-->
नशाखोरहरुको पक्राऊ

नशाखोरहरुको पक्राऊ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 20 अप्रेल 2014। अप्रेल। पुलिस प्रशासनले नशाखोरहरुलाई पक्राऊ गरेर ड्रग्स मुक्त समाज निर्माणको पहल गरे पनि नशालु पदार्थ ओसार पसार गर्नेहरुको संख्या भने दैनिक बृद्धि भईरहेको छ। पुलिस प्रशासनको आँख़ा छलेर नशाखोरहरुले समाजमा नशालु पदार्थहरुको ब्यापार नै चलाउँन शुरु गरिसकेको छ।
यस्तो अवस्थामा 31 ए राष्ट्रिय राजमार्ग स्थित रम्फु पुलिसले भारी मात्रमा नशालु पदार्थ सहित दुईजना युवकहरुलाई पक्राऊ गरेको छ। पक्रा परेकाहरु बिरुद्ध पश्चिम बंगाल ड्रग्स एण्ड कस्मेटिक एक्ट 18(सी) 27(बी)अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यस अघि केही दिन अघि मात्र रम्फु क्षेत्रबाटै पुलिसले भारी मात्रमा नशालु पदार्थ संगै दुई जनालाई नै पक्राऊ गरेको थियो भने पुन: सोही क्षेत्रबाट पुन: पक्राऊको घटनाले उक्त क्षेत्रमा नशालु पदार्थ ओसार पसार गर्नेहरुको संख्या एकाधिक रहेको पुष्टि भएको छ। पक्रा पर्नेहरुमा लङ्कु फरेस्ट भिलेज निवासी मनोज छेत्री(27) अनि वाहनका चालक रम्फू सिक्किम निवासी सत्य नारायण प्रसाद(27)लाई पक्राउ गरेको छ।
जानकारी अनुसार सिलगडीबाट सिक्किम तर्फ गईरहेको कालो रंगको बलेरो वाहनमा नशालु पदार्थ रहेको पुलिसले गोप्य सूचना प्राप्त गरेको थियो। उक्त सूचनाकै आधारमा रम्फु पुलिसले वाहनलाई रोकेर तलासी लिँदा वाहनबाट 42 बोतल प्रतिबन्धित कफ सिरप रेकोडेक्स फेला पारे। वाहनमा पुलिसले प्रतिबन्धित नशालु पदार्थ फेला पारेपछि बोलेरो एसके 03 पी-9967 लाई आफ्नो अधिनामा लिएको छ भने दुईजना युवकलाई पक्राऊ गरेको छ। पुलिसले भारी मात्रमा फेला पारेको उक्त प्रतिबन्धित नशालु पदार्थ सिलगडीबाट सिक्किम लगीरहेको अनुमान गरेको छ भने उक्त नशालु पदार्थ ओसार पसारमा अन्य व्यक्तिहरु पनि संलग्न हुन सक्ने अनुमान गरेको छ। पुलिसले पक्राऊ गरेको उक्त दुवै व्यक्तिहरुलाई आज यहाँक़ो अदालतमा पेश गरियो। अदालतले दुवैलाई न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ।

0 Response to "नशाखोरहरुको पक्राऊ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.