-->
गोजमुमोमा भुइचालो: अंतत: प्रदिप (भुपेन्द्र)प्रधान तृणमूल कांग्रेसमै पसे

गोजमुमोमा भुइचालो: अंतत: प्रदिप (भुपेन्द्र)प्रधान तृणमूल कांग्रेसमै पसे


राजेश शर्मा, कालिमन्युज, खर्साङ, 24 अगस्त 2016। गोर्खा जनमुक्ति मोर्चाका अर्का शिर्षस्थ नेता तथा गोजमूमोद्वारा संचालित गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन सभा (जीटीएसभा) का अध्यक्ष भुपेन्द्र उर्फ प्रदिप प्रधानले गोजमुमो छोडेर सर्वभारतिय तृणमूल कांग्रेसको झण्डा समाते।
गोजमुमो अध्यक्ष बिमल गुरुङ्ले जसको विरोध गरिरहेछन त्यही पार्टीमा पसेर् प्रदिप प्रधानले बिमल गुरुङलाई चुनौति दिए। आज सर्वभारतिय तृणमूल कांग्रेसको पहाड खण्ड्को एक सार्वजनिक सभामा तिनले राज्यका खेल, मार्ग अनि सडक अनि पार्वत्य मामिलाका मंत्री अरूप विश्वासबाट तृणमूल कांग्रेसको झण्डा ग्रहण गरे।
खर्साङको मोटरस्ट्याण्ड्मा आयोजित उक्त सभामा गोजमुमो पार्टिका संस्थापक अनि गोजमुमो कन्द्रिय समितिका उपाध्यक्ष प्रधानले पार्टीको झण्डा ग्रहण गर्दै पहाडमा अर्को एउटा नयाँ राजनैतिक मोड़को संकेत दिएका छन।
गोजमुमोको पक्षमा भोट जितेर चुनिएको जनप्रतिनिधि भएर पनि गत चार साल भित्रमा जीटीए मार्फत कुनै जनहितार्थ काम गर्न असक्षम भएको र पार्टीलेनै कुनै मौका नदिएको कारण वाध्य भएर गोजमुमो छोडेको तिनले आज उक्त सभामा बताए। तिनले भने "नत बिमल गुरुङ्ले नै पहाडको हितको निम्ति काम गरे नत मलाई काम गर्न दिए ।"
बिमल गुरुङप्रति विभिन्न आरोप लगाउदै गोजमुमोले पहाड़मा विकास गर्न छोडेको देखे पछि नै बिमल गुरुङको निम्ति मरि नमेटने बाचा गरेको तिनले आजको सभामा बताए ।
प्रधानले भने "आज पहाड़को हितको निम्ति बंगालका मुख्य मंत्री ममता ब्यानर्जीले 16 कड़ोर रकम दिइसकेका छन तर उक्त रकमले पहाड़मा सर्वांगिन विकासको नाममा गोजमुमो र ज़ीटीएले कुनै काम गरेन।"
"खर्सांग नगरपालिकाको कुनै क्षेत्रमा पनि विकास भएको छैन तर ममता ब्यानर्जी र तृणमूल कांग्रेसले आजसम्म जन हितको निम्ति नै काम गरि रहेको छ यो कुरो अब सम्पूर्णजनताले बुझनु पर्छ," प्रधानले भने। "पहाड़को बिकासको नाममा ल्याएको आर्थीक सहयोग जनता समक्ष नपुगेको देखेर नै म वाध्य भएर तृणमूल पार्टीको झण्डा पकड़ीएको हुँ", तिनले अझै भने ।
बिमल गुरुङले पहाड़को निम्ति आजसम्म कुनै विकासको या जनहितको काम गरेको छैन् बरु दागोपापको समयमा नै पहाड़मा धेर थोर विकासको काम ठोकुवा गर्दै तिनले भने "रोहिणीको बाटो, पारिजात गेस्ट हाउस, भानु भवन, लालकोठी समेत सबै सुभास घिसिङको समयमा भएको विकासको उदाहरणहरु हुन। विकासको निम्ति नै भूपेन्द्र प्रधान (प्रदिप प्रधान)ले मा –माटी –मानूसको पार्टीको झण्डा पक्रीएको हो " ।
प्रधानले भने, "म ममता ब्यानर्जीलाई भेटन जान भन्दा अघि बिमल गुरुङ मेरो घरमा आएको थिए तर चार बर्ष सम्म बिमल गुरुङलाई किन मेरो समझना आएन । यसैले मैले बिमल गुरुङलाई साथ नदिने निर्णय लिएको हुँ । त्यस दिन बिमल गुरुङले मलाई धेरै प्रलोभन पनि दिएका थिए तर उक्त प्रलोभनलाई त्यागेर मैले आज मुख्य मंत्री ममता ब्यानर्जीलाई भेटन सुकुना गए । ममता ब्यानर्जी तिनी मुख्य मंत्री भएर पनि मलाई भेटन 2 घण्टा सम्म प्रतिक्षा गरिरहेकि थिइन। मैले ममता ब्यानर्जी संगको भेटमा खर्साङको विकासको निम्ति एउटा माग पत्र चड़ाएको छु ।"
मुख्य मंत्री समक्ष खर्साङलाई जिल्ला बनाउने, महकुमा अस्पताललाई बडोत्री गर्ने अनि तिनधारेको बाटोघाटो लगायत अन्यको विकास गर्ने माग राखेको तिनले बताए ।
राजनैतिक क्षेत्रमा पिताको समय देखी नै आफु लागी परेको अनि बिमल गुरुङको निम्ति आज सम्म मरि मेटेको अनि बिमल गुरुङलाई चिनाउदै लाने काममा कुनै कसर नछोडेको पनि तिनले आफ्नो वक्तब्यमा थप बताए। तर आफुले जनताको निम्ति केहि गर्न नसकेकोमा नै असंतुष्ट भएको कारण अब केही ठोस काम जनताको निम्ति गर्ने लक्ष्य राखेर तृणमूलमा सामेल भएको तिनले बताए।

0 Response to "गोजमुमोमा भुइचालो: अंतत: प्रदिप (भुपेन्द्र)प्रधान तृणमूल कांग्रेसमै पसे"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.