-->
13 शहीद परिवारका सदस्यलाई जी टी ए बाट नौकरीको नियुक्ति पत्र प्रदान

13 शहीद परिवारका सदस्यलाई जी टी ए बाट नौकरीको नियुक्ति पत्र प्रदान

 "नियुक्ति जी टी एको तर्फबाट शहीदलाई श्रदाञ्जली हो।" अञ्जुल चौहान 

कालिमन्युज, कालेबुङ्ग, 8 सेप्टेम्बर 2022: 27 जुलाईको दिन जीटीए प्रमुख अनित थापाले घोषणा अनुरूप 13 शहीद परिवारका सदस्यलाई नौकरीको नियुक्ति पत्र प्रदान गरियो| "2007 देखि यता गोर्खाल्याण्ड आन्दोलन समय शहीद भएका शहीद परिवारका सदस्यलाई जी टी एले नौकरी दिनेछ।" भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष साथै जी टी ए प्रमुख कार्यपाल अनित थापाले शहिद दिवस (२७ जुलाईको)मा घोषणा गरेका थिए। त्यही घोषणा अनुसार आज लालकोठीमा आयोजित एउटा कार्यक्रममा 13 शहीद परिवारका सदस्यलाई नियुक्ति पत्र प्रदान गरियो।

आज नियुक्ति पत्र प्राप्त गर्ने 13 शहीद परिवारका सदस्यहरुको नाम यसप्रकार रहेको छ।

1. शर्मिला शर्मा ( श प्रमिला शर्मा)
2. प्रमोद खवास ( श नीता खवास )
3. विमल राई ( श बिमला राई )
4. बन्दना लिम्बु ( श सुनील राई )
5. शिव गुरुङ (श महेश गुरुङ )
6. अन्जना रसाइली (श विनोद शंकर)
7.  अर्पना राई ( श श्यमाला राई)
8. दिपेश तामाङ (श आशिष तामाङ )
9. उर्गेन तामाङ (श अशोक तामाङ )
10. सपना रसाइली ( श सुरज भुषाल)
11. पंकज तामाङ ( श दावा भुटिया )
12. प्रमिला तामाङ्ग (श समीर गुरुङ )
13.  दिछेन लामा (श विक्की लामा)

उनीहरुलाई जीटीए अधिनस्थ ग्रुप सी अनि डि मा आवेदकको शैक्षिक योग्यता अनुसार नौकरी दिइएको बताइएको छ। नियुक्ति पत्र दिदै जीटीए सभा अध्यक्ष अंजुल चौहानले भने, " यो सानो कार्य हाम्रो तर्फबाट शहिदहरुलाई श्रदाञ्जली हो।"

सभासद् रतन थापाले भने " २००७ देखि १७ सम्मका शहीदहरुलाई सम्मान दिने अनित थापाको घोषणा अनुरूप आज हामीले उहाँहरुलाई नियुक्ति पत्र प्रदान गर्नु सकेका छौ। " एउटा समितिले अध्ययन गरेर नै नियुक्ति दिएको जानकारी दिँदै एक्जिक्युटिभ डिरेक्टर साम्देन डुकपाले भने, "हामीले जति सक्दो यो नियुक्ति तपाईहरु कै घर छेउ दिएका छौ।"

कार्यक्रममा जी टी ए प्रमुख कार्यपालका मुख्य सल्लाहकार अमर लामा, सभासद सतीश पोख्रेल, कमल सुब्बा, डेपुटी सभा अध्यक्ष राजेश चौहानको विशेष उपस्थिति रहेको थियो।

0 Response to "13 शहीद परिवारका सदस्यलाई जी टी ए बाट नौकरीको नियुक्ति पत्र प्रदान "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.