-->
मन घिसिङले कालेबुङमा दलिय वैठक गर्ने

मन घिसिङले कालेबुङमा दलिय वैठक गर्ने

डी के वाइबा, कालिमन्युज, कालेबुङ 11 नोभेम्बर।गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) अध्यक्ष मन घिसिङ भोलि कालेबुङ आइपुग्ने भएका छन्। गोरामुमो पार्टीको केन्द्रिय समितिको सभा भोलि कालेबुङमा हुने भएको कारण उनी आइपुग्ने भएको थाह लागेको छ। 
यता गोरामुमो पार्टी कार्यकर्ताहरूले अध्यक्ष मन घिसिङको कालेबुङ आगमनलाई मध्यनजर राखेर स्वागत गर्दै विभिन्न स्थानहरूमा दलको झण्डा लगाउने कार्य गरिरहेका छन्। 
‘वर्तमान अवस्थामा जनताको आकाङ्क्षा पुरा गर्न सक्ने राजनैतिक दल भनेको गोरामुमो मात्र हो। यसले नै जनताको चाहना पुरा गर्नेछ’ मौरिस कालिकोटेले भने। उनले पार्टीको केन्द्रिय समितिको वैठकमा भाग लिन अध्यक्ष मन घिसिङ कालेबुङ आइरहेको बताउँदै सभामा के हुने भन्ने विषयमा भने अध्यक्ष घिसिङले नै स्पष्ट पार्ने जानकारी दिएका छन्।

0 Response to "मन घिसिङले कालेबुङमा दलिय वैठक गर्ने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.