-->
दार्जीलिङ जिल्ला हिल कङ्ग्रेसको लोकसभा चुनावलाई मध्यनजर राखेर चुनावी कसरत शुरु

दार्जीलिङ जिल्ला हिल कङ्ग्रेसको लोकसभा चुनावलाई मध्यनजर राखेर चुनावी कसरत शुरु

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 22 मार्च। बिगत वर्ष युनियन टेरीटोरीको मुद्दा अघि लगाएर लोकसभा चुनाव लड्ने दार्जीलिङ जिल्ला हिल कङ्ग्रेसले आगमी 2014 को लोकसभा चुनावलाई मध्यनजर राखेर चुनावी कसरत शुरु गरेको छ। 
एकातिर दार्जीलिङ पहाडमा सबै राजनैतिक दलहरु गोर्खाल्याण्डको मुद्दा लिएर बिभिन्न कार्यक्रमहरु गरिरहेका छन भने हिल कङ्ग्रेसले भने चुनावी कसरत सुरु गरेको छ। यस वर्ष पनि हिल कंग़्रेसले युनियन टेरीटोरीकै मुद्दालाई लोकसभा चुनावको मूल मूद्दा बनाएको छ। 
यसै सन्दर्भमा दार्जीलिङ जिल्ला कङ्ग्रेसको एउटा बैठक खरसाङको पार्टी कार्यलयमा भएको जिल्ला कङ्ग्रेस अध्यक्ष के बी छेत्री एक बिज्ञाप्ति जारी गरेर जानकारी दिएका छन। पहाडको स्थायी सामधान केवल युनियन टेरिटोरी मात्र रहेको दार्जीलिङ जिल्ला कङ्‌ग्रेले दाबी गर्दै पोहोर साल जस्तो यसचोटि हेभिवेट नेता भनेर दार्जीलिङ पहाड बाहिरका नेतालाई जनसमर्थन दिनु नहुने माग दार्जीलिङ जिल्ला कङ्‌ग्रेसको छ। ‘2014 मा हुने लोकसभा चुनाउमा सर्वसाधरणको आकाक्षालाई संसदमा पुर्‍याउने र जनताको आवाज बुलन्द गर्ने स्थानीय उम्मेदवार नै चयन गरिनुपर्छ’-बिज्ञप्तिमा भनेको छ। 
विज्ञप्तिमा अझ जनाएअनुसार, हिजो खरसाङमा दार्जीलिङ जिल्ला कङ्‌ग्रेस कमिटीको एउटा बैठक केबी छेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। कमिटीका सदस्य एवं पूर्व सासंद दावा नर्बुलाको पनि प्रमुख उपस्थित रहेको बैठकमा लोकसभा चुनाउमा दार्जीलिङ कङ्‌ग्रेसले पठाउने उम्मेदवारमाथि चर्चा परिचर्चा गरियो। दार्जीलिङ अनि तराई-डुवर्सलाई मिलाएर केन्द्र शासित प्रदेश गठन गर्नमा केन्द्र सरकारले आपत्ति जनाउन सक्तैन्न भन्ने विश्वास दार्जीलिङ कङ्‌ग्रेसको छ। यसैले अघिल्लो दिनहरूमा केन्द्रका कङ्‌ग्रेस नेतृत्वहरूसित भएको वार्ताहरूबारे पनि कमिटीका सदस्यहरूले चर्चा गरेका छन्‌। 
अब फेरिपनि कङ्‌ग्रेसका शीर्ष नेतृत्व अनि मन्त्रीहरूसित भेट गर्न चॉंडै दार्जीलिङ कङ्‌ग्रेस कोर कमिटीका 11 जनाको एउटा एउटा टोली दिल्ली जाने भएको छ। दार्जीलिङको स्थायी समाधानको निम्ति कङ्‌ग्रेस केन्द्रिय उपाध्यक्ष एवं युवा नेता राहुल गान्धीलाई दार्जीलिङको भ्रमण गर्नको निम्ति पनि उक्त टोटीले निवेदन गर्ने भएको छ। खरसाङमा सम्पन्न बैठकमा नै वर्तमान दार्जीलिङ पहाडको बिग्रँदो राजनैतिक परिस्थिमाथि पनि चर्चा गरिएको थियो। 
पहाडको निम्ति हुनसक्ने राजनैतिक समिकरणमाथि चर्चा गर्दै मुख्यमन्त्री ममता व्यानर्जीले गोर्खाल्याण्ड आन्दोलनलाई विछिन्नतावादीको संज्ञा दिएकोमा पनि दार्जीलिङ कङ्‌ग्रेसले भर्त्सना जनाएको छ। छुट्टै राज्य गोर्खाल्याण्डको माग संवैधानिक माग रहेको दाबी गर्दै ममता ब्यानर्जीले बिच्छिन्नवादी आन्दोलन भनेर संवैधानिक अधिकाराबाट बञ्चित बनाउँने कार्य गरेको हिल कङ्ग्रेसले दाबी गरेको छ। आगमी दिनमा कङ्ग्रेसको सम्मेलन कालेबुङमा आयोजना गरिने अनि उक्त सम्मेलनमा केन्द्रबाट नेताहरु ल्याएर युनियन टेरोटोरीको पक्षमा अवगत गराउँने पनि उक्त बिज्ञप्तिमा जनाईएको छ।

0 Response to "दार्जीलिङ जिल्ला हिल कङ्ग्रेसको लोकसभा चुनावलाई मध्यनजर राखेर चुनावी कसरत शुरु"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.