-->
कम्मर मर्काउँदै नाचे विमल गुरुङ.... यो जनताको जित हो ,,,,, हर्कबहादुरलाई शुभकामना

कम्मर मर्काउँदै नाचे विमल गुरुङ.... यो जनताको जित हो ,,,,, हर्कबहादुरलाई शुभकामना

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 19 मई। ‘जितेको जितेकै मोर्चाले, हार्न त कहिले जान्दैन’ – गीत बजिरहेको थियो अनि जितको खुशीयालीमा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङ नाचिरहेका थिए। ‘गोजमुमो पार्थीले जिते तीन दिन नाँच्नेछु’ भनेर अगावै घोषणा गर्ने विमल गुरुङ विजयको खुशीयालीमा साँच्चै नाचे। उनी सँगै जनमुक्ति पार्कमा जीटीए उपप्रमुख अप्रा. कर्णल रमेश आले लगायत सयौँ गोजमुमो कार्यकर्ताहरू कम्मर मर्काउँदै नाचीरहेका थिए। 
मोर्चा अध्यक्ष विमल गुरुङ सरीता राईको विजयमा सरिक हुन 17 मईको दिन नै कालेबुङ आएका थिए। कालेबुङ आएपनि मौन बसेका विमल गुरुङले विहानदेखिनै मतगणनाको खबर लिइरहेका थिए। यसक्रममा सरिता राईको विजयको खबर पाउन साथै उनी यहाँको डम्बर चौक नजिक पार्टी कार्यलयमा आफ्ना समर्थकहरूको साथमा आएर जनमुक्ति पार्कमा खुशीयाली मनाउँदै नाचेका थिए। 

यो जनताको जित हो 
‘यो जित सम्पूर्ण कालेबुङका जनताको जित हो। जनताको जितमा आज म साँच्चै खुशी भएको छु। यसको निम्ति विजयी प्रार्थी सरिता राईसँगै सम्पूर्ण जनतालाई बधाई दिँदछु’ गोजमुमो अध्यक्ष विमल गुरुङले पत्रकारहरूलाई सम्बोधन गर्दै भने। उनले जितको व्यवधान धेरै नभए पनि ‘जित जित नै हो’ भने। आफ्नो सम्बोधनको क्रममा उनले चुनाव परिणामलाई हेरेर भविष्यमा रूष्ट बनेका जनताहरूलाई पुन: सङ्गठित पार्नका निम्ति कार्य गर्ने पनि बताएका छन्। ‘हामी कहाँ चुकेका छौँ त्यो चर्चा गर्नेछौँ। यदि भविष्यमा जनतालाई साथमा लिनका निम्ति सभासद अथवा नगरपालिका पार्षदहरू परिवर्तन गर्न परे पनि परिवर्तन गर्नेछु’ विमल गुरुङले भने। 

हर्कबहादुरलाई शुभकामना 
सरिता राई विरुद्ध पराजित भएका जाप प्रार्थी डा. हर्कबहादुर छेत्रीलाई विमल गुरुङले शुभकामना दिएका छन्। ‘हारमा मानिसले शिक्षा लिनुपर्छ। डा. छेत्रीले पनि यसबाट शिक्षा लिँदै संघर्ष गर्नुपर्छ। संघर्ष गरिरहेको जित निश्चित हुनेछ। यसको निम्ति उनलाई शुभकामना दिँदछु’ विमल गुरुङले भने। 
मोर्चालाई पराजित गर्नका निम्ति डा. हर्कबहादुर छेत्रीलाई सम्पूर्ण विकास बोर्ड अनि विभिन्न राजनैतिक दलहरू मिलेर कार्य गरेपनि आखिरमा जनताले गोर्खाल्याण्ड विरोधी शक्तिहरूलाई गतिलो जवाब दिएको गुरुङ्ले बताएका छन्। आफूले जनतालाई कहिल्यै धोका नदिएको बताउँदै ईमान बेचेर कहिले नबाँच्ने बताए। 
यता उनले सम्पूर्ण बङ्गालमा तृणमूल कङ्ग्रेसले सरकार गठन गर्ने विषयलाई लिएर आफ्नो प्रतिक्रिया दिँदै यसबारे पनि भविष्यमा रणनीति तय गर्ने बताएका छन्।

0 Response to "कम्मर मर्काउँदै नाचे विमल गुरुङ.... यो जनताको जित हो ,,,,, हर्कबहादुरलाई शुभकामना"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.