-->
भागोप्रमोद्वारा केन्द्रको भाजपा सरकार बिरुद्ध आजदेखि पहाड़‌मा प्रदर्शन आरम्भ

भागोप्रमोद्वारा केन्द्रको भाजपा सरकार बिरुद्ध आजदेखि पहाड़‌मा प्रदर्शन आरम्भ

अरुणकुमार रसाइली, कालिमन्युज, कालेबुङ 12 फरवरी 2024 । आफ्नो कार्यकालको र संसदको अन्तिम बजेट सत्रको अन्तिम दिनसम्म पनि भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो संकल्प पत्रमा उल्लेख गरेको पीपीएस अनि छोड़िएका 11 जात गोष्ठिलाई जनजातिको मान्यता गोर्खाहरुलाई प्रदान नगरेको भन्दै, सांसद राजु बिष्ट अनि भाजपाको विरोधमा भारतीय गोर्खा प्रजातान्त्रिक (भागप्रमो) ले आज 12 फरवरीदेखि दार्जीलिङ, खरसाङ, कालेबुङमा व्यापक विरोध प्रदर्शन शुरु गरेको छ । 
तीन दिन व्यापी 12 देखि 14- फरवरीसम्म उक्त विरोध प्रदर्शन कालेबुङ जिल्लापाल कार्यालय परिसर अघि भागोप्रमो सम्पन्न गर्दै भाजपाको विरोधमा धरणा प्रदर्शन गर्दै नाराबाजी गर्यो । पीपीएस अनि छोड़िएका 11 जात गोष्ठिलाई जनजातिको मान्यता प्रदान गरिनु पर्ने भागमा भागोप्रमोको एउटा प्रतिनिधि (भागोप्रमो कालेबुङ जिल्ला समिति अध्यक्ष, विनय घिसिङ, प्रबक्ता भुवन खनाल आदि) टोलीले जिल्लापाल- बालासुभ्रमणियम टी. मार्फत प्रधान मन्त्रीलाई पत्रचार पनि गरेका छन् ।
धर्नाबारे पत्रकारहरुलाई सम्बोधन गर्दै जीटीए उपाध्यक्ष राजेश चौहानले विगत पन्ध्र वर्षसम्म समय दिएको तर पनि केहि काम नगरेकोले आफूहरू विरोध प्रदर्शनिमा उत्रेको बताए । कहिलेसम्म गोर्खाहरू केन्द्र सरकारको झुटो आस्वशन मा बस्ने? आजदेखि 14 फरवरीसम्म पहाड़का सम्पूर्ण स्वाभिमानी गोर्खाहरूले महकुमा अधिकारी अनि जिल्लापाल कार्यालय परिसरमा विरोध प्रदर्शन गर्ने चौहानले बताए ।
उक्त धर्नामा भागोप्रमो कालेबुङ जिल्ला अध्यक्ष बिनय घिसिङ पार्टीका नेताहरू एवं सभासदहरु हेमन्त थुलुङ राई, विकाश राई, दावा तेञ्जी शेर्पा, कमल सुब्बा, कुमार शर्मा, पवल सिमिक, कालेबुङ खण्ड एक पञ्चायत समिति सभापति ममता गुरुङ, पुष्पा सुब्बा, प्रवक्ता भुवन पी. खनाल, सचिव बारूद थापा, अमिर बस्नेत आदि मोर्चा, मातृ संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

0 Response to "भागोप्रमोद्वारा केन्द्रको भाजपा सरकार बिरुद्ध आजदेखि पहाड़‌मा प्रदर्शन आरम्भ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.