ट्राफिक पुलिसको जाँच अभियानमा 45 बाईक पक्राऊ
डी के वाइबा, कालिमन्युज, कालेबुङ 15 मार्च। ट्राफिक पुलिसले शहरमा ध्वनी प्रदुषण फैलाउँने बाईकहरु बिरुद्ध कडा कानुनी कारवाही गर्ने पहल शुरु गरेको छ। यसै सिलसिलामा आज कालेबुङ ट्राफिक पुलिस ओसी प्रविण गुरुङको नेतृत्वमा रहेको टोलीले शहरमा ध्वनी प्रदुषण फैलाउँने बाईक अनि ट्राफिक नियमलाई उल्लंघन गर्दै बिना लाईसेंस तथा हेलमेट नलगाई बाईक हाँक्नेहरु बिरुद्ध जाँच अभियान चलायो।
यहाँको नोभेल्टि परिसर अनि टुनी बोटे परिसरमा चलाएरको जाँच अभियानमा ट्राफिक पुलिसले मोठ 45 वटा बाईकहरु बिरुद्ध मुद्दा दर्ता गरेको छ। शहरमा अहिलेघरी बाईक सवारीहरुले बिभिन्न कम्पनीका बाईकहरुलाई आधुनिकीकरण गरेर ध्वनी प्रदुषण फैलाउँदै शहरमा जथाभावी गुड्ने गरेका छन। जसको कारण उच्च ध्वनीको कारण मानिसहरुले ध्वनी प्रदुषणको शिकार भईरहेका छन। यसको साथै शहरको नजीक अस्पताल क्षेत्रमा उच्च ध्वनी भएका बाईकहरुको कारण बिरामीहरुले ध्वनी प्रदुषणको समस्या भोग्न परिरहेको छ।
उक्त कुराहरुलाई मध्यनजर राखेर बाईकहरुलाई आधुनिकीकरण गरी उच्च ध्वनी निकाल्ने बाईकहरु बिरुद्ध आखिरमा ट्राफिक पुलिसले कानुनी कारवाही शरु गरेको छ। यसको साथै बाईक कुदाउँदा हेलमेट लगाउँनै पर्ने ट्राफिक नियम भएको भए पनि उक्त नियमलाई कुनै परवाह नगरी तथा लाईसेंस समेत नबोकि बाईक हाँक्नेहरु बिरुद्ध पनि ट्राफिक पुलिसले आजदेखि कडा कानुनी कारवाही शुरु गरेको छ।
ट्राफिक पुलिसले आज चलाएको अभियानमा पक्रा परेका सबैलाई ट्राफिक पुलिसले कानुनी कारवाही गर्दै मुद्दा दर्ता गरेको छ। अर्कोतिर शहरमा बड्दो ट्राफिक जामको समस्यालाई समाधान गर्न मालवाहक ट्रकहरुलाई बिहान 7 बजेदेखि 9 बजेसम्म अनि बेलुकी 2 बजेदेखि 4 बजेसम्म शहरमा पस्न नपाउँने ट्राफिक ओसी प्रविण गुरुङले बताएका छन।
0 Response to "ट्राफिक पुलिसको जाँच अभियानमा 45 बाईक पक्राऊ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.