
पहाडमा १२ घण्टे आम हडतालको आह्वान: चिया बगैंचाका ट्रेड युनियन 20 प्रतिशत बोनसको मागमा अडिग
Don't Miss
कालिमन्यूज, २९ सेप्टेम्बर २०२४, सिलिगुड़ी: चिया श्रमिकहरूको बोनसको विषयमा आजको बैठक पनि असफल भएपछि, सबै ट्रेड युनियनहरूले ३० सेप्टेम्बरको दिन १२ घण्टे बन्दको आह्वान गरेका छन् । बन्दको अवधि बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म दार्जीलिङ्ग, कालेबुङ, मिरीक, पहाड र तराई क्षेत्रका सम्पूर्ण शैक्षिक संस्थान, सरकारी कार्यालय, पसल र सवारी साधनहरू पूर्ण रूपमा अचल अनि बन्द रहनेछन् तथापी, आकस्मिक सेवा जस्तै एम्बुलेन्स र बिजुली तथा अग्नि सेवाहरूलाई बन्दमा छुट दिएकोछ |
दार्जीलिङ्ग पहाडका चिया बगानका श्रमिकहरूको प्रतिनिधित्व गर्ने ट्रेड युनियनहरूले शनिबार व्यवस्थापनसँगको नौ घण्टे बैठकपछि १२ घण्टे सामान्य हडतालको घोषणा गरेका छन् | सिलिगुड़ीको श्रमिक भवनमा भएको चौथो त्रिपक्षीय बैठकमा चियाश्रमिकहरूले २० प्रतिशत बोनसको माग गर्दै गर्दा व्यवस्थापनले केवल १३ प्रतिशतको प्रस्ताव राख्दा बैठक कुनै समाधानमा पुग्न सकेन ।
पार्वतीय श्रमिक सङ्गठन समन्वय मंच (PSSSM) का नेता समन पाठकले भने, "हामी २० प्रतिशत बोनसको मागमा अडिग छौं। व्यवस्थापनको १३ प्रतिशतको प्रस्ताव हामीलाई अस्वीकार्य छ, जसका कारण हडताल घोषणा गर्न वाध्य भएका हौ। हामी यसमा सबैको सहयोगको अपिल गर्छौं।" शनिबार बिहानदेखि चिया बगैंचाका श्रमिकहरूले श्रमिक भवनको बाहिर 20 प्रतिशत बोनसको माग गर्दै प्रदर्शन गरिरहेका समय व्यवस्थापनको असहयोग नै यसको निम्ति उत्तरदायी छ ।
"बैठक लगभग छ घण्टा चल्यो, बीचमा तीन पटकको विश्राम सहित। अब चिया श्रमिकहरूले आफ्ना चिया बगानको कारखाना अघि भेला भएर काम गर्ने समयमा लगातार तीन दिनसम्म भेला भएर बोनसको मागमा प्रदर्शन गर्नेछन, यद्यपि बगानमा उपस्थित भएता पनि उनीहरूले काम गर्ने छैनन्। यदि तेस्रो दिनपछि पनि उनीहरूको माग पूरा नभएमा, अझ कठोर कदमहरू चालिने विचार गरिनेछ," पाठकले भने ।
"हामी सबै युनियनको तर्फबाट भोलि १२ घण्टे सामान्य हडतालको आह्वान गर्न बाध्य भएका छौं," हिमालयन प्लान्टेशन वर्कर्स युनियनका अध्यक्ष बी.के. राईले भने। अन्य नेताहरूले पनि २०% बोनसको माग आफ्नो अधिकारको विषय भएको बताएका छन्। दार्जीलिङ्ग तराई डुवर्स प्लान्टेशन लेबर युनियनका महासचिव सुरज सुब्बाले भने, "हामीले माग गर्दै गरेको बोनस हाम्रो उचित माग हो। हामी २०% भन्दा कममा केही पनि स्वीकार गर्नेछैनौं, र यदि सरकारले कुनै सुझाव पठायो भने पनि हामी पछि हट्ने छैनौं।"
हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनका नेता भक्तिमान तामाङले भने, "भोलि कार्यालय, विद्यालय, पसल र सवारी साधनहरू सबै बन्द रहनेछन्। चिया श्रमिकहरू भोलि सडकमा उत्रनेछन्।"
यस पटक, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले हडताललाई समर्थन गरेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले भने, "मैले सधैं चिया श्रमिकहरूको अधिकारको लागि लडाइँमा साथ दिएको छु र भविष्यमा पनि साथ दिनेछु। म उनीहरूको संघर्षमा उनीहरूसँग छु।"
0 Response to "पहाडमा १२ घण्टे आम हडतालको आह्वान: चिया बगैंचाका ट्रेड युनियन 20 प्रतिशत बोनसको मागमा अडिग"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.