-->
गोरुबथानमा तीन दिने गोर्खा पारम्पारिक खाद्य महोत्सवको शुभारम्भ

गोरुबथानमा तीन दिने गोर्खा पारम्पारिक खाद्य महोत्सवको शुभारम्भ

सौराज बुतांग राई, कालिमन्युज, गोरुबथान २६ जनवरी २०२४: गोरुबथान टुरिजम डेभलपमेण्ट सोसाइटीको आयोजनामा शुक्रबारदेखि यहाँको मनोरम टाइटेनिक भ्यु पोइन्टमा तीन दिने गोर्खा पारम्पारिक खाद्य महोत्सवको शुभारम्भ भयो। महोत्सवको उद्घाटनी दिन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाका चेयरमेन अञ्जुल चौहान मुख्य अतिथिको रुपमा उपस्थित थिए। 
आयोजक कमिटिका सभापति तथा 43 नम्बर समष्टि कार्यकारी सभासद् रतन थापाको अध्यक्षतामा सम्पन्न पहिलो दिनको कार्यक्रममा गोरुबथान खण्ड पंचायत समिति सभापति सूर्यमणि राई, कार्यकारी सभासद्द्वय लाक्पा नाम्गेल, हर्कमान छेत्री विशिष्ट अतिथिको रुपमा उपस्थित थिए भने युवा साहित्यकार तथा साहित्य अकादमी नेपाली भाषा परामर्श समिति नयाँ दिल्लीका सदस्य सुवास सोताङ, पंचायत समिति कर्माध्यक्षद्वय शिशिर प्रधान, पंचकुमार राई, आयोजक कमिटिका कार्यकारी सभापति श्याम थापा, डाक्टर पवन थापा, ओमप्रकाश कार्की, देवप्रकाश राई, होमनाथ शर्मा आदि अतिथिको रुपमा उपस्थित थिए। 
आयोजक कमिटिका कार्यकारी सभापति श्याम थापाको स्वागत सम्बोधनबाट शुरु भएको उदघाटनी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि चौहानले गोरुबथानलाई पहाड र समतलको भौगोलिक बनावट प्रकृतिले बरदानको रुपमा दिएको बताए। यसको सौन्दर्य, प्राकृतिक बनावटलाई जोगाइराख्न अनुरोध गर्दै गोरुबथानमा टुरिजमका अथाह सम्भावनाहरू रहेको जनाए। गोरुबथानलाई पर्यटनको मानचित्रमा सुचिकृत गराउने उद्देश्य लिएर यहाँ सबै वर्गका मानिसहरू एक मंचमा उपस्थित भएर जुन पहल शुरू गरिएको छ त्यो सराहनीय रहेको चौहानले आफ्नो सम्बोधनमा राखे। गोरुबथानले गोर्खा जातिको पारम्परिक खाद्यलाई टुरिजमसित जोडेर एउटा सकारात्मक कार्य गरिरहेको बताउँदै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन यस्ता कार्यक्रमहरूको सहयोगको निम्ति सधैं अघि आउने जानकारी गराए। क्षेत्रीय कार्यकारी सभासद् रतन थापाको अगुवाइमा गोरुबथानमा धेरै राम्रा राम्रा कार्यहरू भइरहेको पनि विचार राखे।
सम्बोधनकै क्रममा युवा साहित्यकार सुवास सोताङले गोरुबथान टुरिजम डेभलपमेण्ट सोसाइटीले गोर्खा पारम्पारिक खाद्य महोत्सवमार्फत गोरुबथानमा सांस्कृतिक नवजागरण ल्याउने दिशामा पहल गरिरहेको मन्तव्य गरे। सोसाइटीको यस कार्यक्रममार्फत एकातिर गोरुबथानको सजीवता देखाउने कोशिश गरिरहेको छ भने अर्कोतिर सांस्कृतिक नवजागरण ल्याउने जमर्को गरिरहेको छ। गुवा र सुन्तला एउटै बारीमा अंगालो मारेर फल्ने गोरुबथान सांस्कृतिक पर्यटनको रुपमा स्थापित हुने कोशिशमा लागिपरेको छ। गोर्खा पारम्पारिक खाद्य महोत्सवद्वारा आयोजक कमिटि गोरुबथानको समाज गतिशील, प्रगतिशील, सचेत छ भन्ने सन्देश दिन पनि चाहेको सोताङले सम्बोधनमा मन्तव्य गरे। 
संजय प्रधानद्वारा संचालित कार्यक्रमलाई सम्बोधन गर्दै गोरुबथान टुरिजम डेभलपमेण्ट सोसाइटीका सचिव तुफान सुब्बाले कार्यक्रमको औचित्यबारे सविस्तार जानकारी गराए।
मुख्य अतिथि, विशिष्ट अतिथि अनि अतिथिहरूद्वारा तीन दिने गोर्खा पारम्पारिक खाद्य महोत्सवमा राखिएका विविध पसलहरूको परिदर्शन पनि गरियो। यस अवसरमा स्थानीय कलाकारहरूद्वारा नृत्य अनि गीत प्रस्तुत गरिएको थियो।
कार्यक्रमको दोस्रो सत्र साँझमा स्थानीय कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो।
कार्यक्रमको दोस्रो दिन शनिवार गोर्खा पारम्पारिक फेसन शो, आर्ट एण्ड क्राफ्ट प्रतियोगिता थप आकर्षण रहनेछ भने समापन दिन साँझमा मिरिकबाट सांस्कृतिक टोलीले कार्यक्रम प्रस्तुत गर्नेछ।

0 Response to "गोरुबथानमा तीन दिने गोर्खा पारम्पारिक खाद्य महोत्सवको शुभारम्भ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.