-->
"मिसन पञ्चायत। आफ्नो गाउँ आफै सुधार गरौं ' को सन्देश घर घरमा पुरयाउने छौ।" अनित थापा

"मिसन पञ्चायत। आफ्नो गाउँ आफै सुधार गरौं ' को सन्देश घर घरमा पुरयाउने छौ।" अनित थापा

अहिले दुई स्तर  भए पनि पञ्चायत चुनाव हुनेछ।

काालिमन्युज, कालेबुङ्ग, 9 सेप्टेम्बर 2022: हामीले आफ्नो सोच अनि विचार आफ्नै पार्टीबाट सुरु गर्नु पर्छ भन्ने सोचले नै नयाँ पार्टीको गठन गर्यौ। पार्टीलाई अभिभावकको खाँचो छ भन्ने हाम्रो प्रथम सोचलाई मुर्तता दिँदै हामी माझ अमर राई, अमर लामा , विजय राई, दुर्गा खरेल  मुनिन्द्र सर आदि छन। यस्तै अभिभावकको दिशा निर्देशमा बी जी पि एम आज बढेर गएको छ।  भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा को दोस्रो वार्षिक स्थापना दिवसको उपलक्ष्यमा आफना पार्टी समर्थकहरुलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अनिता थापाले मण्टीभिएट मैदान, खरसाङमा उक्त कुरो बताए | 

तिनले भने "जति संघर्ष हामीले गर्यौ त्यति नै संघर्ष हाम्रा कार्यकर्ताहरुले गरेका छन्। तर हाम्रो संघर्ष अझ जारी छ। ट्रेड युनियनले चिया श्रमिकको हितको निम्ति दिन रात लागेका छन्। 

डा हर्क मेरा  राजनैतिक गुरु हुन्। म उनलाई बी जी पि एमको अभिभावकको रूपमा हेर्नु चाहन्छु। अव्यवस्थित पहाडलाई व्यवस्थित पहाड बनाउन डा हर्क बहादुर सरको खाँचो छ।


बी जी पी एम पार्टीले हाम्रो सन्तानलाई अनि अरूलाई कहिले गाली गर्ने छैन। यो हाम्रो धर्म हुनेछ। गालीको राजनीति हामी गर्ने छैनौं।

चुनाव समय पञ्चायती व्यवस्था फर्काएर ल्याउने छौ भनेका थियौं। अहिले दुई स्तर  भए पनि पञ्चायत चुनाव हुनेछ।

बी जी पि एम को सोचलाई माया गर्नु हुन्छ भने भोलि देखि हरेकको घरको धुरीमा झण्डा फराएको हुनुपर्छ। "

उक्त स्थापना दिवसको उपलक्ष्यमा  रूदेन सादा लेप्चा, केन्द्रिय उपाध्यक्ष, विधायक कालेबुङको सम्बोधनले भने , "मेरो अनित, तपाईंको अनित, पहाडको अनित। हामी सबै मर्नेछौ एक दिन। घिसिङले सुरु गरेको राजनैतिक संस्कार जुन संस्कारलाई विमल गुरुङले अघि बढाएर लगे अब त्यो संस्कारको अन्त्य भएको छ। पहाडको नयाँ राजनीति हो अनितवाद।"

तिनले भने, अनित थापालाई हामी हाम्रो मित्र अनि अभिभावकको रूपमा हेर्छौ। 2017को पहाडमा सुरु भएको अनितवादको राजनीति पहाडले महसुस गरेको आज सम्म कै फराकिलो राजनीति हो। राजनैतिक संस्कार नै परिवर्तन भएको छ। विपक्षले आफ्नो सोचलाई खुल्ला रुपमा राख्नु पाउँछ।

2007मा नयाँ राजनैतिक नेतृत्व आए पनि संस्कार 86 कै रह्यो। हामी सबै मर्नेछौ एक दिन। घिसिङले सुरु गरेको राजनैतिक संस्कार जुन संस्कारलाई विमल गुरुङले अघि बढाएर लगे अब त्यो संस्कारको अन्त्य भएको छ। पहाडको नयाँ राजनीति हो अनितवाद।

उसरीनै  अमर लामा, पार्टी महासचिवले पार्टीको एक वर्षको पार्टीको उपलब्धिलाई आफ्नो सम्बोधनमा राख्दै भने, "एक वर्ष भित्र पार्टीले दार्जीलिङ्ग नगरपालिकामा हाम्रो पद चिन्ह राख्यो, जी टी ए सभाको बोर्ड गठन गर्नु सक्यो। तर सबै भन्दा ठूलो उपलब्धि जी टी ए क्षेत्रमा दुई स्तरीय चुनाव भए पनि पञ्चायत चुनाव गराउने पहल सुरु गर्यौ।"

उनले पार्टीको अन्य उपलब्धि विषय बोल्दै भने, "नेपाली भाषा मान्यता दिवस भब्यताको साथ मनायौं। गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीद परिवारलाई नौकरी दिने हामीले घोषणा गरे अनुसार हामीले 13 शहीद परिवारलाई हिजो मात्र नौकरी नियुक्ति पत्र प्रदान गर्यौ।"

तिनले अझै भने , "जी टी ए को प्रथम सभा बोलाउँदैछौ  संभवतः 19 सेप्टेम्बरमा  यो  सभा हुनेछ। जी टी ए सभालाई अन्य कुनै विधान सभा जस्तै चलाउने नियमहरु बनाएका छौ। हामी दुई चार वटा प्रस्तावहरु ग्रहण गर्नेछौ। प्रमुख प्रस्तावमा गोर्खाको शताब्दी पुरानो राजनैतिक आकांक्षा माथि प्रस्तावना ,अस्थायी कर्मचारीहरुलाई स्थायिकरणको प्रस्तावना ग्रहण गर्नेछौ, पर्जा पट्टाको प्रस्तावना रहनेछन्।
हामी हाम्रो सिमाना पनि बढाएर लैजाँदै छौ। एम एम तराई को भूभाग पनि अब जी टी ए अधिनस्थ हुनेछ।"

Related Posts

0 Response to ""मिसन पञ्चायत। आफ्नो गाउँ आफै सुधार गरौं ' को सन्देश घर घरमा पुरयाउने छौ।" अनित थापा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.