-->
 पहाडमा तृणमूल कङ्ग्रेस बिस्तार

पहाडमा तृणमूल कङ्ग्रेस बिस्तार

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 22 मार्च । पहाडको सत्तासिन पार्टी गोजमुमोलाई अहिलेघरी चारै पक्षबाट घेर्न तृणमूल कङ्ग्रेसले अभियान चलाईरहेको छ। शुरुका दिनहरुमा मोर्चा अनि ममता माझको सुमधुर सम्बन्ध अचानक बिग्रिएपछि ममता ब्यानर्जीले पनि पहाडमा तृणमूल कङ्ग्रेस बिस्तार गरेर मोर्चालाई चुनौति दिन कम्मर कसेर कार्यकर्ताहरुलाई संगटःअन बिस्तारको जिम्मा लगाएको सुत्र मार्फत थाहा लागेको छ। जसको कारण अहिले पहाडमा तृणमूल कङ्ग्रेसको संगठन बिस्तार तिब्ररुपमा अघि बडीरहेको छ। 
यसै संगठनको बिस्तारको क्रममा 45 नम्बर समष्टि अन्तर्गत पर्ने रोङ्गो सिन्कोनामा बगानमा तृणमूल कङ्‌ग्रेसको शाखा कमिटी गठन भएको छ। उक्त जानकारी गोरुबथान खण्ड समितिका सन्योजक पेमा मोक्तानले दिएका हुन। स्थानीय तृणमूल कङ्‌ग्रेस समर्थनहरूलाई लिएर बसेको सभामा तृणमूल कङ्‌ग्रेसको रोङ्गो युनिट गठन गरिएको छ। 
तृणमूल कङ्‌ग्रेस गोरुबथान खण्ड समितीका संयोजक पेमा मोक्तानको अध्यक्षतामा उनकै नीजि निवासमा बसेको बैठकबीच शाखा कमिटी गठन गरिएको हो। नवगठित तृणमूल कङ्‌ग्रेस रोङ्गो शाखा कमिटीका अध्यक्षको रुपमा सुरज सुब्बालाई चयन गरिएको छ भने उपाध्यक्ष विशाल गुरुङ, सचिव सञ्जय राई, सह-सचिव मनोज गुरुङ, कोषाध्यक्षहरू विमल गुरुङ अनि प्रकाश तामाङ्ग लगायत अन्य 15 जनाको कार्यकारी सदस्यहरू उक्त नबगठित कमिटिमा रहेको मोक्तानले अझ जनाएका छन।

0 Response to " पहाडमा तृणमूल कङ्ग्रेस बिस्तार"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.