
बजगाईं ज्यु खरसाङको जनताले म्यान्डेट दिएर जिताएको निर्वाचित विधायक हुनुहुन्छ। उहाँले पनि खरसाङ क्षेत्रको निम्ति एमएलए फण्डबाट काम गरिदियोस भन्ने म चाहन्छु| : अनित थापा
Don't Miss
कालिमन्युज, कालेबुङ्ग, १६ अगस्त २०२२: हाम्रो प्राथमिक शिक्षा बिग्रँदै गएको छ। ८६ देखि नै यहाँको शिक्षा को अवस्था बिग्रेको छ। अब हामीले यहाँको प्राथमिक शिक्षाको नव निर्माण गर्नुपर्छ। यदि मैले पनि प्राथमिक शिक्षालाई बचाउनु सकिन भने अरू कसले बचाउने?
उक्त वक्तव्य प्रेससंगको अन्तक्रियामा बोल्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले सिटोंगको भ्रमणको अवधि सिटोंगको नामथिङ पोखरी परिसरमा हनुमानको प्रतिमाको आज विधिवत स्थापना गरे पछि भनेका हुन |
तिनले पत्रकारहरुसंग बोल्दै खरसाङका विधायक बी पि बजगाईंले लगाएको डीआईलाई सिटोंगको छुला प्राथमिक पाठशालाको दुरावस्थाको वर्णन गर्दै पठाएको पत्र प्रति इंगित गर्दै भने "बजगाईं ज्यु खरसाङको जनताले म्यान्डेट दिएर जिताएको निर्वाचित विधायक हुनुहुन्छ। उहाँ खरसाङको कुनै पनि ठाउँमा जानु सक्नु हुनेछ। खरसाङ विधान सभा क्षेत्रमा भ्रमण गर्न सक्नु उनको अधिकारको कुरा हो। उहाँले पनि खरसाङ क्षेत्रको निम्ति एमएलए फण्डबाट काम गरिदियोस भन्ने म चाहन्छु। "
खरसाङका विधायक बी पि बजगाईंले डीआई प्राथमिक शिक्षा विभागलाई पठाएको पत्रमा त्यहाको दुरावस्था उल्लेख गर्दै शिक्षा प्रणालीप्रतिको लापरवाही र साना निर्दोष बालबालिकाको अमूल्य जीवनप्रतिको सरासर लापरवाही हो भनेका थिए। तिनले पत्रमा अझै लेखेका थिए कि यस विद्यालयको यथाशीघ्र मर्मत गरि विद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार स्वीकृत गरी तत्काल भित्र्याइनुपर्छ । यस कार्यमा तपाईंले कुनै पनि समय मेरो सहयोग मागेको खण्डमा मलाई जानकारी गराउने आग्रह गर्दछु|
स्थानीय प्रेससंग बातचित गर्दै प्रमुख कार्यपाल अनित थापाले भने कि , "म पहाडको ब्यवस्था ठीक गर्नु, सिस्टम ठीक गर्नु निस्केको हुँ। पहाडमा एसएससी, पञ्चायत ब्यवस्था लागूगर्नुछ। म पहिले जीटीएको मनोनित अध्यक्ष थिए। मैले पहाडमा प्रजातान्त्रिक ढंगमा चुनाउ हुनुपर्छ भनेर चुनाउको निम्ति सरकारसंग कुरा गरे। फलस्वरुप चुनाउ भयो। मैले जिते। अहिले म निर्वाचित भएर जीटीएको प्रमुख कार्यपाल भएको छु।"

हामीले पहाडको सिस्टम ठीक गर्नु पर्छ भनेर चुनाउ जित्यौं। उहाँहरूले (बजगाईं) गोर्खाल्याण्ड ल्याउँछु भनेर चुनाउमा लड्नु भयो अनि जित्नु भयो। हामी सिस्टम ठीक गर्नु काम गर्दैछौं। उहाँहरूले पनि गोर्खाल्याण्ड ल्याउने काम गर्नु पर्यो। केन्द्रको विषय उहाँहरुले बोक्नु भएको छ। उहाँ अनि मेरो राजनैतिक विचारधारा अलग छ तर उहाँ पहिले गोर्खा हुनुहुन्छ। मलाई गर्व लाग्छ गोर्खा विधायक माथि। पार्टी भन्दा जाति ठूलो हो। जाति जाति भित्र म लड्नु चाहदिन। हामीले राज्यको युनिभर्सिटीको कुरा गरेका थियौं। त्यो आयो। उहाँहरूले केन्द्रीय विश्वविद्यालयको कुरा गर्नु भएको थियो। त्यो ल्याउनु पर्यो।", उनले अझै भने |
तिनले अझै भने कि पञ्चायतको निम्ति डीलिमिटेशन नोटिफिकेसन पनि चाँडै निस्कने छ। ,जीटीएको सभा नै बसेको छैन। मनोनित सभासद्हरुले शपथ ग्रहण गरेका पनि छैनन्। त्यसपछि जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव अवश्य पारित हुनेछ।
पहाडमा चिया उद्योग मात्र बाँच्नु सक्दैन। यो संगसँगै टी टुरिजम पनि हुनुपर्छ।
विपक्षीको काम नै के हो? म सिस्टम बनाउनुमा लागेको छु। मैले विपक्षलाई गाली गरेर मेरो समस्या समाधान हुँदैन।
थापाले अझै भने, " सिनकोना बगानमा हामी माझको झगडाले यहाको समस्या समाधान नभएको हो।"
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपालले सिटोंगको भ्रमणको अवधि आज सिटोंगको नामथिङ पोखरी परिसरमा हनुमानको प्रतिमाको आज विधिवत स्थापना गरे | तिनले चुनाउ अघि यो प्रतिमा स्थापना गर्ने वचन दिएका थिए | स्मरण गराइन्छ गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष पनि रहेका प्रमुख कार्यपाल अनित थापाले गत २६ जुनमा सम्पन्न जीटीए चुनाउमा २९ न जीटीए समष्टी खर्सांग गिद्देपहाड अनि २६ सिटोंग लाठपन्चर समष्टीबाट विजय हासिल गरेका थिए |
मूर्तिकार अमीर सुन्दासले उकता हनुमानका प्रतिमा बनाएका हुन्।
नामथिङ पोखरीबारे प्रेससंग बोल्दै तिनले भने कि यो पोखरी प्राकृतिक पोखरी हो, यसलाई प्राकृतिक नै राख्नु पर्छ। यदि यो पोखरीलाई बनाउनु पट्टि लाग्यौं भने यो झन् बिग्रेर जानेछ। यस पोखरीलाई अझ राम्रो बनाउन हाईटेक्नलोजी चाहिन्छ। हामीले यसको प्रकृतिलाई पनि बचाउदै यसलाई राम्रो पनि बनाउनु पर्छ।
मूर्ति स्थापना कार्यक्रम पश्चात पत्रकारहरुसंग बोल्दै उनले विभिन्न विषय माथि आफ्नो मन्तव्य राखे।
0 Response to "बजगाईं ज्यु खरसाङको जनताले म्यान्डेट दिएर जिताएको निर्वाचित विधायक हुनुहुन्छ। उहाँले पनि खरसाङ क्षेत्रको निम्ति एमएलए फण्डबाट काम गरिदियोस भन्ने म चाहन्छु| : अनित थापा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.