-->
नाबालिक बलात्कार गर्नेलाई फाँसी देऊ – संघर्ष समिति

नाबालिक बलात्कार गर्नेलाई फाँसी देऊ – संघर्ष समिति

डी के वाइबा, कालिमन्युज, कालेबुङ 20 अप्रेल 2014। टिस्टामा 3 वर्षिय नाबालिकलाई बलात्कार गरेको घटनालाई केन्द्र गरेर आज पनि दिन भरी नै कालेबुङ शहर तनावग्रस्त बन्यो। 
3 बर्षिय नाबालिकालाई बलात्कार गर्ने मुख्य आरोपी सुनिल राईलाई फाँसीको सजाय दिनपर्ने मागमा आज टिस्टावासीले यहाँक़ो नोभेल्टि परिसरबाट एउटा प्रतिवाद र्‍याली निकालेको थियो। बिहान 10 बजेदेखि भारि संख्यामा भेला भएका टिस्टावासीले नोभेल्टि परिसरबाट शुरु गरेको प्रतिवाद र्‍याली कालेबुङ थाना परिसरमा आईपुगेपछि धर्नामा परिवर्तन भएको थियो। 
“अपराधीलाई फाँसीको सजाय दिनुपर्छ” भन्ने नारा लगाउँदै भेला भएका आक्रोशित जनताले आरोपी युवकलाई यथाशिघ्र कार्वाही गर्दै पिडीत पक्षलाई न्याय दिनपर्ने माग गरे। यस अवधी संघर्ष समितिका सयोजक बिशाल राईले आरोपीलाई कडा सजाय दिनपर्ने माग गर्दै फाँसी मात्र उपयुक्त सजाय हो भने। यसको साथै समितिका सदस्य दिलीप प्रसादले पनि आरोपीलाई फाँसीको सजाय दिनपर्ने माग दोहोर्‍याए। थाना परिसरमा धर्ना प्रदर्शन र सम्बोधनको क्रम पछि उक्त भिडले कालेबुङ शहर परिक्रमा गरेर आरोपी सुनिल राईलाई कठोर सजायको माग गर्दै नाराबाजी लगाए। 
यस अवधी मानिसहरुको अनुहारमा आरोपी प्रति व्यापक आक्रोशको भावना स्पष्ट देखियो। “दूधमुखे बालिकालाई बलत्कार गर्नेलाई फाँसी देऊ” जस्ता प्ला कार्डहरु बोकेर मानिसहरुले शहरमा जुलुस निकालेर प्रतिवाद र्‍याली निकाल्दा सम्पूर्ण शहरको वातावरण नै तनावग्रस्त बनेको थियो। 
यता अघिबाटै कालेबुङ पुलिसले पक्राऊ गरेको मुख्य आरोपी बिशाल राईलाई आज कालेबुङ अदालतमा पेश गरिने मानिसहरुले थाहा पाए पछि अदालत परिसरमा पनि ब्यापक मात्रामा आक्रोशित जनताको भिड जमेको थियो। 
टिस्टावासीले शहरमा प्रतिवाद जुलुस निकालेपछि उक्त जुलुस सोझै यहाँको अदालतमा पुगेको थियो भने घटनालाई केन्द्र गरेर स्थिति बिग्रन सक्ने छाँट भएको कारण सम्पूर्ण अदालत परिसर पुलिस छाउनीमा परिणत भएको थियो। यस अवधी पनि आक्रोशित जनताले अदालत परिसरमा आरोपीलाई फाँसीको सजाय दिनपर्ने माग गर्दै व्यापक नाराबाजी लगाए। 
अदालत परिसरमा आरोपी बिरुद्ध नाराबाजी गर्दै आक्रोशित जनताको ब्यापक भिड जमेको कारण कालेबुङ थाना प्रभारी अचिंता गुप्ताले घटनाका मुख्य आरोपी सुनिल राईलाई हेलमेट लगाएर सीआरपी अनि पुलिसको कठोर सुरक्षाबिच अदालतमा पेशीको निम्ति ल्याएका थिए। अदालत परिसरमा बडीरहेको तनावलाई केन्द्र गरेर कालेबुङ पुलिसले आरोपीलाई न्यायलयमा पेश गर्नको साथै एक दिनको पुलिस रिमाण्डमा लिएको छ। प्रशासनको पक्षबाट आरोपीलाई पुलिस रिमाण्डमा लिने अर्जी चडाए पछि अदालतले उक्त अर्जीलाई स्वीकार गर्दै एक दिनको पुलिस रिमाण्डमा पठाएको छ। 
यता पिडीत परिवार पक्षलाई न्याय दिलाउँनको निम्ति गठन भएको संघर्ष समितिले न्याय नपाएसम्म आन्दोलनलाई जारी राख्ने घोषणा गरेको छ। यस सम्बन्धमा संघर्ष समितिका सयोजक बिशाल राईले उक्त अमानवीय घटनाप्रति राज्य अनि केन्द्रको मानव अधिकार आयोगलाई पत्राचार गरेर न्यायको निम्ति गुहार लगाउँने जानकारी दिएका छन। 
“जबसम्म पिडीताले न्याय पाउँदैन अनि प्रशासनले कार्वाही गर्दैन तबसम्म धर्ना प्रदर्शन जारीरहनेछ” बिशाल राईले भने। एउटी 3 बर्षिय नाबालिकलाई बलात्कार गर्ने दोषीलाई उचित अनि यथाशिघ्र कार्वाहीको माग गर्दै दिल्लीमा दामिनी घटना पछि बनिएको नयाँ कानूनलाई यहाँ प्रयोग गरेर अपराधीलाई फाँसी दिनुपर्ने समितिले माग गरेको छ। यस्ता घटनाहरुलाई रोक्नको निम्ति अपराधीलाई कठोर सजाय दिए प्रशासन प्रति जनताको बिश्वास रहने बताउँदै उक्त सजायले अन्यलाई यस्तो घिनलाग्दो कार्य गर्ने दुस्साहस नहोस भन्ने संघर्ष समितिले माग गरेको छ। 
यसका साथै घटना संलग्न रहेका प्रबल प्रधान अनि शम्भु सुब्बालाई पनि प्रशासनले कडा सजाय दिनपर्ने समितिले माग गरेको छ। यता कालेबुङमा दिनभरी धर्ना प्रदर्शन समाप्त गरेपछि टिस्टावासीले टिस्टा क्षेत्रमा पनि जोडदार प्रदर्शन गर्दै चेकपोष्टमा धर्ना दिएर अपराधीलाई कठोर सजायको माग गरे।

Related Posts

0 Response to "नाबालिक बलात्कार गर्नेलाई फाँसी देऊ – संघर्ष समिति"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.