-->
नेपाली भाषामा सरकारी अधिसूचना जारी गर्ने सिक्किम सरकार र गोर्खाल्याण्ड क्षेत्रिय प्राशासनको पहललाई कालेबुङ प्रेस क्लब अनि इष्टर्न हिमालयन जर्नलिष्ट युनियन‌द्वारा स्वागत

नेपाली भाषामा सरकारी अधिसूचना जारी गर्ने सिक्किम सरकार र गोर्खाल्याण्ड क्षेत्रिय प्राशासनको पहललाई कालेबुङ प्रेस क्लब अनि इष्टर्न हिमालयन जर्नलिष्ट युनियन‌द्वारा स्वागत

कालिमन्युज, कालेबुङ २३ अगस्त २०२४। सरकारी अधिसूचना अनि राजपत्र नेपाली भाषामा पनि जारी गर्ने प्रक्रिया सिक्किम सरकारले शुरू गरेपछि छिमेकी राज्य सिक्किम सित सिमानामा संलग्न रहेको कालेबुङ, दार्जीलिङ लगायत बाहिरका नेपाली भाषीहरूमा पनि खुशीको लहर देखा परेको छ । 
छिमेकी हिमाली राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ्ग गोलेको कुशल नेतृत्वमा रहेको वर्तमान एसकेएम सरकारद्वारा घोषणा गरिएको एक दिनपछि 21 अगस्तको दिन एक अधिसूचना जारी गर्दै अब राज्य सरकारद्वारा जारी गरिने सबै अधिसूचना, राजपत्र नेपाली भाषामा जारी गर्ने ऐतिहासिक थाल्नी गरिएकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङ्गलाई कालेबुङ प्रेस क्लब अनि इष्टर्न हिमालयन जर्नलिष्ट युनियनले स्वागत अनि कृतज्ञता प्रकट गरेर विज्ञप्ति जारी गरेको छ । 
 राष्ट्रको आठौं अनुसूचिमा मान्यता प्राप्त नेपाली भाषाको व्यवहारिक प्रयोगको पदक्षेपमा सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ्गले गत २० अगस्तको दिन ३३औं नेपाली भाषा मान्यता दिवस समारोहको अवसरमा गरेका आधिकारिक घोषणालाई कालेबुङ प्रेस क्लबले सराहनिय कदम ठान्दै मुख्यमन्त्री तामाङ्गको मुग्ध कण्ठले प्रशंशा गरेको छ | 
नेपाली भाषामा पनि आधिकारिक अधिसूचनाहरू र राजपत्रहरू जारी गर्ने मुख्य मन्त्रीको घोषणा संगै यो प्रक्रिया प्रारम्भ पनि भएकोमा इन्डियन जर्नलिस्ट युनियनका सचिव अनि कालेबुङ प्रेस क्लबका अध्यक्ष ए के राईले अनि इष्टर्न हिमालयन जर्नलिस्ट युनियनको पक्षमा यसका अध्यक्ष ए के रसाइलीले मुख्य मंत्रीलाई धन्यबाद ज्ञापन प्रकट गरेका छन | 

सिक्किममा सबै आधिकारिक अधिसूचनाहरू र राजपत्रहरू अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित गर्ने निर्णय सरकारले लिएको कारण नेपाली भाषाको संरक्षण र प्रयोगमा टेवा पुग्ने, यसमा हौसला मिल्ने अनि धेरैलाई थप रोजगार पनि मिल्ने दुवै पत्रकार संगठनले ठानेको छ । 
यता गोर्खाल्याण्ड क्षेत्रिय प्राशासनले पनि अंग्रेजी संगै नेपाली भाषामा सरकारी सूचना जारी गर्न थालेकोले त्यसले नेपाली भाषाको प्रयोग सिक्किम राज्यमा मात्रै नभएर पश्चिम बंगालको दुईवटा जिल्ला अधिन भएको गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अधिनस्थ रहेको कार्यालयहरुबाट भाषा प्रयोग र संरक्षण अनि विकाशमा सहयोग मिल्ने पत्रकार संगठनले ठहर गरेको छ | 
गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन र यसका मुख्य कार्यपाल अनित थापालाई पनि धन्यबाद दिदै संगठनद्वयले यसलाई निरन्तरता दिनुपर्ने अनि यो राजनैतिक निर्णय मात्रै नभएर सबैको भलाईको निम्ति चलाइरहनुपर्ने मन्तव्य पोखेको छ| यसभन्दा अघि पनि धेरैले र धेरै चोटी यस्तै घोषणा गरे पनि यो विभिन्न कारणवश प्रयोगमा आएको थिएन, या आए पनि यो सिमित रहेको थियो | 
अब उसो यसलाई तल्लो तहको कार्यालयदेखि उच्च स्तरीय र सबै तकनिकी विभागमा पनि सबैले बुझ्ने भाषा चलाएर सहज बनाउने, अनि प्रयोग गर्न प्रोत्साहन दिने, तालिम जस्तै चाँजो मिलाउने पनि संगठनद्वयले अनुरोध गरेकोछ | 
प्रयोग गरौ मात्रै नभनेर प्रयोग गर्ने सुविधा पनि उपलब्ध गराउन स्वयंसेवी संगठनहरु, राजनैतिक दल या उनीहरुसंग संलग्न भातृ संगठनहरुलाई पनि राजनीतिदेखि उत्रिएर सकारात्मक तरिकाले भाषा प्रयोगलाई अभियान नै बनाउने अनुरोध गरेकोछ | 
एकदिने कार्यक्रम होइन तर दिर्घकालिन प्रक्रिया बनाएर सहयोग गरे अनि आधिकारिक ढंगमा गरिएको घोषणा अनुरुप कार्यान्वयन गरिए भाषा मान्यता पाएको ३२ वर्ष भित्र नभएको काम अब हुन सक्ने कुरोमा दुवै पत्रकार संगठन संगै नेपाली भाषाप्रेमी आम जनमानस आशावादी रहेका छन |  

Related Posts

0 Response to "नेपाली भाषामा सरकारी अधिसूचना जारी गर्ने सिक्किम सरकार र गोर्खाल्याण्ड क्षेत्रिय प्राशासनको पहललाई कालेबुङ प्रेस क्लब अनि इष्टर्न हिमालयन जर्नलिष्ट युनियन‌द्वारा स्वागत "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.