-->
टिस्टा त्रिवेणीमा जलविद्युत परियोजना निर्माण हुन नदिने

टिस्टा त्रिवेणीमा जलविद्युत परियोजना निर्माण हुन नदिने

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 17 फरवरी। धार्मिक पर्यटनको रूपमा परिचित बनेको टिस्टा त्रिवेणी क्षेत्रमा एनएचपीसीद्वारा दुईवटा जलविद्युत परियोजना निर्माण कार्यलाई लिएर सेभ रिभर टिस्टा अनि नर्थ इस्टर्न सोसाइटी फर प्रिजर्भेसन अफ् वाइल्डलाइफ एन्ड नेचर (North Eastern Society for Preservation of Wildlife and Nature) ले टिस्टा स्थित सार्वजनिक भवनमा दुई दिवसीय कार्यशाला आयोजना गर्ने भएको छ। 
उक्त दुईवटा सङ्गठनले टिस्टा त्रिवेणी क्षेत्रमा जल विद्युत परियोजना निर्माण कार्य गर्न नदिने अडान राख्दै कार्यशालामा मानिसहरूलाई जलविद्युत परियोजनाको कारण हुने क्षतिबारे सचेतना गराउने भएको छ। 
आजसम्म कालिझोडा अनि 27 माइलमा  टिस्टा नदिमा निर्माण गरिएको जल विद्युत परियोजनाको कारण व्यापक रूपले प्रकृतिको नोक्सान र संलग्न क्षेत्रवासीको समस्यालाई पनि उठान गरेर भविष्यमा आवश्यक परे टिस्टा त्रिवेणीमा जलविद्युत परियोजना निर्माण गर्न नदिनका निम्ति सडक आन्दोलन तथा  ग्रिन ट्राइबुनलमा मुद्दा समेत दर्ता गर्ने चेतावनी सेभ रिभर टिस्टाका विशाल राईले चेतावनी दिएका छन्।

0 Response to "टिस्टा त्रिवेणीमा जलविद्युत परियोजना निर्माण हुन नदिने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.