-->
कालेबुङ नगरपालिका बिकास कार्य गर्न अघि विरोधको सम्मुखिन

कालेबुङ नगरपालिका बिकास कार्य गर्न अघि विरोधको सम्मुखिन

कालिमन्युज, कालेबुङ 14 मार्च। कालेबुङ शहरलाई समस्यामुक्त बनाउँने अनि सुन्दरीकरण बनाउँने परिकल्पना बनाउँदै बसेको कालेबुङ नगरपालिका आफै समस्यै समस्याको भुँवरीमा अल्झेको छ।
नगरपालिकाले शरहरमा बिकाश गर्न चाहन्छ अनि बिकाशका योजनाहरु तयार बनिन्छन। तर शहरवासीलाई बिकाशको सहुलियत दिन चाहने कालेबुङ नगरपालिका आफै भने अहिले न त बिकाशको बाटोमा हिड्न सकिरहेको छ न त समस्या मुक्त नै हुन सकिरहेको छ। कहिले मैलाको समस्याले वाक्क हुन्छ त कहिले बिकाशको नाउँमा विवादको घेरोमा कसिन पुग्छ यो नगरपालिका। 
दार्जीलिङ पहाडबाट प्रथमचोटि आईएएस जस्तो उच्च आयोग परिक्षा पास गरेर प्रशासक बनेका एल बी परियार कालेबुङ नगरपालिकाको नगराध्यक्ष बनेपछि कालेबुङ शहरको समस्या सबै समाधान हुने मानिसहरुले अनुमान लगाएका थिए। यता नगर अध्यक्ष बन्न अघि तिनले पनि कालेबुङ शहरमा मैलाको समस्या आफु नगर अध्यक्ष बनेको तीन महिना भित्रमा समाधान गर्ने घोषणा नै गरेका थिए। तर तिनले गरेको घोषणा तीन महिना बितेर अहिले बर्ष दिन पार गर्दा समेत मैलाको समस्या समाधान हुन सकेको छैन।
जसको कारण कहिले हाइवेवासी वाक्क बन्न परिरहेका छन त कहिले शहरवासी वाक्क बनिरहेका छन । समस्याहरुको विकल्पहरु एकपछि अर्को नगरपालिकाले सोचेको र परिकल्पना गरेको भन्दा विपरीत हुदै गएकोले समस्या केवल समस्या नै रहेर चुलिन्दै जादैछ।  विकल्प निकालिन्दैछ तर फेरि कुनै पक्षबाट् विरोध हुदैछ अनि समाधान हुन असम्भव भइरहेकोछ।
यस्तो परिस्थितिमा कालेबुङ नगरपालिकाले यसपल्ट शहरमा बिकाश गर्ने अर्को परियोजना तयार पारेको छ।
कालेबुङ नगरपालिकाले यसपल्ट बिकाश गर्न यहाँको हाट बजारलाई लक्ष्य राखेको छ। 
यसपल्ट कालेबुङ नगरपालिकाले यहाँको हाटबजारलाई बृहत रुपमा सपिङ कम्प्लेक्स बनाउँने योजना बनाएको छ। नगरपालिकाले हाट बजारमा सपिङ कम्प्लेक्स बनाउँने योजना तयार बनाउँनेसाथ यता हाट बजार ब्यापारी संगठनले भने बिरोध जनाएको छ। सबैभन्दा चासोको कुरा के छ भने कालेबुङ नगरपालिकाले बनाएको परियोजनालाई बिरोध गर्नेहरुमा एक् नागरपालिकाकै पार्षद रहेका छन। यहाँको हाटबजार परिसरमा कालेबुङ नगरपालिकाले सपिङ कम्प्लेक्स बनाउँने कुरालाई लिएर आज हाट बजार व्यापारी संगठनको एउटा आकस्मिक सभा सम्पन्न भयो।
उक्त सभामा हाटबजार व्यापारी संगठनका सबै सदस्यहरु उपस्थित रहेका थिए भने उक्त सभामा नगरपालिकालाई सपिङ कम्प्लेक्स निर्माण गर्न नदिने निर्णय लिईएको छ। नगरपालिकाको योजनालाई हाटबजार ब्यापारी संगठनको उक्त निर्णयले प्रारम्भिक चरणमै गहिरो झट्का लागेको छ भने बिरोध गर्नेहरुमा क्षेत्रीय नगरपार्षद रवी प्रधान स्वयम् अघि आएका छन। यस सम्बन्धमा नगरपालीकाको उक्त परियोजनालाई बिरोध गर्नुको कारणबारे पार्षद रवी प्रधानले हाट बजारमा सपिङ कम्प्लेक्स निर्माण गरे ससाना व्यापारीहरु समस्यामा पर्ने बताएका छन।
“हामी नगरपालिकाको बिकाशको बिरोध गर्दैनौ। तर बिकाशको नाउँमा व्यापारिहरु समस्यामा पर्नु हुँदैन। यहाँ निर्माण गरेपछि बडेको ट्याक्स कसरी तिर्ने हो । यसर्थ हामी यसको बिरोध गर्छौ” क्षेत्रीय नगरपार्षद प्रधानले भने।

0 Response to "कालेबुङ नगरपालिका बिकास कार्य गर्न अघि विरोधको सम्मुखिन "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.