-->
जब सम्म किनारामा प्रोटेक्सन वाल बनिँदैन तब सम्म एनएचपीसीलाई चल्न दिनेछैनौं।" अनित थापा

जब सम्म किनारामा प्रोटेक्सन वाल बनिँदैन तब सम्म एनएचपीसीलाई चल्न दिनेछैनौं।" अनित थापा

 

कालिमन्युज, कालेबुंग, १३ अक्टोबर २०२३ : टिस्टा बजार र निकटवर्ती क्षेत्रमा केही दिनदेखि क्याम्प हालेर बसेका जी टी ए प्रमुख कार्यपाल अनित थापाले आज रङपु क्षेत्रको कार्यको निरीक्षण गरे। निरीक्षण समय उनले भने जबसम्म टिस्टा नदीको किनारमा प्रोटेक्सन वाल बनिँदैन तबसम्म एनएचपीसी चल्न दिनेछैनौं। 
थापाले भने बाढी पश्चात धेरै घरहरुमा क्षति भएको छ। धेरै घरहरु अहिले चर्किँदै गरेको पनि पाइन्दैछ। त्यसैले मैले एनएचपीसीलाई भनेको छु कि टिस्टा नदीको किनारमा प्रोटेक्सन वाल बनिँदैन तबसम्म एनएचपीसी चल्न दिनेछैनौं। 
तिनले अझै भने कि विभिन्न विभाग जस्तै एनएचपीसी, रेलवे, पञ्चायत, ब्लक आदिले के के गर्दैछ त्यस विषय जानकारी साझा गर्न आज एक संयुक्त प्रशासनिक बैठक डाकिएको थियो। आजको सभाले टिस्टा बाढीको कार्यलाई अघि लैजान एउटा संयोजन समिति पनि गठन गरेकोछ। 
यता पत्रकारमाथी कुटपिटको घटनाबारे प्रश्न गर्दा तिनले भने कि कुटपिट माथि म विश्वास नै गर्दिन। यस्तो घटना नहुनुपर्ने थियो। यदि कसैलाई मन दुखेको छ भने म क्षमा चाहान्छु। तर पत्रकारको मुखुंडा ओडेर पत्रकारिताको नाम बदनाम गर्नु हुँदैन। सजाय दिने म होइन, कानुन हो। सुरक्षित पहाडको निम्ति निस्केको मान्छे हूँ म। असुरक्षित पहाड म बन्नु नै दिन्न। राम्रोसँग पत्रकारिता गरिदिनु हुन मेरो निवेदन छ । 
अर्कोतिर थापाले भने कि बाढीको कारण तहस नहस भएको टिस्टा, रङ्पु क्षेत्रलाई सामान्य बनाउन जी टी ए साथै विभिन्न विभाग, संघ संस्थाहरु कार्यरत छन्। सबैले मानिसको मनोवल बढाउन स्वयंसेवी कार्य गरिरहेका छन्। 
तिनले भने कि दोस्रो चरणको योजना अनुसार सरकारबाट जमीन लिएर प्रभावित मानिसहरुको घर बनाइदिनेछौं। यसबारे इन्जिनियरसँग जोगाजोग गरेर एउटा मोडल घर तयार पारिनेछ जहाँ मुख्य कोठा, भान्सा कोठा र शौचालय रहनेछ।

0 Response to "जब सम्म किनारामा प्रोटेक्सन वाल बनिँदैन तब सम्म एनएचपीसीलाई चल्न दिनेछैनौं।" अनित थापा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.