
सिक्किममा ज्याक ले डाक्यो एक दिने प्रतिवाद "घर भित्र एक दिन "
Don't Miss
यसको साथ भोलि १०अप्रेलको दिन हुने सिक्किम विधान सभाको एक दिने सत्रमा वित्त बिल २०२३ अनुसार इन्कम ट्याक्स एयाक्टको खण्ड १० (२६ए ए ए ) मा भएको संशोधनको विरोधमा सिक्किम विधान सभाले प्रस्ताव पारित गरेको हुनुपर्ने माग पनि गरेकोछ |
ज्याकका प्रवक्ता डुकनाथ नेपाल र उपसभापति पासांग शेर्पाले आज एक प्रेस भेला डाकेर गान्तोकमा ज्याकले आफ्नो सचिव केशव सापकोटालाई प्राणघातक हमला गरेको भएता पनि त्यो एफआइआर दर्ता गर्न अघि नै पुलिसले सिङ्गतामको इन्द्रेणी पूल गोशखान डाडा नजिक चालक संघका अजय तामाङ्गलाई ज्याककाहरुले हमला गरेको अर्को एफआइआर दर्ता गरेको मा अन्याय गरेको जनाएको छ |
यता हिजोको घटनामा पुलिसले आठ जना पक्राउ गरेको बताएको छ | प्रथम घटनामा केदारनाथ तिवारीलाई पक्राउ गरेको बताएको छ भने अर्को घटनामा सुरेश तामाङ्ग, उत्तम प्रधान, विधान शंकर, प्रकाश प्रधान जुलियट सुब्बा, फुला भुटिया र चन्द्र कुमार शर्मालाई पक्राउ गरेको पुलिसले बताएकोछ |
यता घटनाको विरोधमा सिक्किम जर्नालिस्ट युनियन र सिक्किम प्रेस क्लबले पनि प्रतिवाद जनाएको छ | गत 8 अप्रेल 2023-को दिन पूर्व सिक्किमको सिङताममा भएको हिंसात्मक घटनाको दुवै प्रेस संस्थाले भर्त्सना गरेकोछ। यसले भनेकोछ कि घटनामा केही व्यक्तिहरूमाथि घातक हमला भएको छ जो अति निन्दनीय छ। राज्यको पुलिस प्रशासनले यस घटनाका दोषीहरूलाई पक्राउ गरी कारबाही गर्दै पीडितपक्षलाई न्याय प्रदान गर्नुपर्छ।
सिक्किम जर्नलिस्ट युनियनले भनेको छ कि जोइन्ट एक्सन कमिटीका महासचिव केशव सापकोटाले केही समयसम्म पत्रकारिताको क्षेत्रमा पनि कार्य गरेका हुन् उनी यस क्षेत्रमा रहँदा जर्नलिस्ट युनियन अफ् सिक्किमको पनि सदस्यका रूपमा धेरै सहयोग पुऱ्याएका छन्। उनीमाथि यसरी दिउँसै हमला गरिनु दुर्भाग्यपूर्ण हो भन्ने युनियन ठहर गर्दछ। यस घटनाका साक्षीहरू पत्रकारहरू स्वयम् बनेका छन्। यस प्रकारको घटना भविष्यमा हुन नदिन प्रशासनले कडा कारबाही गर्नुपर्छ। युनियनका सम्पूर्ण सदस्यवर्ग महासचिव सापकोटामाथि भएको आक्रमणविरुद्ध प्रतिवाद जनाउँदै ऐक्यवद्धता जाहेर गर्दछ। सापकोटाले उचित न्याय पाउनुपर्छ।
यता भिडीयो रिकर्ड गर्ने पत्रकारहरुलाई समेत धम्की दिएकोमा पनि असन्तुष्टि जनाएको र पत्रकारहरुको सुरक्षाको ख्याल गरिनुपर्ने माग सिक्किम प्रेस क्लबले गरेकोछ | सिक्किममा भविष्यमा राजनीतिक हिंसाहरूलाई बढ्न नदिन सबै तप्काबाट ठोस पहल गरिनुपर्छ भन्ने हामी माग पनि गर्दछौँ भन्ने एक विज्ञप्ति मार्फत दुवै संस्थाले जनाएको छ | हिजोको घटनाको तिब्र प्रतिवाद हाम्रो सिक्किम पार्टी र सिक्किम डेमोक्रेटिक फ्रन्टले गरेको छ|
0 Response to "सिक्किममा ज्याक ले डाक्यो एक दिने प्रतिवाद "घर भित्र एक दिन " "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.