-->
25 वटा मुद्दाहरू समावेश गरेर गोजमुमोले सार्वजनिक गर्‍यो चुनावी घोषणा पत्र

25 वटा मुद्दाहरू समावेश गरेर गोजमुमोले सार्वजनिक गर्‍यो चुनावी घोषणा पत्र

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, ५ मई। गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला कमिटीले आज कालेबुङ नगरपालिका चुनाउको घोषणा पत्र सार्वजनिक गरेको छ। नगरपालिका चुनावले छुट्टै राज्य गोर्खाल्याण्ड ल्याउन नसकेपनि गोजमुमोले चुनावी घोषणा पत्रमा गोर्खाल्याण्डमो मुद्दालाई प्रमुखतासँग उठान गरेको छ। 
‘पहाड-तराई डुवर्सका यावत् भूभागलाई बङ्गालबाट फिर्ता गरेर भारतीय संविधानको मान्यताभित्र छुट्टै गोर्खाल्याण्ड राज्य निर्माणको दीर्घ अभियानलाई विच्छिन्न बनाउन लागिपरेको पश्चिम बङ्गाल सरकारलाई जातीय एकताको मतदानले प्रत्युत्तर दिने चुनाव हो’ गोजमुमोले चुनावी घोषणा पत्रमा लेखेको छ। 
ज सार्बजनिक गरेको चुनावी घोषणा पत्रमा गोजमुमोले 25 वटा मुद्दालाई प्रमुखतासँग उठान गरेको छ। पिउने पानीको अभावमा काकाकुल बनेको कालेबुङ नगरवासीलाई समस्याबाट मुक्त पार्ने गुलियो आश्वान दिँदै गोजमुमोले चुनावी घोषणा पत्रको पहिलो बुँदामा नै उल्लेख गरेको छ। यसक्रममा कालेबुङ शहरलाई मोडल शहर बनाउने, मल्टिस्टोरेज कार पार्किङ, ट्राफिक व्यवस्थामा सुधार, फ्लाइओभर ब्रिज निर्माण आदि मुद्दाहरूलाई गोजमुमोले उठान गरेको छ। गोजमुमोले प्रकाशित गरेको उक्त चुनावी घोषणा पत्रलाई आज पार्टी कार्यलयमा जीटीए उपप्रमुख कर्णल रमेस आले, केन्द्रिय उपाध्यक्ष कल्याण देवान, विधायक सरिता राई, सभासद आर बी भुजेल आदिको बाहुलीबाट सार्वजनिक गरिएको छ। 
घोषणा पत्र सार्बजनिक गरेपछि नगरपालिका चुनावमा खडा भएका गोजमुमो पार्टीका २२ जना उम्मेद्वारहरूलाई खदार्पण गरेर शुभकामना पनि व्यक्त गरिएको थियो। कार्यक्रममा १० नम्बर वार्डका उम्मेद्वार तथा गोजमुमो पार्टीका चुनाव संयोजक शुभ प्रधानले घोषणा पत्रमा के-कस्ता कुराहरू समावेस गरिएको छ त्यसबारे जानकारी गराएका थिए। 
अर्कोतिर सभासद सामुएल गुरूङले चुनाउ अनि घोषणा पत्रबारे बोल्दै अहिले जातिलाई विभाजन गर्ने नीति लिएर कतिपय राजनैतिक दलहरूले कार्य गरिरहेको अनि यसको विरोधमा जनताले एकबद्ध बनेर मत खसाल्नुपर्ने आवश्यक्ता रहेको बताएका छन्।

0 Response to "25 वटा मुद्दाहरू समावेश गरेर गोजमुमोले सार्वजनिक गर्‍यो चुनावी घोषणा पत्र"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.