“पहाडमा गणतन्त्र छैन” भनेको आधा घण्टाबित्न नपाई तृणमूल नेतामाथी हमला गोजमुमोले पहाडमा गणतन्त्रको हत्या गरेको छ – छेवाङ भोटिया
कालिमन्युज, कालेबुङ 6 फरवरी। कालेबुङका तृणमूल क़ङ्गेस अध्यक्ष छेवाङ भोटिया माथी आज प्राण घातक हमला भयो। समाचार लेखुञ्जेलसम्म तिनको अवस्था सोचनीय रहेको थाह लागेको छ। भोटिया अज्ञात व्यक्तिहरुको हमलाको शिकार हुन अघि पत्रकार सम्मेलनमा बोल्दै पहाडमा गणतन्त्र छैन भनि दाबी गर्दै थिए।
यहाँको एउटा नीजि होटल परिसरमा आज तृणमूल नेता छेवाङ भोटिया अनि अन्य तृणमूल कङ्ग्रेस नेताहरुको अनौपचारिक भेटघाट कार्य रहेको थियो।
उक्त अनौपचारिक भेटघाट कार्यमा तृणमूल कङग्रेसका नेताहरु छेवाङ भोटिया लगायत महेन्द्र गजमेर, छिरिङ शेर्पा, ब्रुनो लेप्चा, सञ्जिप काबो, माईकल लिङ्दामो, पेमा मोक्तान, गोपाल छेत्री, सुकबहादुर सुब्बा, सी पी खतिवडा उपस्थित रहेका थिए। तिनीहरुले भेटघाट गरेर दलीय कार्यबारे छलफल गरिरहेका थिए। उनिहरु पार्टीको आगामी कार्यक्रम कसरी गर्नपर्ने तथा दार्जीलिङ पहाडमा तृणमूल कङ्ग्रेस बिस्तारको निम्ति कसरी रणनीति अप्नाउँनुपर्ने भन्ने बिषयमा नै चर्चा परिचर्चा गरिरहेका थिए।
पार्टीगत चर्चा गरेपछि तृणमूल कङ्ग्रेसका कालेबुङ महकुमा समिति अध्यक्ष छेवाङ भोटियाले पत्रकार सम्मेलन गरेर दलीय कार्यबारे चर्चा परिचर्चा गरेको जानकारी दिए। तिनले यस अवसरमा पहाडमा गोजमुमो पार्टीले गणतन्त्रको हनन गरिरहेको समेत आरोप लगाए। “दार्जीलिङ पहाडमा गणतन्त्र छैन। यहाँ मोर्चाले गणतन्त्रको हनन गरेको छ। पहाडमा शान्ति तथा गणतन्त्रको स्थापना नै हिल तृणमूलको पहिलो उदेश्य हो। हामी छुट्टै राज्य गोर्खाल्याण्ड चाहन्छौ तर यसभन्दा पहिला पहाडमा गणतन्त्रको स्थापना हुनपर्छ भन्ने हिल तृणमूलको पहिलो मुद्दा रहेको छ” – छेवाङ भोटियाले पत्रकार सम्मेलनमा बोल्दै भने। तिनले यसै अवधी गोजमुमो पार्टीले जीटीएको सत्तामा बसेर व्यापक भ्रष्टचार गरिरहेको आरोप लगाउँदै साधारण जनताको सहुलियतमाथी मनमानी गरिरहेको आरोप लगाए।
“गोजमुमो पार्टीले जीटीको सत्तामा बसेर मनमानी गरिरहेको छ। यहाँ व्यापक भ्रष्टचार भईरहेको छ। प्राथमिक शिक्षकको नियुक्तिमा पनि भ्रष्टचार गोजमुमोले गरेको छ” छेवाङ भोटियाले भने। तिनले पहाडमा तृणमूल कङ्ग्रेसको बिस्तार गरेर पहाडमा गणतन्त्र स्थापना गरी यहाँको बेरोजगार समस्या समाधान गर्दै आर्थिक बिकाश गर्ने योजना रहेको बताए।
तृणमूल नेता छेवाङ भोटियाले पत्रकार सम्मेलन गरेर पहाडमा गणतन्त्र छैन भनि दाबी गरेको आधा घण्टा बित्न नपाई तिनीमाथी प्राणघातक हमला भयो।
पत्रकार सम्मेलन सकेर पत्रकारहरु जब बाहिरिए ठिक त्यसै समय उक्त हमला भयो। भोटिया माथी हमला भएको खबर थाह पाउँन साथ पत्रकारहरु घटना स्थलमा पुग्दा भोटियालाई रगतपच्छे अवस्थामा पुलिसले उद्धार गरेर अस्पताल लान वाहनमा राखिरहेका थिए। उक्त घटना समबन्धी तृणमूल कङ्ग्रेसले गोजमुमो पार्टीको भातृ संगठन युवा मोर्चा नेताहरु माथि प्राथमीकि दर्ता गरेको छ। युवा मोर्चा नेताहरु बिरुद्ध तृणमूल कङ्ग्रेसले थानामा प्राथमिकी दर्ता गरे पनि समाचार लेखुञ्जेलसम्म भने प्राथमिकीमा नाम भएका आरोपीहरु पक्राऊ भएका छैनन।
0 Response to "“पहाडमा गणतन्त्र छैन” भनेको आधा घण्टाबित्न नपाई तृणमूल नेतामाथी हमला गोजमुमोले पहाडमा गणतन्त्रको हत्या गरेको छ – छेवाङ भोटिया "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.