कालेबुंगमा एक दिने सृजनात्मक लेखन कार्यशाला सम्पन्न
कालिमन्युज, कालेबुंग, २३ मई २०२४ : वर्तमान समयमा सर्वत्र पठन र लेखनमा चासो राख्नेहरुको संख्या दिनोदिन कम भैरहेको समय यसमा चासो जगाउने र पाठक अनि लेखक जन्माउन अनि उनीहरुमा लेखना कला भए तिखार्ने उद्धेश्यले कालेबुंगको वर्शिप सेन्टरमा एक दिने सृजनात्मक लेखन कार्यशाला आयोजना भयो |
कालेबुंग क्रिश्चियन लाइब्रेरी अनि हिमाली उपासना इसाई कला संरक्षण समिति (उपासना प्रोडक्सन) को संयुक्त आयोजनामा उक्त कार्यशाला आज सम्पन्न भयो जसमा गद्य, कविता, लघु कथा लेखन संगसंगै सृजनात्मक लेखन र अनुवाद बारे तालिम दिइएको थियो |
यस कार्यशालामा ७० जना सहभागीहरुले भाग लिएका थिए l यति ठुलो संख्यामा सहभागीहरुले भाग लिनु सम्भवत यस भेकको निम्ति प्रथम चोटि हुन सक्ने कार्यशाला आयोजक समितद्वयका ससस्यहरुले बताए |
कार्यशालामा स्रोत व्यक्तिहरुले कसरी लेखन कलालाई जन्म दिने, विकाश गर्ने र यसलाई पेशा पनि बनाउने भन्नेबारे खुबै मुख्य र अति आवश्यकीय कुराहरु बताउदै तालिम दिए | श्रोत व्यक्तिहरुमध्ये चर्चित नियात्राका लेखक साहित्यकार रेभ सलोन कार्थकले सृजनात्मक पठन र लेखनको महत्वबारे आफ्नो अनुभवहरूबाट विस्तृत जानकारी गराउदै केही मुख्य बुँदाहरुको विषयमा व्याखा गरे |
गद्य लेखनबारे लेखक डा. श्रीमती अञ्जना राईले जानकारी गराए भने लघु कथा लेखनबारे सम्पादक एवं लेखक एल्डर राजु राईले साथै कवि औ गीतकार श्री उज्जवल बम्जनले कविता रचनाबारे तालिम दिए |
सिक्किम युनिभर्सीटीको अंग्रेजी विभागबाट आएका डा. अब्रोना ली पन्दीले सृजनात्मकता र अनुवाद साहित्यबारे बडो रोचक ढंगमा जानकारी गराए |
सहभागीहरुले कार्यशालाको समय सिकेका कुराहरु र आफ्नो दक्षता अनुसार अभ्यासको निम्ति चारै विधा गद्य, लघु कथा, कविता अनि अनुवाद मा सहभागीहरुलाई अंग्रेजी र नेपाली दुवै भाषामा लेखन प्रतियोगिता गराइयो | प्रतियोगीहरुको मुल्यांकन श्रोत व्यक्तिहरुले गरे अनुसार सर्वश्रेष्ठ अनि उत्कृष्ट लेखनलाई प्रोत्साहन पुरस्कार प्रदान अनि सबै सहभागीहरुलाई प्रमाण पत्र वितरण गरियो |
पुरस्कारहरुमा अग्रेजी भाषामा निबन्ध लेखनको निम्ति एडविन रेजोम आदेनलाई र नेपाली भाषामा निबन्ध लेखनको निम्ति सुनिता लामालाई सर्वश्रेष्ठ चयन गरियो भने अग्रेजी भाषामा लघु कथा लेखनको निम्ति स्यारोन श्रेया राईलाई र नेपाली भाषामा लघु कथा लेखनको निम्ति तबिता सार्कीलाई पुरष्कृत गरियो | अग्रेजी भाषामा कविता रचनाको निम्ति लिगेन फिपनलाई र नेपाली भाषामा कविता रचनाको निम्ति ग्रेस पाख्रीनलाई पुरष्कृत गरियो | उसरीनै अनुवादको निम्ति अग्रेजी भाषामा अनन्य बम्जनलाई र नेपाली भाषामा नर्जोङ लेप्चालाई पुरष्कृत गरियो । कार्यशाला खुबै प्रभावकारी अनि प्रोत्साहनात्मक भएको सहभागीहरुले जनाए |
कालेबुङ कलेजका अंग्रेजी विभागका एचओडी प्राध्यापक अनुकम्पा सुब्बाले संचालन गरेको कार्याशाला रेभ. जे.एस. कालेब सुब्बाको स्वागत सम्बोधन अनि अध्यक्ष रेभ. रुएल पाख्रिनको प्रार्थनाद्वारा आरम्भ भएको अनि जीनत मेरी लेप्चाद्वारा विजेताहरुको घोषणा र रेभ लोचन काबोद्वारा धन्यबाद ज्ञापन गरिएको थियो | कार्यशाला कै समय कालिम्पोङ क्रिश्चियन लाइब्रेरीबारे केसीएलका सचिव याङ्देन एस घिसिङले जनाए भने, फिल्म निर्देशक ज्ञान गुरुङले हिमाली उपासना इसाई कला संरक्षण समिति (उपासना प्रोडक्सन) को आगामी फिल्म बारे अवगत गराए |

0 Response to "कालेबुंगमा एक दिने सृजनात्मक लेखन कार्यशाला सम्पन्न "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.