.jpg)
कालेबुङमा भाषा मान्यता दिवस सम्पन्न : अन्तर-विद्यालय प्रश्नोत्तरी प्रतियोगितामा सप्रश्री ज्ञानपिठ विजयी
Don't Miss
कालिमन्युज, कालेबुङ, २० अगस्त २०२४ : राष्ट्रको संविधानको आठौँ अनुसूचीमा मान्यता पाएका २२ भाषाहरु मध्ये एक भाषा नेपाली भाषाले मान्यता प्राप्त गरेको ३३ औँ वर्ष पुगेको अवसरमा आज विभिन् संघ संस्था र संस्थानहरुले मान्यता प्राप्त दिवसको रुपमा पालन गरे | आज कालेबुङको अतिशा रोड स्थित अनुष्ठान (पुरानो बेन्जामिन गार्डन स्कूल) मा चरित्र प्रोडक्सन, कालेबुङको मुख्य आयोजना तथा अनुष्ठान परिवारको सह-आयोजना र कालेबुङ प्रेस क्लबको सहयोगीतामा अन्तर-विद्यालय प्रश्नोत्तरी प्रतियोगिता आयोजित भयो |
कार्यक्रममा सिक्कमका प्रख्यात साहित्यकार तथा नेपाली र यसका जात जाति तथा सम्प्रदायहरुको संस्कृतिमाथि आधारित खोज एवं अनुसन्धानमूलक एउटा विशेष दस्तावेज पुस्तक "विश्वमा मानव सभ्यता जातिय बृहत इतिहास संस्कृति र परम्परा" का लेखक टी. बी. चन्द्र सुब्बा प्रमुख अतिथि तथा सर्वोच्व न्यायालयका अधिवक्ता अमृत सिँह सिन्च्युरी लगायत धर्म गुरु लामा ल्हाक्पा बम्जन, अनुष्ठानकी संरक्षक टेरेजा सेन अन्य विशिष्ट अतिथि एवं विभिन्न संघ संस्था र विद्यालयका प्रतिनिधिवर्ग औ साहित्यकार, समाजसेवी, संस्कृतिप्रेमी, शिक्षासँग सम्बन्धित शुभचिन्तक औ भाषा अनुरागीहरु उपस्थित थिए| .jpg)
.jpg)
चरित्र प्रडक्सनका हीरा छेत्रीले सञ्चालन गरेको प्रश्नोत्तरी प्रतियोगितमा अलगढ़ा उच्चत्तर माध्यमिक विद्यालय, कालेबुङ कन्या उच्चत्तर माध्यमिक माध्यमिक विद्यालय, कुमुदिनी विद्याश्रम उच्चत्तर माध्यमिक विद्यालय, चन्द्रमाया उच्चत्तर माध्यमिक विद्यालय, टिस्टा ब्रिज उच्चत्तर माध्यमिक विद्यालय अनि सप्रश्री ज्ञानपिठले भाग लिएका थिए प्रश्नोत्तरी प्रतियोगितामा भाषा, व्याकरण, साहित्य, संस्कृति सबै विषयलाई समाविष्ट गरिएको अनि दिएको अनुच्छेद पठन, हिज्जे वाचन, हिज्जे लेखन, हस्त लेखन, भाषा व्याकरण, शब्दानुबाद र साधारण ज्ञान जाँच गर्ने प्रतियोगिताहरु राखिएका थिए |
प्रतियोगितामा प्रश्नको उत्तरसंगै कारणहरु पनि सञ्चालक छेत्रीले बताएर साथै उपस्थित दर्शकहरुलाई पनि सहभागी बनाएर कार्यक्रम अझ रोचक र फलप्रद बनाए |
संगीतकार औ गीतकार मधुसुदन लामा, पत्रकार रुद्र कार्की, शिक्षिका दिव्या कार्की एवं कालेबुङ प्रेस क्लबका अध्यक्ष तथा पत्रकार ए के राई निर्णायक, अनि प्रा सञ्जय विष्ट पर्यवेक्षक रहेको यस प्रतियोगितामा टिस्टा ब्रिज उच्चत्तर माध्यमिक विद्यालयका हन्ना राई सर्वश्रेष्ठ सहभागी चुनिए भने सप्रश्री ज्ञानपीठ विजयी अनि चन्द्रमाया उच्चत्तर माध्यमिक विद्यालय उपविजेता भए |
आज सम्पन्न प्रश्नोत्तरी प्रतियोगितामा इन्द्रमाया छेत्री स्मृति पुरस्कार विजयी दलका सप्तश्री ज्ञानपीठका प्रतियोगी विद्यार्थीहरु श्रद्धा गजमेर, स्मृति दर्जी अनि शिक्षक पारस शर्मालाई अनि मायादेवी न्यौपाने स्मृति उपबिजेता पुरस्कार चन्द्रमाया उच्च्त्तर माध्यमिक विद्यालयका प्रतियोगी अनि अतिरिक्त सहभागी विद्यार्थी सुभेक्षा लुइटेल, प्रतिभा तामाङ अनि प्रतिमा छेत्री अनि शिक्षक सोनी सुब्बा र चन्दन तामाङलाई तथा सर्वश्रेष्ठ सहभागी पुरस्कार टिस्टा ब्रिज उच्चत्तर माध्यमिक विद्यालयका हन्ना राईलाई तथा सबै सहभागी एवम मार्गदर्शक शिक्षकहरुलाई प्रमाण पत्र अतिथिहरुको बाहुलीबाट प्रदान गरियो |
गाणेश थापाको स्वागत, ए के राईको कार्यक्रमको उद्धेश्य र भाषा दिवसबारे जानकारी, रुद्र कार्कीको परिचयसंग प्रारम्भ गरिएको कार्यक्रममा पर्यवेक्षक प्रा सञ्जय विष्टले भाषा ज्ञानको निम्ति ध्यान दिनुपर्ने कुरोहरुमाथी प्रकाश पार्दै यस्तै कार्यक्रमलाई अझ उन्नत ढंगमा आयोजना गर्न पर्ने आवश्यकता रहेको बताए | यता मुख्य अतिथिले कार्यक्रमको सराहना गर्दै तिनले आफ्नो पुस्तक "विश्वमा मानव सभ्यता जातीय बृहत् इतिहास; संस्कृति र परम्परा" १९ बर्षको कठिन परिश्रमको फलस्वरुप तैयार गरिएको बताए |
यो दुई हजार तीनसय पृष्ठको अत्यन्त खोजपूर्ण भीमकाय ग्रन्थको मूल्य रु सत्र हजार रहेको र यस पुस्तकले नेपाली जातिका विभिन्न जात-गोष्ठी अर्थात् समुदायको संस्कार तथा संस्कृति एवम् मानव जातिसँगसँगै नेपाली जातिको विकास-प्रक्रियाहरूलाई विस्तृत रूपमा अध्ययन-अनुसन्धान गरि लेखिएको छ| आयोजक संस्थाहरूले मुख्य अतिथि एवं लेखक टी. बी. चन्द्र सुब्बाको यस बहुमुल्य ग्रन्थको प्रकाशनको निम्ति बधाई दिदै सुब्बालाई प्रशस्ति पत्र प्रदान गर्यो |
विभिन्न पुरस्कार प्रायोजनामा सहयोग पुर्याउने व्यक्ति, संस्थान, र संस्थाहरुलाई पनि आयोजक संस्थाहरूले सम्मान पत्र दिएर कृतज्ञता जनायो | विद्यार्थीहरूमाझ नेपाली भाषा र साहित्यप्रति समाजमा देखा परेको उदासीनतालाई हटाई मातृभाषाप्रति चेतना जागृत गर्ने यस जमर्कोलाई समाजका सबै तप्काका मानिसहरुले सराहना गरेका छन |
आजकै दिन कालेबुङको नेपाली भाषा अध्ययन समिति लगायत साझा साहित्य संरक्षण संस्था गोरुबथानद्वारा भाषागत विभिन्न प्रतियोगिता लगायत पुरस्कार प्रदान गरेर भब्यपूर्वक भाषा दिवस आयोजित गर्यो| साझा साहित्य संरक्षण संस्था गोरुबथानले नेपाली भाषाका स्रष्टा विकास कार्कीलाई चौथो स्वर्गीय आर बी राई स्मृति पुरस्कारद्वारा सम्मानित गर्यो |
0 Response to "कालेबुङमा भाषा मान्यता दिवस सम्पन्न : अन्तर-विद्यालय प्रश्नोत्तरी प्रतियोगितामा सप्रश्री ज्ञानपिठ विजयी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.