफुले गरेको भविष्यवाणी सही भएको दाबी गरे। गोजमुमोले दिल्लीमा केवल पैसाको कुरा गरेर फर्केको दाबी गर्दै यता गोर्खाल्याण्ड भनेर जनतालाई भ्रममा पार्ने कार्य गरेको खातीले अझ दाबी गरे। यता गोजमुमो अध्यक्ष बिमल गुरुङले केहि दिन अघि तृणमूल नेता छेवाङ भोटियामाथि हमला भएकोमा तृणमूल कङ्ग्रेसकै हात रहेको भन्ने दाबी गरेकोमा प्रतिक्रिया व्यक्त गर्दै तृणमूल कङ्रेस नेता छेवाङ भोटियालाई गोजमुमोले नै हमला गरेको हो भनि दाबी गरे। 
तिनले प्राथमिकीमा नाउँ भएका युवा मोर्चा अध्यक्ष बारुद थापा सचिव बिनय घिसिङ आदिको नाउँ लिदै उक्त नेताहरु के त्यसो भए तृणमूलको हो भनि प्रश्न राखे। उक्त हमलाकाण्डको तिब्र आलोचना गर्दै हमलाकारीहरुलाई यथाशिघ्र पक्राऊ गर्नुपर्ने पनि खातीले माग गरे।

0 Response to "गोजमुमो पार्टीले ढाँटको राजनीति छोडे असल – गोर्खालिग"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.