Kalimpong News is an online news portal and an unit of Kalimpong Press Club.
Disclaimer Note: The views in the articles published here are absolutely the views of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News and the Kalimpong News and KalimNews does not stand liable for them and assumes no responsibility for the accuracy or validity of the content.
डी के वाइबा, कालिमन्युज, कालेबुङ 21 मार्च। गोजमुमो पार्टीले आज छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै शहरमा जुलुस निकाल्यो। पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार निकालिएको जुलुसमा पार्टीको भातृ संगठनका सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो।
यहाँको मल्लि रोडस्थित पार्टी कार्यलयबाट शुरु भएको उक्त जुलुसले डम्बर चौक हुँदै दशमाईल फाटक भएर शहर परिक्रमा गरेपछि पुन: डम्बर चौकमा आएर पथसभामा परिणत भयो। यस अवसरमा पार्टी कार्यकर्ताहरुले छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै अनि बङगाल सरकारको बिरोधमा जोडदार नारबाजी लगाए। यसको साथै मोर्चा समर्थकहरुले “सीआरपी गो ब्याक”, “पहाडमा सीआरपी लगाएर अत्याचार गर्न पाउँदैन” जस्ता नाराहरु पनि लगाए।
जुलुसले शहर परिक्रमा गरेपछि डम्बर चौकमा आएर सम्पन्न भएको पथ सभालाई सम्बोधन गर्दै सभासद तथा गोजमुमो
सांगठनिक सचिव सामुएल गुरुङले छुट्टै राज्य गोर्खाल्याण्ड गटःअन गर्नै पर्ने माग गरे। “गोर्खाल्याण्ड गोर्खाहरुको संवैधानिक अधिकार हो। गोर्खाहरुले संवैधानिक अधिकार माग्दा कसरी बिच्छ्न्नतावादी भयो ? बङगाल सरकारले गोर्खाल्याण्डको आन्दोलनलाई दबाउँन बिच्छिन्नतावादी आन्दोलन भन्ने गरेको छ। यसको हामी बिरोध गर्छौ”- सामुएल गुरुङले भने।
यसको साथै तिनले पहाडमा तृणमूल कङ्ग्रेसले सीआरपी ल्याएर आन्दोलनकारीहरुलाई अपराधीलाई झै व्यवहार गर्ने गरिरहेको आरोप लगाउँदै यदि गोर्खाल्याण्ड गठ्न हुँदैन भन्छ भने भारतीय संविधानको धारा 3(क)लाई खारेज गर्नु भनि मुख्यमन्त्री ममता ब्यानर्जीलाई चुनौति नै दिए। पहाडमा अहिलेघरी सीआरपीले जथाभावी छापा मारेर गोर्खाल्याण्ड माग्नेहरुलाई अपराधी झै व्यवहार गर्न खोजेको आरोप लगाउँदै सीआरपीले राजनैतिक उद्धेश्य प्रेरित भएर कार्य गर्नु ठिक नहुने बताए। भारतीय गोर्खाहरुको एकमात्र गोर्खाल्याण्डको गठनले राजनैतिक समस्या समाधान हुने भएको कारण गोर्खाहरुलाई संवैधानिक अधिकार यथाशिघ्र प्रदान गर्नुपर्ने तिनले माग गरे।
0 Response to "गोर्खाल्याण्डको बिरोध गर्नेहरुले संविधानको धारा 3(क) खारेज गरेर देखाऊ – सामुएल गुरुङ"
Post a Comment
Disclaimer Note: The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content. Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy: We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.
0 Response to "गोर्खाल्याण्डको बिरोध गर्नेहरुले संविधानको धारा 3(क) खारेज गरेर देखाऊ – सामुएल गुरुङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.