कालेबुङ्गलाई राज्यमा प्रतिनिधित्व गर्ने फिलोमिना र् बाग्राकोट उ मा विध्यालयले :
(देब्रेबाट: दिपसना राई अनि सरस्वती सिङ्ग) |
कालिमन्युज, कालेबुंग, १७ अक्तटोबर २०२२: ३०औ राष्ट्रिय शिशु विज्ञान कांग्रेसको आयोजना गत १५ अक्टोबर २०२२ को दिन कालेबुंग कन्या उच्चत्तर माध्यमिक विद्यालयमा आयोजित भएको थियो यसको प्रोजेक्ट प्रकल्प पत्र को घोषणा त्यस दिन गरिएको थिएन सो आज गरियो|
कालेबुंग जिल्ला समिति राष्ट्रिय शिशु विज्ञान कांग्रेसका जिल्ला समन्वयक एके राईले एक पत्रकार सम्मेलनबीच सो घोषणा गरे| प्रतिवर्ष झैँ हुने वैज्ञानिक शोधको रुपमा गरिने प्रोजेक्ट प्रकल्प पत्र यो वर्ष र् आगामी वर्षको निम्ति रहने विषय “सुस्वास्थ्य अनि सुस्वास्थ्यताको निम्ति परितंत्र बुझन”को पाँचवटा उप विषयहरुमा आधारित थियो जसमा कालेबुङ्ग जिल्लामा केवल ९ विद्यालयहरुले मात्रै भाग लिएका थिए जो अरु जिल्लाको तुलनामा एकदमै कम हो | आगामी वर्षमा अन्य विद्यालयहरुलाई पनि भाग लिने अनुरोध तिनले समितिको पक्षमा गरे | आआफ्नो शोध प्रकल्प पत्र प्रस्तुत गर्ने ८ विद्यालयका ९ समूहका ९ जनामा ४:१ को अनुपातमा हाम्रो जिल्लाबाट दुईवटा विद्यालयहरु जिल्लाका विजेता चुनिएका छन| यी दुई हुन सन्त फिलोमिना कन्या उच्चत्तर माध्यमिक विद्यालयका दिपसना राई अनि बाग्राकोट उच्चत्तर माध्यमिक विद्यालयका सरस्वती सिङ्घ | यिनीहरुले अब आगामी 6 र 7 नोभेम्बरमा कोलकोतामा हुने राज्य स्तरिय राष्ट्रिय शिशु विज्ञान कांग्रेसमा कालेबुङ्ग जिल्लालाई प्रतिनिधित्व गर्नेछन |
३०औ राष्ट्रिय शिशु विज्ञान कांग्रेस को आयोजना सफलतापूर्वक सम्पन्न हुन सकेकोमा आयोजक समितिको पक्षमा जिल्ला समन्वयक एके राईले गरेका छन | यसमा सहयोग पुर्याउने आर विमला आइ ए एस कालेबुंग जिल्लापाल र् जिल्ला प्रशासन,जिल्ला साइन्स एण्ड टेक्नोलोजी एण्ड बायोटेक्नोलोजी कमिटिका कन्भेनर तथा जिल्ला योजना अधिकारी प्रितम लिम्बु, जिल्ला जन शिक्षा सम्प्रसारण अधिकारी तथा यसै कमिटिका को कन्भेनर दावा तामांग, ए आई अफ स्कूल्स (सेकेण्डरी एडुकेशन) लक्षणा गोले, पोस्टर र मोडल कोअर्डिनेटर डा सरोज थापा एसयुएमआई तथा होस्ट गर्न भवन सर सामाग्री स्टाफ र भोलंटियर दिएर सहयोग दिने कन्या उच्चत्तर माध्यमिक विद्यालयका प्रिन्सिपल मायेल लेप्चा, एसयुएमआई का प्रिन्सिपल र् एनएसएस भोलंटियर अनि इन चार्जलाई कालेबुङ जिल्ला कमिटीले धन्यवाद ज्ञापन गरेकोछ। सहभागी सबै विद्यालयका विद्यालय प्रमुख, गाइड टिचर विधार्थी अनि इभ्यालुएट गरिदिने कालेबुङ्ग कालेज का प्रोफेसरहरु, साइन्स सेन्टर का डा बीबी गुरुङ्ग अनि रिजनल रिसर्च सेन्टर युबीकेभीका प्रो बिनयराज शर्मा र डा शरद गुरुङ्ग आदिलाई सहयोग र सहभागीताको निम्ति पनि धन्यवाद दिएकोछ |
त्यस दिन अरु दुईवटा प्रतियोगिता पनि भएको थियो सृजनाशील पोस्टर प्रतियोगिता अनि उद्भावनामूलक मोडल प्रतियोगिता, भर्खरै राज्य साइन्स एण्ड टेक्नोलोजी एण्ड बायोटेक्नोलोजी विभागबाट आएको जानकारी अनुसार जिल्लामा तिन स्थान प्राप्त गर्ने विजेताहरु पनि अब राज्य स्तरिय प्रतियोगितामा जान सक्ने सुखद समाचार आइपुगेको छ| | सम्भवत: यो कोलकातामा नोभेम्बरको अन्तिम सातामा हुनेछ जसमा उनीहरुले कालेबुङ जिल्लालाई प्रतिनिधित्व गर्नेछन |
प्रतियोगितामा सृजनाशील पोस्टर प्रतियोगितामा विजेता भएका थिए प्रथम कालेबुङ्ग कन्या उच्चत्तर माध्यमिक विद्यालयका प्रशान्ती सुनवार, दोस्रो आर्मी पब्लिक स्कूलका सोमक देबनाथ, तेस्रो रकभेल एकाडेमीका अमोनिका भुटिया |
उद्भावनामूलक मोडल प्रतियोगितामा विजेता भएका थिए रकभेल एकाडेमीका स्वीकृति खवास, दोस्रो प्रणामी वालिका विद्या मन्दिरका अम्सिका राई, अनि तेस्रो कालेबुङ्ग कन्या उच्चत्तर माध्यमिक विद्यालयका श्रेया प्रधान |
0 Response to "कालेबुङ्गलाई राज्यमा प्रतिनिधित्व गर्ने फिलोमिना र् बाग्राकोट उ मा विध्यालयले : "
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.