-->
समाजमा भएका कैयौ समस्याहरुलाई उजागर गर्न पाइला चाल्नु पर्ने जिम्मेवारी पाएकोछु: पत्रकार संजय प्रधान

समाजमा भएका कैयौ समस्याहरुलाई उजागर गर्न पाइला चाल्नु पर्ने जिम्मेवारी पाएकोछु: पत्रकार संजय प्रधान

Don't Miss

खर्सांगका पत्रकार संजय प्रधान “एक्सीलेन्स इन जर्नलिज्म” पुरस्कार ले पुरस्कृत
कालिमन्युज, कालेबुंग, २० दिसम्बर २०२२: यो पुरस्कारले सम्मानित हुन पाउदा मलाई गर्व भन्दा अधिक मैले अझै डटेर काम गर्नु पर्ने उत्तरदायित्वबोध गरेकोछु| समाजमा भएका कैयौ समस्याहरुलाई उजागर गर्न पाइला चाल्नु पर्ने जिम्मवारी पाएकोछु| यो जिम्मा आज कालेबुंग प्रेस क्लब र इस्टर्न हिमालयन जर्नलिस्ट युनियनले मलाई दिएको महसुस गरेकोछु | 
पत्रकारितामा 31 वर्ष बिताई सकेका संजय प्रधानलाई आज कालेबुंग प्रेस क्लबले “एक्सीलेन्स इन जर्नलिज्म” पुरस्कार ले सम्मानित गरेको उपलक्ष्यमा उनले आफ्नो सम्बोधन वक्तव्यमा बताए |
1 फरवरी १९६६ मा खर्साङ्गमा जन्मेका संजय प्रधानका पिता स्व अम्बर बहादुर प्रधान हाम्रो खबर साप्ताहिक पत्रिकाका सम्पादक थिए अनि त्यहीबाट तिनले १९९१ देखि पत्रकारिता प्रारम्भ गरे| दुई पुस्तादेखि पत्रकारिता गर्ने संजयका दाज्यु केशव प्रधान टाइम्स अव इण्डियाका सिनियर एडीटर छन | 
प्रधानले खर्साङ्गको स्क्ट्स मिसन, अल्फ्न्सस स्कूल अनि खर्साङ्ग कलेजबाट शिक्षा अध्ययन लिएका थिए | आजभोलि, हिमालय दर्पण, स्वर्णभुमीका काम गरिसकेका संजयले कान्तिपूर, अल इण्डिया रेडियो खर्साङ्ग, मध्यमार्ग मासिक पत्रिकासंग मात्रै होइन आजभोली तिनी नमस्ते खर्साङ्ग यु ट्युब र् फेसबुक पेज न्युज च्यानल,  दैनिक नेपाल र नेपाल पत्रमा अतिथि स्तम्भकार अनि द रिपब्लिक इन्डियन पोर्टल न्युजको सम्पादन टोलीमा संलग्न छन्| 
तिनी सामाजिक संस्था कंचनजंघा उद्धार केन्द्र अनि दार्जीलिङ्ग चाइल्डलाइनका एड्भाइजर रहेर समाजसेवामा पनि उत्तिकै व्यस्त छन् | 
कालेबुंगको होटेल ट्रेसमा आज आयोजित ८औ कालेबुंग रत्न पुरस्कार समारोहमा पत्रकार प्रधानलाई आमंत्रित मुख्य अतिथिहरु पूर्व दागोपापका अवकाश प्राप्त भूतपूर्व मुख्य सचिव डी टी तामलोङ आइएएस, कालिम्पोङ पुलिसका ए एस पी सुभनविता आइपीएस, डीएसपी सरिता परियार, आइ सी संजय घोष, कालेबुंग नगरपालिका का प्रशासक रवी प्रधान, सूचना अनि संस्कृति विभाग (कालेबुंग) जीटीएका सभासद हेमन्त थुलुङ्ग अनि पी आर ओ अनुप छेत्री औ गिरिस कौलको बाहुलीबाट माला, बुके, अंगवस्त्र, एक्सीलेन्स इन जर्नलिज्म पुरस्कार अनि स्मृति चिन्ह साथ् स्व काशिनाथ कौल स्मृति नकद राशी प्रदान गरियो |
कार्यक्रममा विभिन्न सामाजिक, गैर सरकारी संगठन संस्था र् राजनैतिक दल, सिक्किम, दार्जीलिङ्ग, खर्साङ्ग, कालेबुंगका पत्रकार संगठनहरुका पदाधिकारी अनि प्रतिनिधिहरु, सामाजिक चिन्तकहरु लगायत २००८को प्रथम कालेबुंगरत्न पुरस्कार प्रापक भारतिय हकी दलका पूर्व कप्तान भरत छेत्री अनि एक्सीलेन्स इन जर्नलिज्म प्रापक प्रविण खालिङ्ग उपस्थित थिए|    
उमेश तामांगले संचालन गरेको समारोह, गोर्खाल्याण्ड आन्दोलनको समय 12 अप्रेल १९८८मा कालेबुंगमा हत्या गरिएका दिवंगत पत्रकार स्व निर्मल राईको प्रतिमामा श्रद्धा सुमन चड़ाउदै प्रारम्भ गरियो| 
समारोहमा सम्मानित पत्रकार संजय प्रधान, कालेबुंगरत्न पुरस्कारले पुरस्कृत प्रो सुब्बा लगायत दागोपापका अवकाश प्राप्त मुख्य सचिव डी टी तामलोङले सम्बोधन गरे | तामलोङ्ले दागोपापको मुख्य सचिव हुदा कसरी डब्ल्युबीसीएस परीक्षाको केन्द्र पार्वत्य क्षेत्रको निम्ति दार्जीलिङ्गमै गराउन सक्षम भएका थिए साथै अन्य सहुलियत क्वोटाहरु दार्जीलिंगका युवाहरुको ल्याएर धेरैले त्यस समय धमाधम डब्ल्युबीसीएस उत्तीर्ण हुन सकेको अनि क्वोटामा अरु तकनिकी विषयमा अध्ययन गर्न सकेको बताए| डब्ल्युबीसीएसको मूल परीक्षा केन्द्र वर्तमानमा फेरी कोलकातामा हुने भएकोले यसलाई सबैले मिलेर फेरि फर्काई ल्याउन पहल गर्ने सुझाव तिनले दिए|  
समारोहमा क्लबका सल्लाहकार एके रसाइलीले स्वागत वक्तव्य, सचिव प्रज्वल छेत्रीले क्लबको रिपोर्टबारे जानकारी दिलाए भने, उपसभापति रुद्र कार्कीले प्रधानको जीवनी पठन र् सभापति एके राईले धन्यवाद ज्ञापन गरे| 

Related Posts

0 Response to "समाजमा भएका कैयौ समस्याहरुलाई उजागर गर्न पाइला चाल्नु पर्ने जिम्मेवारी पाएकोछु: पत्रकार संजय प्रधान"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.