-->
सहिदबेदी परिशरमा पार्किङ बन्द गर्नुपर्ने गोरामुमोको माग

सहिदबेदी परिशरमा पार्किङ बन्द गर्नुपर्ने गोरामुमोको माग

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 21 फरवरी।  गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) ले 11 माइल स्थित सहिद बेदी परिसरमा पार्किङ स्थलको बिरोध गरेको छ। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा अस्सिको दशकमा सहिद बनेकाहरूलाई सम्मान गर्दै दागोपाप गठनपछि निर्माण गरेको सहिद बेदी परिसरलाई जीटीए गठनपछि नै पार्किङ स्थल बनाउने पहल भएको थियो। हालमा सोही स्थानलाई जिल्ला प्रशानको पक्षबाट पार्किङ स्थल बनाएर कतिपय ठाउँका वाहनहरूलाई उक्त स्थानमा पार्किङ व्यवस्था समेत सुरु गरेपछि गोरामुमोले बिरोध गरेको हो। 
सहिद बेदी परिसरलाई पार्किङ स्थल बनाउनु नहुने माग गर्दै गोरामुमो पार्टीले आज कालेबुङ शहरमा व्यापक पोष्टरिङ समेत गरेको छ। सहिद बेदी परिसरमा पार्किङ स्थल बनाइए सहिद सम्मान नहुने भन्दै गोरामुमो झट्टै उक्त स्थानबाट वाहनहरूको पार्किङ हटाउनुपर्ने माग गरेको छ। यदि पार्किङ गर्न बन्द नगरे गोरामुमो आफ्नै प्रकारले आन्दोलनलाई अघि बडाएर लाने चेतावनी समेत दिएको छ। 
‘गोर्खाल्याण्डको निम्ति सहिद बनेकाहरूलाई सम्मान गर्दै दागोपाप गठनपछि गोरामुमोले सहिदहरूला श्रद्धा दिएर सहिद बेदी निर्माण गरेको हो। आज सहिद बेदी क्षेत्रमा पार्किङ व्यवस्था गर्नु गोर्खाल्याण्डका निम्ति सहिद बनेकाहरूको अपमान हो। सहिद अपमान गोरामुमो पार्टीले सहन गर्नेछैन। यसकारण झट्टै त्यहाँ पार्किङ बन्द गर्नुपर्छ’ गोरामुमो नेता लोप्साङ तामाङले भने। 
गोर्खाल्याण्डका निम्ति सहिद बनेकाहरूला सबैले श्रद्धा गर्नुपर्ने भन्दै सहिद बेदी परिसरलाई पार्किङ स्थल बनाउनु दुर्भाग्यजनक रहेको पनि उनले बताएका छन। उनले यसबारेमा पार्टीले जिल्ला प्रशासनलाई लिखित उजुरी गरेको जानकारी गराउँदै यदि प्रशासनले पार्किङ कार्य बन्द नगरे पार्टीले आफ्नै प्रकारले आन्दोलनलाई तिब्र पार्ने पनि बताएका छन्।

0 Response to "सहिदबेदी परिशरमा पार्किङ बन्द गर्नुपर्ने गोरामुमोको माग"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.