
27 दिन लामो चलेको श्रमिक संघर्ष पछि 10 वटा कमान भोलिदेखि खोलिने
Don't Miss
अनित थापा, हिल तराई डुवर्स प्ल्यानटेसन वर्कस युनियन अनि कम्पनी माझ सम्झौता
कालिमन्युज, दार्जीलिङ्ग, 8 सेप्टेम्बर 2022: लिखित रूपमा आश्वासन पाएपछि 27 दिन देखि आन्दोलन गरिरहेका 10 वटा कमानका श्रमिकहरुले आन्दोलन फिर्ता लिएका छन|
हिल तराई डुवर्स प्ल्यानटेसन वर्कस युनियनको नेतृत्वमा भैरहेको श्रमिक आन्दोलन आज समाप्त भयो | श्रमिक युनियनले एक विज्ञप्ति मार्फत जीटीए का मुख्य कार्यपाल अनि भारतीय गोर्खा प्राजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले आन्दोलनरत श्रुरमिकहरुलाई न्याय दिलाएर् राहत को श्वास फेरेको बताएकोछ ।
भोलि देखि कमान खोलिने
श्रमिक, अनित थापा, हिल तराई डुवर्स प्ल्यानटेसन वर्कर्स युनियन अनि कम्पनी माझ सम्झौता
भएकोछ | 27 दिन लामो चलेको श्रमिक संघर्ष पछि 10 वटा कमान भोलिदेखि नै खोलिने हिल तराई डुवर्स प्ल्यानटेसन वर्कस युनियन केन्द्रीय अध्यक्ष जेo बीo तामाङ अनि महासचिव भरत ठकुरीले जानकारी गराए |
प्राप्त विज्ञप्ति अनुसार चिया श्रमिकको 2 पाक्षिक भत्ता अनि एक महिनाको वेतन कम्पनीले भोलि नै भुक्तान गर्ने निर्णय लिएको छ। तामाङले भनेका छन् कि कम्पनीका मालिकले आगामी सप्ताह दार्जीलिङ आएर सभा गर्ने बचन दिएका छन्। साथै भविष्यमा यस्तो कार्य फेरी नगर्ने र गल्ती भए सरकार पक्षले सोझै लीज खारिज गर्नु सक्छ भनी लिखित रूपमा आश्वासन दिएको छ।
तामाङले अझ जानकारी दिएका छन् कि 10 वटा कम्पनीको नयाँ मालिक रेम्ब्रान्ट भएको छ। नयाँ मालिकले अनित थापा, जिल्लापाल संग बैठक बसेर नै निर्णय लिएका हुन्। तामाङले अनित थापालाई धन्यवाद दिँदै भने कि उनकै श्रमिक प्रेम अनि श्रमिक लाई न्याय दिलाउने सोचको कारण नै आजको निर्णय आएको हो।
मालिक पक्षको यिनै वचन माथि भर गरेर गत चार दिनदेखि चलिरहेको अनसन साथै 27 दिन देखिको श्रमिक आन्दोलन स्थगित गरिएको हो।
स्मरण रहोस, बन्सल अधिनस्थ 10 वटा चिया बगान श्रमिकको भत्ता अनि वेतन भुक्तानी नभएको कारण श्रमिकहरू आन्दोलनमा उत्रेका थिए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले श्रमिकको समर्थनमा उभिएर सरकारलाई कम्पनीको लिज खारिज गर्न पत्राचार सम्म गरेका थिए। उनले चिया बगान यदि कम्पनीले चलाउनु सक्दैन भने श्रमिक आफैले चलाउन सक्ने क्षमता राख्ने कुरा गरेका थिए। उनकै समर्थनमा पार्टीका भातृ संगठन श्रमिकको पक्षमा उभिए अनि श्रमिकको साथमा आन्दोलन गर्दै थिए।
जिल्लापाल कार्यालय परिसरमा गरिएको आन्दोलनमा भा गो प्र मो का नेतृत्वहरु, सभासदहरुलाई धन्यवाद ज्ञापन गरे |।
0 Response to "27 दिन लामो चलेको श्रमिक संघर्ष पछि 10 वटा कमान भोलिदेखि खोलिने "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.