-->
विद्यालयहरुको ब्यान्डलाई अझ राम्रो बनाउन जीटीएले दुई दुई लाख रुपियाँ प्रदान गर्ने

विद्यालयहरुको ब्यान्डलाई अझ राम्रो बनाउन जीटीएले दुई दुई लाख रुपियाँ प्रदान गर्ने


कालिमन्युज, दार्जीलिङ्ग, १५ अगस्त २०२२:  पहाडमा शान्ति आएको छ, अब समृद्धि ल्याउनु छ। पहाडमा शिक्षाको विकास गर्नु छ। हाम्रो पहाडबाट पनि डि एम, एस पी निस्केको हुनु पर्छ। जीटीएले आईएएस अनि डब्लुबिसिएस तयारीको निम्ति विद्यार्थीलाई स्कलरसिप दिनेछ। पहाड अब कुनै दिन पनि बन्द हुनेछैन।

उक्त कुरो  सन्त जोसेफ खेल मैदानमा आयोजित ७६औ स्वतन्त्रता  दिवस  समारोहका मुख्य अतिथि दार्जीलिङ्ग गोर्खा क्षेत्रीय प्रशासन (जीटीए) का प्रमुख कार्यपाल अनित थापाले आफ्नो 3 मिनट 25 सेकेण्डको छोटो सम्बोधनको  समय भने |

समारोहमा उपस्थित जीटीए का प्रमुख सचिव, सभासदगण, कमिश्नरहरु लगायत एस पी अनि अन्य अधिकारीवर्ग र  दार्जीलिंगका वासिन्दा, शिक्षकगण र विद्यार्थीहरूलाई सम्बोधन गर्दै स्वतंत्र सेनानीहरुले गरेका उत्सर्गको सम्झना गराए|  

प्रमुख कार्यपाल थापाले भने, "अब पहाडमा शिक्षाको खेति गर्नु पर्छ, विद्यार्थीहरू पहाडको भविष्य हुन, देशको कर्णधार हुन|  अहिले धेरै समय पछि  पहाडमा शान्ति आएको छ,अब बन्द हुनेछैन, नानीहरुले अझ पड़नुहोस, शिक्षाको खेति गर्नुहोस र जातिलाई धेरै अघि लानुहोस | तपाईहरुको अध्ययनमा समस्या आएको समय जीटीएले सहायता पुर्याउनेछ | "

"सरकारी विद्यालयहरुलाई ब्याण्ड किन्नु, संचालन गर्नु  धेरै गाह्रो छ, यसैले  स्वतन्त्र दिवस समारोहमा ब्यान्ड लिएर सहभागी हुने हरेक सबै विद्यालयहरुलाई, ब्यान्डलाई अझ राम्रो बनाउन जीटीएले दुई दुई लाख रुपियाँ प्रदान गर्नेछ।"  आफ्नो  सम्बोधनमा थापाले उक्त घोषणा गरे |  

0 Response to "विद्यालयहरुको ब्यान्डलाई अझ राम्रो बनाउन जीटीएले दुई दुई लाख रुपियाँ प्रदान गर्ने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.