-->
जी टी ए प्रमुख कार्यपाल अनित थापाले गर्यो पहिलो प्रशासनिक बैठक।

जी टी ए प्रमुख कार्यपाल अनित थापाले गर्यो पहिलो प्रशासनिक बैठक।

कालिमन्युज, कालेबुङ्ग, 25 अगस्त २०२२: सिस्टम ठिक गर्ने ठाउँ नै विभागको कार्य पद्धति हो। आज यसै विषयवस्तुलाई केन्द्र गरेर जीटीएका विभिन्न विभागका अधिकारी अनि कर्मचारीहरुसंग  गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन   ( गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) (जी टी ए) प्रमुख कार्यपाल अनित थापाले प्रशासनिक बैठक बसे ।
 बिहान १० बजे देखि सुरु गरिएको  बैठक  दिन भरि नै पटक पटक विभिन्थिन विभागहरुका  मनोनित अनि निर्वाचित प्रमुखहरु  अनि  सरकारी अधिकारी संग बस्यो। 
प्परमुख कार्यपाल थापाले  पर्यटन, प्राथमिक शिक्षा, माध्यमिक शिक्षा, कृषि विभाग, सोइल कन्जरभेसन, स्वास्थ्य अनि परिवार कल्याण, पीएचई, शक्ति अनि गैर परम्परागत उर्जा, आई सी डी एस, मत्स्य पालन, स्वयं सहायता समूह, इन्जिनियरिङ अनि वागवानी विभागका अधिकारीहरूसंग अलग अलग बैठक बसेर आगामी याजनाहरु तय गरे   । 
यसै सम्बन्धमा थापाले  भने :हामीले यी विभिन्न विभागहरू मार्फत जनहित कार्यका योजनाहरू माथि छलफल गरेका छौं। मैले सहकारिता अनि सहभागिताको सिद्धान्त अपनाएको छु। साथै विभिन्न विभागहरू माझ सम्पर्क बढाएर नै काम गर्ने सुझाव पनि राखेको छु। सिस्टमलाई ठीक गर्नु हाम्रो कार्य पद्धतिलाई ठीक बाटोमा ल्याउनु पर्छ भन्ने सोच राखेका छौ।

0 Response to "जी टी ए प्रमुख कार्यपाल अनित थापाले गर्यो पहिलो प्रशासनिक बैठक।"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.