-->
भुमि अनि भुमिसुधार बिभाग जीटीएलाई हस्तान्तरण गर्न राज्यको मन्त्रीमण्डलद्वारा अनुमोदन

भुमि अनि भुमिसुधार बिभाग जीटीएलाई हस्तान्तरण गर्न राज्यको मन्त्रीमण्डलद्वारा अनुमोदन


कालिमन्युज, कालेबुंग,24 जुलाई २०२३ : राज्यले भुमि अनि भुमिसुधार बिभाग जीटीएलाई हस्तान्तरण गर्ने निर्णय लिएको छ | आज बसेको राज्यको मन्त्रीमण्डल(Cabinet) ले यो अनुमोदन गरेको कालेबुङका विधायक रुदेन सादा लेप्चाले आज बताएका छन | 

आजदेखि प्रारम्भ भएको पश्चिम बंगाल राज्यको विधान सभाको मनसून सत्र सुरु भएको छ। कालेबुङका विधायक रुदेन सादा लेप्चाले कोलकाताबाट जानकारी दिँदै भने, "जी टी ए क्षेत्रका डिआइफण्ड अनि डेभलपमेण्ट क्षेत्रमा बसोबासो गर्नेहरुको निम्ति खुशीको खबर यो छ कि राज्य सरकारले डिआइफण्ड अनि डेभलपमेण्ट क्षेत्रमा क्षेत्रमा बसोबासो गर्ने नागरिकहरुको जमिनको मालिकाना हकको निम्ति भुमि अनि भुमीसुधार बिभाग जीटीएलाई हस्तान्तरण गर्ने भएको छ। उक्त बिषयलाई आज राज्यको मन्त्रीमण्डल(Cabinet) ले अनुमोदन गरेको छ।"

सादाले डिआइफण्ड अनि डेभलपमेण्ट क्षेत्रमा बसो बासो गर्ने नागरिकहरुलाई बधाई दिँदै जी टी ए प्रमुख कार्यपाल अनित थापा प्रति कृतज्ञता प्रकट गरेका छन्।

यस विषयमा अनित थापा सँग उनको टिप्पणी जान्न खोज्दा उनले भने, "डिआइफण्ड अनि डेभलपमेण्ट क्षेत्रमा बस्दै आएका नागरिकहरुको निम्ति यो अति महत्वपूर्ण खबर हो। अब उहाँहरूको जमिनको अधिकार पनि उहाँहरू कै नाम मा हुनेछ। बीजीपिएमले सुरु देखि नै नागरिकलाई अधिकार दिलाउनु सुरु गरेको पहल हो यो। मेरो जमीन मेरो अधिकारको नारा लिएर सुरु गरिएको पहलको उपलब्धि हो यो हस्तान्तरण । यो बीजीपिएमको एउटा ठूलो उपलब्धि पनि हो। विधायक रुदेन सादाले पनि यस मुद्दालाई पक्रेर नै लैजानु भयो। उहाँलाई पनि बधाई दिनु चाहन्छु।"

स्मरण रहोस यो समय गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख कार्यपाल अनित थापा, गोक्षेप सभाका उपाध्यक्ष राजेश चौहान, स्वास्थ्य विभागका कार्याकारी सभासद अरुण सिग्छी अनि कालेबुंगका विधायक रुदेन सादा कोलकातामा छन् अनि विभिन्न विभागका अधिकारी अनि मन्त्रीहरु सँग बैठक गर्दैछन्  भनि एक विज्ञप्ति मार्फत जानाइएकोछ्।

Related Posts

0 Response to "भुमि अनि भुमिसुधार बिभाग जीटीएलाई हस्तान्तरण गर्न राज्यको मन्त्रीमण्डलद्वारा अनुमोदन "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.