सिक्किमकी नीलम बनिन् पहिलो ‘द पोएट आइडल’
साहित्यपोस्ट, बैशाख ९, शनिबार: नेपालकै पहिलो साहित्यसम्बन्धी रियालिटी शो ‘द पोएट आइडल’को उपाधि सिक्किमकी नीलम गुरुङले जितेकी छन् ।
फिनालेमा पुगेका पल्लविव, नाथन रायान र मिल्सन राईलाई भोटमा पछि पार्दै नीलमले ‘पोएट आइडल’को उपाधि जितेकी हुन् ।
उपाधि जितेसँगै उनले १० लाखको चेक हात पारेकी छन् । ।
‘कसरी लेखौँ म आफ्नै कविता जब म आफ्नै देशमा विदेशी छु’ कविताले निलम गुरुङको क्रेज ह्वात्तै बढाएको थियो ।
उनलाई सिक्किम सरकारको प्रत्यक्ष समर्थन र सहयोग रहेको थियो । उनलाई जिताउन सिक्किम सरकारका पिएस तामाङ लगायत लागिपरेका थिए भने विभिन्न कार्यक्रममा पुगेर मुख्यमन्त्रीले उनका लागि भोट अपिल गर्ने गरेका थिए।
नेपाली साहित्य परिषद् भवनमा मुख्यमन्त्रीका सचिवले त आर्थिक सङ्कलन नै गरेर निलमलाई जिताउनु पर्ने बताएका थिए ।
‘डन डिरेक्टर’का रूपमा परिचित अमनप्रताप अधिकारीले निर्देशन गरेको द पोएट आइडलमा विप्लव प्रतीक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्तले जजको भूमिकामा थिए भने दिव्यदेव कार्यक्रम सञ्चालकको भूमिकामा रहेका थिए ।
0 Response to "सिक्किमकी नीलम बनिन् पहिलो ‘द पोएट आइडल’ "
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.