तृणमूल नेता छेवाङ भोटियालाई गोजमुमो पार्टीले प्राणघातक हमला गरेको हो – मह्नेद्र गजमेर भोटियामाथीको हमलामा गोजमुमो पार्टीको हात छैन - मोर्चा
कालिमन्युज, कालेबुङ 6 फरवरी। तृणमूल कङ्ग्रेस नेता छेवाङ भोटिया माथि आज यहाँको एउटा नीजि होटलमा पार्टी कार्यकर्ताहरु कुराकानी गरिरहेको समयमा अज्ञात व्यक्तिहरुले प्राणघातक हमला गर्दा गम्भिररुपमा घाईते भएका छन। यसका साथै अर्का तृणमूल नेता ब्रुनो लेप्चालाई पनि चोट लागेको छ। उक्त घटना दिउँसो लगभग 1:20 बजे भएको हो।
उक्त घटना पछि कालेबुङ शहरमा एकाएक सनसनी मच्चियो।
तृणमूल कङ्ग्रेस अध्यक्ष छेवाङ भोटियाको अवस्था सोचनिय रहेको कारण तिनलाई यहाँको महकुमा अस्पतालमा प्राथमिक उपचार गरेर सिलग़डी रेफर गरिएको छ भने अर्का घाईते ब्रुनो लेप्चालाई प्राथमिक उपचार गरेर छुट्टी दिएको छ। घाईते भोटियाको टाउको अनि अनुहारमा गहिरो चोट लागेको छ भने तिनलाई घटना स्थलबाट पुलिसले रगतपच्छे भएर् भिजेको अवस्थामा उद्धार गरेर अस्पतालमा पुर्याएको थियो। घटनाबारे जानकारी दिदै तृणमूल नेता महेन्द्र गजमेरले आज आफुहरु कुनै सभा गर्न भेट नगरेर सामान्य कुराकानी गर्न भेटघाटगर्दा गोजमुमो पार्टीको युवा संगठनका नेताहरुले हमला गरेको आरोप लगाए।
उक्त हमलाकाण्ड पछि घटना स्थलको जायजा लिन अतिरिक्त पुलिस अधिक्षक सोङमित लेप्चा, थाना प्रभारी प्रसाद प्रधान दलबल सहित घटना स्थलमा पुगेका थिए।
“हामी बसेर एकार्कामाझ कुराकानी गरिरहेका थियौ। यसै समय युवा मोर्चाका नेता बारुद थापा, बिनय घिसिङ लगायत थुप्रै युवाहरु अचानक आएर हमला गर्न शुरु गरे” – महेन्द्र गजमेरले दुईनेतहरुको नाम लिएर नै भने।
आफु केहिदिन अघि सिकिस्त बिरामी भएको अनि हिज मात्र अस्पतालबाट छुट्टी पाएर घर गएको तिनले जानकारी गराउँदै आफु बिरामी हुँदा साथीहरु कोलकोतामा गएको अनि उक्त बिषयबारे आज भेटेर गफ गर्न भेटघाट गरेको तिनले जानकारी गराए। “हाम्रो कुनै सभा थिएन। कोलकोताबाट फर्किएका साथीहरुले भेट गरेर गफ गरौ भनेर सल्लाह हुँदा आज भेटघाट थियो” गजमेरले अझ भने। भेटघाटकै क्रममा पत्रकारहरुसंग कुराकानी समेत गरेको जानकारी गराउँदै पत्रकारहरुसंग कुराकानी सकेर पत्रकारहरु फर्किनसाथ गोजयुमो नेताहरुले आएर हमला गरेको तिनले दाबी गरे।
“तिमीहरु के को सभा गर्दैछौ भनेर हामीलाई युवामोर्चाका कार्यकर्ताहरुले सोधे, हामीले पनि सभा गरेको होईन भन्दा नभन्दा तिनीहरुले पहिला छेवाङ भोटियालाई गमलाले हिर्काए अनि तिनी भूईँमा लडेपछि हतियार र फलामको रडले जथाभावी हिर्काएर रगतपच्छे बनाए” महेन्द्र गजमेरले सिधै भने।
तिनले उक्त हमला सुनियोजित रहेको आरोप लगाउँदै युवा मोर्चाले दादागिरी देखाएर पहाडमा अशान्ति फैलाईरहेको आरोप लगाए।
गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङ पहाडमा गाँन्धीवादी आन्दोलन गरेको भनि बारम्बार भन्ने गरेको कुरालाई आजको घटनापछि तृणमूल कङ्ग्रेसले कडा शब्दमा प्रतिक्रिया जनाएको छ। मोर्चाको भनाईलाई उद्धृत गर्दै “गाँन्धीवादी आन्दोलन गर्नेहरुले के यसरी नै प्राणघातक हमला गर्छ ?” तृणमूल नेता महेन्द्र गजमेरले प्रश्न राखे।
उक्त घटना पछि तृणमूल कङ्ग्रेसको पक्षमा महेन्द्र गजमेरले कालेबुङ थानामा प्राथमिकी दर्ता गरेका छन। हमला काण्डको पछि गोजयुमो नेताहरु संलग्न रहेको आरोप लगाउँदै तृणमूल कङ्ग्रेसले दर्ता गरेको प्राथमिकीमा युवा मोर्चा कालेबुङ महकुमा समितिका अध्यक्ष बारुद थापा, सचिव बिनय घिसिङ, प्रभात घिसिङ आदिको नाउँ सामेल रहेको छ।
तृणमूल नेता छेवाङ भोटियामाथि भएको प्राणघातक हमला बिषयमा गोजमुमो पार्टीले प्रतिक्रिया व्यक्त गर्दै उक्त हमला काण्डमा मोर्चाको कुनै हात नरहेको स्पष्टिकरण दिएको छ। गोजमुमो कालेबुङ महकुमा समितिका सचिव कुमार चामलिङले पत्रकार सम्मेलन डाकेर उक्त हमलाकाण्डमा गोजमुमो पार्टी कार्यकर्ताहरुको हात रहेको तृणमूल कङ्ग्रेसको आरोपलाई सरासर गलत रहेको बताउँदै खण्डन गरे।
“आज गोजमुमो पार्टीको सम्पूर्ण भातृसंगठनहरुलाई लिएर यहाँको पार्टी कार्यालयमा सांगठनिक सभा थियो। उक्त सभामा भएका व्यक्तिहरुले तृणमूल कङ्ग्रेस नेतालाई हमला गर्यो भनि आरोप लगाउँनु सरासर गलत कार्य हो। हामी यसको बिरोध गर्दछौ” कुमार चामलिङले भने। यसै सिलसिलामा युवा मोर्चा नेताहरुको नाउँमा भएको प्राथमिकी दर्ता बिषयमा युवा मोर्चाका प्रर्यवेक्षक तथा सभासद निमा तामङले उक्त घटना युवा मोर्चाले कहिल्यै नगर्ने दाबी गरे।
0 Response to "तृणमूल नेता छेवाङ भोटियालाई गोजमुमो पार्टीले प्राणघातक हमला गरेको हो – मह्नेद्र गजमेर भोटियामाथीको हमलामा गोजमुमो पार्टीको हात छैन - मोर्चा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.