-->
 जन भावनाको म कदर गर्नेछु – हर्षवर्द्धन श्रिंग ला

जन भावनाको म कदर गर्नेछु – हर्षवर्द्धन श्रिंग ला


कालिमन्युज, 
कालेबुंग, ४ फरवरी २०२४: म भाजपाको उम्मेद्वार हुने विषय जनभावनाको विषय हो | दार्जीलिङ्ग कालेबुंग, खर्साङ्ग, मिरिकका जनताको भावनाले जे भन्छ त्यही हुन्छ, मैले त चालिस वर्ष भारत सरकारको सेवा गरें अब त म यहीँ बस्ने मेरो इच्छा प्रकट गरेको छु, मेरो घर दार्जीलिङ्गमा पनि छ सिलगडीमा पनि छ, मेरो जो सामाजिक अर्थनीतिको कार्यक्रम छ त्यही यो क्षेत्रमा गर्नेछु | आजको मानिसहरुको रेसपोंस हेर्दा, गोर्खाहरुको भावना हेर्दा त्यही हेरेर त्यही आधारमा म काम गर्नेछु | 
कालेबुंगको मे फेयर होटलमा दार्जीलिङ्ग वेलफेयर सोसाइटीको कालेबुंग शाखाद्वारा आयोजित एक नागरीक भेटघाट कार्यक्रम पछि पत्रकारहरुसंग बातचित गर्दै भारत सरकारको पूर्व विदेश सचिव डा हर्षवर्द्धन श्रिंग ला, आइ एफ एस ले बताए | 
मेरो पारिवारिक सम्बन्ध कालेबुंग संग पनि भएकोले कालेबुंग आएर धेरै रमाइलो लाग्यो | यो सुन्दर शहरलाई म राम्ररी चिन्दछु किनकि म सानोमा छँदा धेरै चोटी आएको हुँ | यहाँको समाजको सबै प्रकारका मानिसहरुलाई भेटेर धेरै खुशी लाग्यो | यहाँका बुजुर्ग व्यक्तिहरु पूर्व सैनिकहरुसंग भेटियो | यहाँको समस्याहरु के के छ ? तिनीहरुको समाधान के हुन सक्छ | हामीले कसरी परिवर्तन ल्याउन सक्छौ| परिवर्तन चाँही हामी भित्रबाटै आउनुपर्छ | हामी सबै मिलेर परिवर्तन ल्याउन सक्छी यही भनेर सबैले एउटै कुरो बताए | 
उनले भने यो आजको कार्यक्रम मेरो लागी त सामाजिक कार्यक्रम, यो हाम्रो मानिसहरुलाई भेटघाट गर्ने मौका हो | कालेबुंग यो हाम्रो महत्वपूर्ण र प्रसिद्ध शहर हो यहाको प्राथमिकता, सोच विचार, मुद्धाहरु त्यही बुझनलाई आएको हुँ | 
उनको नाउँलाई लिएर भाजपाको नेतृत्व दुई भागमा विभक्त भएको कुरो बारे प्रश्न गर्दा तिनले भने कि मैले कहिले पनि म पार्टीको उम्मेद्वार हुँ भनेर भनेको छुइन म पार्टीको प्राथमिक सदस्य पनि छुइन, मलाई त केही थाहा छैन , म एक व्यक्ति मात्र हुँ | मेरो एउटा सामाजिक संस्था छ, म समाजको भलाईको निम्ति जे काम गर्दैछु त्यो गर्नेछु, मा देशको समाजको, क्षेत्रको स्थानको नागरिक भएर मेरो अधिकार छ त्यही अनुसार जे गर्छु जनताको हितको निम्ति गर्नेछु | हाम्रा मानिसहरुका सर्वश्रेष्ठ चासोको कुराहरु गर्नेछु त्यो काम तपाईहरु गर्नुहुन्छ भने तपाईहरु गर्नुहोस गर्नुहुदैन भने मेरो खाँचै छैन | 
आजको कार्यक्रमको सभापतित्व अवकाश प्राप्त कर्णेल (कोलोनेल) कुंगा छिरीङ्ग शेर्पाले गरेका थिए भने प्रमुख अतिथि दिनेश चन्द्र नेपाल, आइ एफ एस थिए | सुरजमणी प्रधानले संचालन गरेको कार्यक्रममा मुख्य संयोजिका संजोगिता सुब्बाले कार्यक्रमको औचित्यबारे बताए भने दार्जीलिङ्ग वेलफेयर सोसाइटीका स्थापक अध्यक्ष श्रिंग ला लाई कालेबुंग शाखाले संवर्द्धना पनि जनायो | कार्यक्रममा पूर्व राष्ट्रिय हकी क्याप्टन भरत छेत्री, पूर्व फुटबल खेलाडी उर्गेन लामा, अन्तराष्ट्रिय म्याराथन धावक रोशनी राई, सुशान्त थापा, कराते गोल्ड मेडलिस्ट, टाशी दोर्जी शेर्पा ताइक्वानडो, जिम्मी लेप्चा, राष्ट्रिय धनुकाड़ जज आदिलाई सम्वर्द्धना जनाइयो | 
तिनले भेला भएका जनसाधारणलाई पनि सम्बोधन गर्दै कालेबुंगको महत्वबारे उल्लेख गरे | २०१४ देखि नै यो सोसाइटीले काम गरेको र २०२३ मा मात्रै पञ्जिकरण भएको बताए |
कार्यक्रममा गित कोल्बोंग प्राथमिक पाठशाला, लाभा उच्चत्तर माध्यमिक विद्यालय अनि गोरुबथान उच्च विद्यालयलाई कम्प्युटर र प्रिन्टर पनि हस्तान्तरण गरियो | 

Related Posts

0 Response to " जन भावनाको म कदर गर्नेछु – हर्षवर्द्धन श्रिंग ला"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.