-->
नगरपालिकाको चुनाव सितम्बर महिनामा हुनसक्छ: अनित थापा

नगरपालिकाको चुनाव सितम्बर महिनामा हुनसक्छ: अनित थापा

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष साथै जी टी ए प्रमुख कार्यपाल तीन दिने भ्रमणमा कालेबुङ आईपुगे। 

कालिमन्युज, कालेबुङ्ग, २१ अगस्त २०२२: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष साथै जी टी ए प्रमुख कार्यपाल तीन दिने भ्रमणमा कालेबुङ आईपुगे पछि पत्रकारहरुले नगरपालिका चुनाव माथि सोधेको एउटा प्रश्नको जवाबमा थापाले भने, "सितम्बर महिनामा नगरपालिकाको चुनाव हुनसक्छ।" 
जी टी ए चुनावमा जीत हासिल गरे पछि पहिलो पल्ट कालेबुङ भ्रमणमा निस्केका छन् भा गो प्र मो अध्यक्ष अनित थापा। कालेबुङ जिल्ला अध्यक्ष सी बी गुरुङले दिएका जानकारी अनुसार अध्यक्षको भ्रमण 3 दिनको रहनेछन्। अनित थापाले आफ्नो भ्रमण दार्जीलिङ देखि बिहान 9 बजे सुरु गरे। 
पेसोक पुग्दा बाटोमा समर्थक अनि कार्यकर्ताहरु बाटो छेउ उनलाई स्वागत गर्न बसेका थिए। खादा लगाएर उनको स्वागत भयो। त्यसरी नै टिस्टामा जिल्ला समितिका पदाधिकारीहरु, कार्यकर्ताहरुले उनलाई कालेबुङमा स्वागत जनाए। 
त्यसपश्चात गाडी अनि बाइकको लस्कर माझ थापाको यात्रा कालेबुङको उकालो लाग्यो। कालेबुङ पुग्न अघि बाटो बाटोमा समर्थक अनि कार्यकर्ताहरुले उनलाई स्वागत जनाउँदै गए अनि अन्ततः कालेबुङ थाना डाँडामा विधायक रुदेन् सादा लेप्चा, सी बी गुरुङ अनि विनय घिसिङले उनलाई स्वागत गरे। 
पछि उनलाई डेलोमा लगियो जहाँ उनी आगामी तीन दिन बस्नेछन्। आगामी दुई दिनमा थापाले साङ्गठनिक सभा साथै प्रशासनिक बैठकहरुमा बस्नेछन्।

0 Response to "नगरपालिकाको चुनाव सितम्बर महिनामा हुनसक्छ: अनित थापा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.