-->
मनोज राई  गड्फ्रे फिलिप्स ब्रेभरी पुरस्कार 2013 ले सम्मानित

मनोज राई गड्फ्रे फिलिप्स ब्रेभरी पुरस्कार 2013 ले सम्मानित

कालिमन्युज, कालेबुङ, 20 मार्च 2013: कालेबुङ्का पत्रकार मनोज राई गड्फ्रे फिलिप्स ब्रेभरी पुरस्कार 2013 ले सम्मानित भएका छन । कालेबुंग प्रेस क्लबले तिनलाई 2011 वर्षको एक्सिलेंस अन जर्नलिज्म पुरस्कारले सम्मानित गरेपछि तिनको नाम यस पुरस्कारको निम्ति मनोनित गरिएको थियो। 
18 सेप्टेम्बर 2011को भुइचालो पिडितहरुको निम्ति उद्धार कार्यसगै राहत कार्यमा तिनले गरेको उल्लेखनिय कार्यको निम्ति यो साहसिक् पुरस्कार मार्च 20 तारिख 2013को दिन कोलकोताको ताज होट्लमा आयोजित एक विशेष रंगारंग कार्यक्रम माझ प्रदान गरियो। 
दैनन्दिनी न्युज च्यानलका भिडियो ग्राफर तथा तकनिकी सम्पाद्क मनोज राईले कालेबुङ खण्ड2को मन्दिर गाँउ र शंखे गाँउका 395 भुइचालो पिडीत परिवारहरुको पिडा तथा कुनै राहत सामग्री नपाएर बिल्लीबाट भएको दुर्दशा दैनन्दिनी च्यानल मार्फत प्रसारित गरेपछि तुरंतै स्वयसेवकहरु ह्रृदय खोलेर सहयोगको निम्ति अघि आएका थिए भने आवश्यक भन्दा ज्यादा राहत सामग्रीहरु कालेबुंङ्का जनताले प्रदान गरेका थिए। 
यही राहत सामग्री लिएर मनोजले पुन अन्य सदस्यहरुसंग मिलेर ती प्रभावित गाउँसंगै अन्य छेउ छाउका पिडीत परिवारहरुलाई राहत पुर्‍याएका थिए। 
तिनलाई पश्चिम बंगाल, उडिस्सा, आन्ध्र प्रदेश र तामिल नाडु राज्यहरुका अन्य पुरस्कार प्रापकहरुसंगै यो पुरस्कार आज प्रदान गरियो। 
गड्फ्रे फिलिप्स इण्डिया कम्पनिले 1990 सालदेखिनै यो पुरस्कार उल्लेखनिय र साहसिक कार्य गर्ने व्यक्तिहरुलाई चारवटा श्रेणीमा यो पुरस्कार प्रदान गरिरहेको छ। दार्जीलिङ जिल्लाबाट यो पुरस्कार प्राप्त गर्नेहरुमा कंचनजंघा उद्धार् केन्द्रका र्ंगो सौरिया हुन जसलाई 2011 मा यो पुरस्कार प्राप्त भएको थियो। 
20 वटाराज्यहरुलाई  क्षेत्र क्षेत्रमा विभाजित गरेर गठित 5 वटाक्षेत्रहरुको निम्ती यो पुरस्कार प्रदान गरिन्छ भने त्यस पछि तिनै पुरस्कार प्रापकहरुबाट् सर्वश्रेस्ठहरुलाई मनोनित गरिए पछि यो पुरस्कार राष्ट्रिय स्तरमा प्रदान गरिंछ। मनोजले पूर्विय क्षेत्रहरुबाट मनोनित भै यो पुरस्कार प्राप्त गरेका छन।

0 Response to "मनोज राई गड्फ्रे फिलिप्स ब्रेभरी पुरस्कार 2013 ले सम्मानित"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.