-->
हिमाली सम्पद: असला- रेन्बो ट्राउटको कथा,  बंगालसम्मको यात्रा

हिमाली सम्पद: असला- रेन्बो ट्राउटको कथा, बंगालसम्मको यात्रा

पूर्वी हिमालय क्षेत्र, विशेषगरी दार्जिलिङ र कालेबुङमा लोकप्रिय रूपमा "असला" भनेर चिनिने रेन्बो ट्राउट माछासम्बन्धी यो लेखमा यस माछाको महत्व, पोषणगुण, खेल माछा मार्ने (स्पोर्ट्स फिसिङ) मा यसको लोकप्रियता, र हिमाली भेगमा यसको पालनको सम्भावनालाई प्रकाश पारिएको छ। 

सुमन्त कुमार विश्वास, कालिमन्युज, कालेबुङ, १५ जुलाई २०२५ :

"माछा खाने, माछा संग भात खाने – बङ्गालीको जीवन माछा बिना अधुरो!"

यो उक्ति केवल उक्ति मात्र होइन, यो बङ्गाली संस्कृतिको परिचायक हो।

बङ्गालमा माछा केवल स्वादिलो खाना होइन, यो समृद्धि, सौभाग्य, र वंश वृद्धिको प्रतिक हो। चाहे शुभ अवसरमा प्रयोग होस् वा एक्वेरियममा राखिने सौभाग्यको चिन्हको रूपमा, जीवनको हरेक पाटामा माछाको उपस्थिति गहिरो छ।

तर, यहाँ पाइने सबै माछा स्वदेशी होइनन्।
आजको कथा हो एक विदेशी पाहुना— रेन्बो ट्राउट, जसले हिमाली छेउँछाउबाट बंगालसम्मको यात्रा तय गरेर, एक नयाँ स्वाद, व्यवसाय, र सम्भावनाको ढोका खोलिदिएको छ।

रेन्बो ट्राउट के हो?

रेन्बो ट्राउट (Oncorhynchus mykiss) चिसो पानीमा बस्ने एक जातको माछा हो, मूल रूपमा उत्तरी अमेरिकाका नदी, ताल र समुद्री किनारामा यो पाइन्छ। यो साल्मन (salmon) परिवारसँग गहिरो रुपले सम्बन्धित छ र भारतको निम्ति पनि पनि यो स्वदेशी होइन।

भारतमा ब्राउन ट्राउट  रेन्बो ट्राउट दुई प्रमुख प्रजातिहरू छन्,  तर रेन्बो ट्राउट खेतीको लागि सबैभन्दा उपयुक्त, व्यावसायिक रूपमा फाइदाजनक छ।

भारतमा ट्राउट कसरी आइपुग्यो?

अब फर्कौं इतिहासतर्फ।

ब्रिटिश ईस्ट इन्डिया कम्पनीले जब भारतमा शासन फैलाउँदै गयो, उनीहरूले गर्मीबाट बाँच्न हिमाली क्षेत्रहरूमा विश्रामस्थलहरू निर्माण गरे। त्यहाँ मनोरञ्जनको रूपमा माछा समात्ने (angling) खेल उनीहरुको निम्ति लोकप्रिय भयो। ट्राउट माछा समातेर फेरि छोड्ने "catch and release" खेल त्यो समयको फेशन नै थियो।

त्यही बेलामा ब्रिटिशहरूले ट्राउट ल्याएर भारतका चिसा, सफा नदीनालामा छोडे। समयसँगै यो माछा यहाँको वातावरणमा यत्तिकै घुलमिल भई भारतकै स्थायी बासिन्दा झैं भएको छ।

यसको विशेषता कस्तो छ?

वैज्ञानिक विवरण:

·         प्रजातिOncorhynchus mykiss

·         कुल: Salmoniformes

·         परिवार: Salmonidae

·         आवास: चिसो र सफा नदी, ताल, समुद्र

·         औसत आयु: ४–८ वर्ष (११ वर्षसम्म पनि)

·         औसत तौल: १–५ केजी

·         लम्बाइ: १६"–३४"

रूपरङ्ग:
यसको शरीरमा गुलाबी धर्काहरू  हुन्छन्, पछाडि निलो–हरियो देखिन्छ, पेट सेतो चाँदी जस्तो। सम्पूर्ण शरीरमा काला धर्साहरू हुन्छन्—एकदम आकर्षक

स्वभाव र व्यवहार

रेन्बो ट्राउट द्रुत गतिमा पौडिने माछा हो।

यी माछा मांसाहारी हुन्—पानीका किरा, साना माछा, झिंगा, यहाँसम्म कि पानीमा खसेका साना चराहरू पनि खान सक्छन्। ती पानीमाथि हाम फालेर हावामा उडिरहेका कीराहरू समात्न सक्षम हुन्छन्।

उनीहरूको घ्राण क्षमता अत्यधिक हुन्छ। त्यसै कारण उनीहरूले सजिलै आहारा र प्रजनन स्थल (spawning ground) पत्ता लगाउन सक्छन्।

पोथीले ढुंगाको फोहोरबीच गहिरो खाल्डो बनाएर अण्डा पारी राख्छिन् र भालेले बाहिर पहरा दिनेगर्छंन। अण्डाबाट बच्चा ननिस्कीन्जेल आमाले अण्डा संरक्षण गर्छिन् — यो parental care माछामा दुर्लभ हुन्छ।

यी माछाहरू केवल सफा पानीमा मात्र बाँच्न सक्छन्, यसैले यो प्राकृतिक पानीको गुणस्तरको सूचक पनि हो।

भारतमा कहाँ पाउन सकिन्छ?

ब्रिटिशहरूको कारण अहिले यी माछा हिमाली मूलको नदीहरूमा पाउन सकिन्छ। साथै, व्यवसायिक रूपमा खेती हुने राज्यहरू यी हुन्:

·         जम्मू–काश्मीर

·         हिमाचल प्रदेश

·         उत्तराखण्ड

·         सिक्किम

·         अरुणाचल प्रदेश

सिक्किमको मौसम जस्तै दार्जीलिङ र कालेबुङको मौसम भएकाले यहाँ पनि ट्राउट फार्म, ह्याचरीहरू खोलिएका छन्।

खेती प्रविधि र आर्थिक विवरण

रेस वे ट्यांकी विवरण:

·         आकार: १७m × m × m

·         पानीको गहिराइ: १.५m

·         साना माछाको तौल: १० ग्राम

·         घनत्व: प्रति वर्ग मीटर १०० वटा

·         बाँच्ने प्रतिशत: ८०%

·         FCR (Feed Conversion Ratio): १:१.५

·         पालन अवधि: ८–१० महिना

·         परिपक्व तौल: ~२५० ग्राम

·         उत्पादन: १ मेट्रिक टन

·         बजार मूल्य: १०००/किलो

खर्च र नाफा:

पहिलो वर्ष:

·         ट्यांकी निर्माण: ५ लाख

·         माछा, खाना, सामग्री: २ लाख

·         कुल लागत: ₹७ लाख

·         बिक्री मूल्य (१००० किलो): ₹१० लाख

·         नाफा: ₹२ लाख

दोस्रो वर्ष:

·         लागत: २ लाख

·         बिक्री: १० लाख

·         नाफा: ₹७ लाख

किन खाने रेन्बो ट्राउट?

रेन्बो ट्राउट स्वादिलो मात्र होइन, औषधीय गुणले भरिपूर्ण छ।

·         ओमेगा–३ फ्याटी एसिड: मुटुको रोग कम गर्न र मस्तिष्क सक्रिय राख्न

·         प्रोटिन, B-12, भिटामिन र अन्य खनिज पदार्थ

·         रोग प्रतिरोधक क्षमता वृद्धि गर्छ

·         कोरोना महामारीमा यसको माग चुलिएको थियो

बजारमा मूल्य कति?

यो माछा १०००/किलोमा बेचिन्छ।
स्वास्थ्यप्रद र रोग प्रतिरोधी भएकाले यसको माग सर्वोच्च हुँदै गएको छ।

बंगालका अग्रगामी ट्राउट किसानहरू

·         दावा शेर्पा – बिजनबारी, दार्जिलिङ

·         अर्पण लेप्चा – विध्याङ गाउँ, लाभा ब्लक, कालिम्पोङ

·         हेम कुमार तामाङ – समालबोङ

·         दानिएल लेप्चा – कमजेर, लोले

यी सबै किसानहरूले स्थानीय अर्थतन्त्रमा नवनवीन सम्भावना थपिरहेका छन्।

मेरो अनुभव – समाउने, पकाउने, खाने

अर्पण लेप्चाको निमन्त्रणामा मैले ट्राउट माछा समाउने, काट्ने, पकाउने र खाने अनुभव लिएको छु।
काट्न अलिक गाह्रो पक्कै – किनभने यो माछाको काँड़ा सानो हुन्छ, तर पकाएपछि त्यो सारा मेहनत सार्थक लाग्छ।

माछाको मासु हल्का गुलाबी, स्वाद नरम र स्वादिलो हुन्छ।

पकाउने तरिका:

यसलाई ग्रिल या बेक गर्न सकिन्छ। तर बंगाली स्वाद चाहनुहुन्छ भने तोरी र धनिया हालेर बाफमा पकाउनुहोस् –इलीश माछा झैँ! सुगन्ध अनि स्वाद – अप्रत्याशित स्वादिष्ट पाउनुहुनेछ।

अन्त्यमा एक अनुरोध

यदि तपाईं दार्जीलिङ, कालेबुङ या सिक्किम आउनुभएको छ या आउनुहुनेछ भने यस पटक "असला" नामले चिनिने यो ट्राउट माछा खाने मौका नचुकाउनुहोस्।

बङ्गाली होस् या नेपाली – ट्राउट खाएपछि, खानेको जीवनमा स्वादको नयाँ अध्याय सुरु हुनेछ।

(सुमन्त कुमार विश्वास, कालेबुङ जिल्ला मत्स्य अधिकारी हुन् |) 

0 Response to "हिमाली सम्पद: असला- रेन्बो ट्राउटको कथा, बंगालसम्मको यात्रा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.