
"२०औं नेपाली भाषा मान्यता दिवस" नेपाली भाषा विकास एवम् अनुसन्धान केंद्र , नेपाली अकाडेमी, दार्जीलिङले आयोजन गर्ने
Don't Miss
जी टी ए अनि दार्जीलिङ नगरपालिका यस भाषा मान्यता दिवसको संयुक्त रूपमा प्रायोजक बन्ने
दैनन्दिनी, 2 अगस्त 2022: आज भानु भवनमा २०औं नेपाली भाषा मान्यता दिवस पालन गर्न एउटा समन्वय बैठक बस्यो। बैठकमा जी टी ए प्रमुख कार्यपाल अनित थापा, सूचना अनि संस्कृति विभागका सभासद अनोस् थापा, नेपाली अकाडेमीका डा गोकुल सिन्हा, दार्जीलिङ नगरपलिकाका अध्यक्ष रितेश पोर्तेलको विशेष उपस्थिति रह्यो।
सभामा आफ्नो विचार राख्दै जी टी ए प्रमुख कार्य पाल अनित थापाले भने, "नेपाली भाषाले मान्यता राजनीति गरेर पाएको होइन त्यसैले भाषा मान्यता दिवस पार्टीगत रूपमा नभएर भाषा प्रेमीहरुको नेतृत्वमा हुनु पर्छ भन्ने लाग्यो। पहाडमा सबै कुरा राजनैतिक दल अनि नेताले गर्नु पर्छ भन्ने संस्कार थियो अनि आज सम्म स्थापित छ। सबै कुरा जान्दछु भनेर नै पहाडको यस्तो स्थिति भएको जस्तो लाग्छ। भाषा दिवस मनाउनु माथि पनि राजनीति हुन्छ जस्तो लाग्यो। त्यसैले मैले भने भाषा मान्यता दिवस हामी राजनैतिक दलको विषय होइन। प्रजातान्त्रिक मोर्चाले यसको नेतृत्व दिने छैन।"
भाषा मान्यताको आन्दोलन राजनीतिकरण नभएर पनि फत्ते भएको हो। यसैले नेपाली भाषाले मान्यता पायो। गोर्खाल्याण्डको मुद्दा पनि कुनै दिन राजनैतिक पार्टीको मुद्दा देखि जातिगत मुद्दा बन्यो भने हामी गोर्खाल्याण्ड अवश्य हासिल गर्नु सक्नेछौ भन्दै उनले भने, "भाषा प्रेमीको पहलमा अनि नेतृत्वमा यो भाषा मान्यता दिवस मनाउने मेरो विचार अजय भाइलाई पनि साझा गरे। उनले पनि विचार स्वीकार्नु भयो। हामी अर्थात् जी टी ए अनि नगरपालिका भाषा मान्यता दिवसको प्रायोजक (स्पोन्सर) बन्नेछौ। राजनिति आउँछ जान्छ तर हामीले हाम्रो भाषा अनि संस्कृति बचाएर राख्नु पर्छ।"
नेपाली भाषा विकास एवम् अनुसन्धान केंद्र , नेपाली अकाडेमी, दार्जीलिङका अध्यक्ष डा गोकुल सिन्हाले आफ्नो आग्रहमा भने, "आज दार्जीलिङ पहाडमा प्रजातन्त्र आएको छ। निर्वाचित प्रतिनिधिहरु छन। बोर्ड गठन भएको छ। यसै बोर्डको सहयोगमा २० अगस्तमा हुने २०औं नेपाली भाषा मान्यता दिवस भव्यताका साथ मनाउने अठोट गरेका छौ।
जी टी ए क्षेत्र भित्रअनि बाहिरका भाषा, साहित्य, समाजका संघ संस्थाका सबैले आफ्नो उपस्थिति दिई हाम्रो ठूलो उपलब्धि, भाषा मान्यता दिवस एकसाथ पालन गरौ।"
उनले थप भने, "यो हाम्रो भाषिक चाड अनि उत्सव हो। आफ्नो व्यक्तिगत, सामाजिक, राजनैतिक विचारलाई भाषिक विचारमा परिणत गरेर त्यस दिन सबैले आफ्नो स्तरमा मनाएता पनि यो सामूहिक रूपमा मनाइने उत्सवमा भाग लिनु आग्रह गर्दछु।"
दार्जीलिङ नगरपालिकाकाअध्यक्ष रितेश पोर्तेलले पनि भाषा मान्यता दिवस एक साथ मनाउने आफ्नो अनि पार्टीको तर्फबाट स्वीकृति भएको जानकारी दिएका छन्।
आजको बैठकमा नेपाली साहित्य सम्मेलन, गोर्खा दुःख निवारक सम्मेलन, भारतीय गोर्खा परिसंघका प्रतिनिधिहरु लगायत अन्य विभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो।
0 Response to ""२०औं नेपाली भाषा मान्यता दिवस" नेपाली भाषा विकास एवम् अनुसन्धान केंद्र , नेपाली अकाडेमी, दार्जीलिङले आयोजन गर्ने"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.