
चुनाव प्रचारमा तृणमूल कङ्ग्रेसले उतार्यो मन्त्री कालेबुङमा

सोहिक्रममा आज कालेबुङ नगरपालिका चुनावका निम्ति खडा भएका तृणमूल कङ्ग्रेस अनि गोरामुमो प्रार्थीहरूको पक्षमा चुनाव प्रचार गर्न आज पश्चिम बङ्गाल राज्यका समाज कल्याण एवम् आईसीडीएस विभागका मन्त्री डा. शशी पाञ्जा कालेबुङमा आएर चुनाव प्रचारमा ओर्लिएकी छ्न्। मन्त्री पाञ्जाले कालेबुङ नगरपालिकाको वार्ड नम्बर 6,7,8, अनि 11मा तृणमूल प्रार्थी अनि तृणमूल समर्थित गोरामुमो प्रार्थीहरूको पक्षमा चुनाव प्रचार गर्दै नगरपालिकामा विकास गर्नका निम्ति जनताले तृणमूल कङ्ग्रेसलाई विजयी बनाउनुपर्ने आह्वान गरेकी छन्।
कालेबुङ जिल्ला तृणमूल महिला कङ्ग्रेसका अध्यक्ष सिखा राई लगायत अन्य महिला कार्यकर्ताहरूको उपस्थितिमा मन्त्री पाञ्जाले गोजमुमो पार्टीले अघिका दिनमा नगरपालिकामा बोर्ड बनाए पनि आजसम्म उनीहरूले जनताको हितमा विकास कार्य नगरेको आरोप लगाउँदै पहाडको सर्वाङ्गिन विकासका निम्ति तृणमूल कङ्ग्रेसलाई सहयोग गर्नुपर्ने आह्वान गरेकी छन्। आज दिउँसो कालेबुङ आइपुगेकी मन्त्री पाञ्जालाई तृणमूल कार्यकर्ताहरूले भव्यताको साथ स्वागत जनाएका थिए। उनले कालेबुङमा पार्टीको चुनावी रणनीतिबारे जानकारी लिन पार्टी कार्यकर्ताहरूसँग बैठक पनि गरेकी छन्।
‘हाम्रो पहिलो मुद्दा नै विकास हो। विकासको मुद्दामा तृणमूल चुनाव लडीरहेको छ। विकासकै निम्ति जनताले तृणमूलाई साथ दिने आह्वान गर्छौँ’ मन्त्री शशी पाञ्जाले भने। ‘पानी, बाटो, नाला सम्पूर्ण क्षेत्रमा हामी विकास गर्नेछौँ’ मन्त्री पाञ्जाले अझ भने। उनले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दाबारे प्रश्न गर्दा केन्द्रमा राम्रो सम्पर्क स्थापित गर्ने गोजमुमोले आजसम्म किन गोर्खाल्याण्ड ल्याउन सकेन भने हामीले उल्टै उनीहरूलाई प्रश्न गर्नुपर्ने दिन आएको छ भने।
यसक्रममा उनले राज्य सरकारले पहाडको बिकासका निम्ति पठाएको पैसालाई जनहितमा प्रयोग गरेर विकास कार्यहरू नगरेको आरोप लगाएका छन्। ‘गोजमुमोले केवल जनताको भावनासँग खेल्ने कार्य गर्दैछन्। हामी भावानासँग खेल्ने कार्य होइन जनतालाई साँचो विकास दिन चाहन्छौँ’ मन्त्रीले भने।
यसक्रममा उनले राज्य सरकारले पहाडको बिकासका निम्ति पठाएको पैसालाई जनहितमा प्रयोग गरेर विकास कार्यहरू नगरेको आरोप लगाएका छन्। ‘गोजमुमोले केवल जनताको भावनासँग खेल्ने कार्य गर्दैछन्। हामी भावानासँग खेल्ने कार्य होइन जनतालाई साँचो विकास दिन चाहन्छौँ’ मन्त्रीले भने।
0 Response to "चुनाव प्रचारमा तृणमूल कङ्ग्रेसले उतार्यो मन्त्री कालेबुङमा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.