-->
पहाडको इतिहासमा आज घिनलाग्दो  दिन हो – डा. हर्कबहादुर छेत्री

पहाडको इतिहासमा आज घिनलाग्दो दिन हो – डा. हर्कबहादुर छेत्री


डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 17 जुन। ‘दार्जीलिङको इतिहासमा आज अत्यन्तै घिनलाग्दो  अनि निन्दनीय घट्ना घटेको छ। जुन घट्नामा मानिसहरू मारिए उनीहरूको परिवारमा जापको समवेदना छ। यस घट्नाले पुलिस प्रशासन पूर्णरूपले फेल भएको स्पष्ट बनेको छ’ उक्त कुरा जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भनेका हुन्।
दार्जीलिङमा पुलिसी कार्वाहीमा आज जुलुसमा हिँडेका मानिसहरूको मृत्यु भएको घट्नापछि जन आन्दोलन पार्टीले कालो पट्टी बाँधेर मौन साङ्केतिक विरोध जुलुस निकालेको थियो। उनीहरूले कालेबुङ थाना अघाडी मौन धरना प्रदर्शन समेत गरे। यसैक्रममा पत्रकारहरूसँग बोल्दै जाप अध्यक्ष डा. छेत्रीले दार्जीलिङमा भएको घट्नाको तिब्र निन्दा गर्दै राज्य सरकारको आलोचना गरेका हुन्। 
‘राज्य सरकारले आज जसरी आन्दोलनलाई दबाउने प्रयास गर्यो यो सही तरिका होइन। समस्याको समाधान टेबलमा हुन्छ तर सरकारले समाधान गर्नको साटो अझ उग्र बनाउँदैछ’ डा. छेत्रीले भने। उनले दार्जीलिङ पहाडभरी यसरी अशान्तिको वातावरण सिर्जना भएको अवस्थामा लोकसभा सांसद भने क्षेत्रमा आएर शान्ति सुरक्षाको निम्ति कुनै पदक्षेप नगर्नु दुर्भाग्यजनक रहेको बताएका छन्। 
‘यतिबेला हाम्रा सांसद यहाँ हुनपर्ने हो। हाम्रा सांसद जनताले समस्या भोग्दा कुन दुलोमा  छ? उनले के कार्य गर्दैछन्?’ डा. छेत्रीले प्रश्न गरे। उनले स्थितिलाई अनियन्त्रित हुन अगावै प्रशासनले सही कार्य गर्नुपर्ने माग पनि गरेका छन्। यसक्रममा राज्य सरकारले पहाडमा शान्ति बनाउँनका निम्ति कुनै पहल नगरेको पनि डा. छेत्रीले आरोप लगाएका छन्। ‘सरकारले कुनै पनि आन्दोलनलाई दबाउने प्रयास गर्छ। आन्दोलनलाई टुङ्गोमा पुर्‍याउँनका निम्ति आन्दोलन गर्ने नेतृत्वले पनि सही बाटोमा अग्रसर बन्नुपर्छ’ डा. छेत्रीले अझ भने। 

0 Response to "पहाडको इतिहासमा आज घिनलाग्दो दिन हो – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.