अब एलपीजी ग्यासको बायोमेट्रिक रि-केवाईसी आफै गर्न सकिने : केवल दुई एप्स प्रयोग गरेर स्व प्रमाणीकरण सम्भव
कालिमन्युज, कालेबुंग, १९ दिसम्बर २०२३ : इन्डेन एलपीजी Indane LPG ग्यास ग्राहकहरूले आफ्नो केवाइसी KYC आफै आधार कार्ड संग लिंक गर्न सक्नेछन | अब उनीहरूले डिलरको कार्यालयमा जान पर्नेछैन । उपभोक्ताहरु साथै डिलरहरुले भोग्न परेको समस्याहरुलाई मध्ये नजरमा राख्दै Indane ले दुई अनलाइन एपहरूको सहयोगमा उपभोक्ताहरूलाई रिकेवाइसी ReKYC गर्न सहज विधि उपलब्ध गराएकोछ। Re-KYC गर्नका लागि, उपभोक्ताहरूले दुईवटा एप डाउनलोड गरेर त्यसलाई इन्स्टल गर्नुपर्नेछ।
यी दुई एपहरू IndianOilONE र AadharFaceRd (Early Access) हुन्। यी एपहरू एलपीजी बुक गर्न प्रयोग गरिने र आधार UID लिंक गर्न प्रयोग गरिने उपभोक्ताको एउटै सिम भएको मोबाइलमा इन्स्टल गर्नुपर्छ |
अनलाइन मोडमा उपभोक्ताले IndianOilONE एप इन्स्टल गरिसकेपछि, साइन अप गरेर (अहिलेसम्म अनलाइन ग्यास बुकिङको लागि साइन अप गरेको छैन भने) उपभोक्ताको मोबाइल नम्बर, इमेल आइडी, पहिलो र दोस्रो नाम उपलब्ध गराएर साइन अप दर्ता गर्नुपर्छ।
त्यसपछि दर्ता गरिएको मोबाइल नम्बरमा पठाइएको ओटीपी लगाउनुपर्छ र पासवर्ड सिर्जना गर्नुपर्छ र अन्य केसहरूमा जस्तै दुई पटक प्रविष्ट गर्नुपर्छ (यसमा 6 वर्णहरू - कम्तीमा एक नम्बर, एक वर्णमाला र एक विशेष वर्ण हुनुपर्नेछ)। एलपीजी आईडी र उपभोक्ता नम्बर र वितरकको नाम र विवरणहरू त्यसैअनुसार प्रमाणीकरण गरिनेछ।
साइन अप प्रक्रिया पूरा गरेपछि IndianOilONE लग इन गर्नुपर्छ र My Profile मेनु मार्फत उपभोक्ताले "ReKYC" बटन र फेस स्क्यानमा जानुपर्छ। फेस स्क्यान सफलतापूर्वक पूरा भएपछी आधार प्रमाणीकरण हुनेछ |
यी दुई एपहरू मार्फत फेस स्क्यान बायोमेट्रिक्स प्रयोग गरेर प्रमाणीकरण पूर्ण गरिन्छ जो अत्याधिक सुरक्षित, प्रयोगकर्ताको लागि सजिलो, र नियम अनुरूप छ।
0 Response to "अब एलपीजी ग्यासको बायोमेट्रिक रि-केवाईसी आफै गर्न सकिने : केवल दुई एप्स प्रयोग गरेर स्व प्रमाणीकरण सम्भव"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.