-->
विद्यार्थीहरुले व्याजमुक्त ऋण पाउँनुपर्छ – तारा सुन्दास

विद्यार्थीहरुले व्याजमुक्त ऋण पाउँनुपर्छ – तारा सुन्दास

डी के वाइबा, कालिमन्युज, कालेबुङ , 15 मार्च। मानव संसाधन बिकास बिभागद्वारा तक्निकी उच्च शिक्षा लिन चाहने आर्थिक बिपन्न परिवारका बिद्यार्थीहरुलाई व्याजमुक्त ऋण दिने प्रावधान भए पनि दार्जीलिङ पहाडका बिद्यार्थीहरुले भने उक्त सहुलियत पाउँन नसकेको माकपा नेता तारा सुन्दासले आरोप लगाएका छन। 
बिभागले बिद्यार्थीहरुको निम्ति साढे चार लाख रुपीया सम्मको ऋण दिने प्रावधान राखे पनि पहाडका व्याङकहरुले भने प्राथमिकता नदिएको आरोप लगाएका छन। यस सन्दर्भमा आज माकपा नेता सुन्दासले महकुमा अधिकारी एल एन शेर्पालाई भेट गरेर एउटा ज्ञापन पत्र चडाए। 
व्याङ्‌कका अधिकारीहरुसित भेट गरेपछि आर्थिक रुपले सम्पन्न परिवारका विद्यार्थीहरूलाई मात्र ऋण दिनेगरेको कुरा थाहा पाएको आरोप लगाउँदै गरीबका नानीहरुलाई अवहेलना गरिने कार्य भईरहेको आरोप लगाए। उनले सरकारी कागजपत्र देखाउँदै आफ्नो तर्क पेश गरेपछि जिल्लापाल अथवा महकुमा अधिकारीले चासो देखाए यो सम्भव हुने भएकाले नै उनले महकुमा अधिकारीलाई ज्ञापन चडाएको खुलस्त पारे। 
यहॉंका गैरसकारी संस्थाहरूले पनि यस्ता कुराहरूमा चासो देखाउनुपर्ने भन्दै शैक्षिक संस्थानहरूले पनि पहल गर्नुपर्ने आह्वान गरेका छन्‌। उनले महकुमा अधिकारीसमक्ष आर्थिक विपन्न परिवारका विद्यार्थीहरूलाई ऋण दिने व्यवस्था चॉंडै गर्नुपर्ने माग गरेका छन्‌।

0 Response to "विद्यार्थीहरुले व्याजमुक्त ऋण पाउँनुपर्छ – तारा सुन्दास"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.