
जी टी ए चिफ अनित थापाले राज्य समक्ष उठाए थाँतीमा रहेका विषयहरु: मुख्य सचिव अनि अतिरिक्त सचिवहरुसंग बस्यो कलकतामा प्रशासनिक बैठक
Don't Miss
- MP Raju Bista Reviews NH-10 Upgrades, Highlights Strategic Importance and Centre’s Commitment to Regional Connectivity
- Traffic Movement Regulated on NH 10 (Sevoke-Rangpo); Road Closure Dates Revised to May 15, 17, and 19
- Woman Dies in Kolkata After Being Administered Expired Saline at Midnapore Hospital; Investigation Launched
कालिमन्युज, कालेबुंग, 23 जुलाई २०२२: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका नव निर्वाचित मुख्य कार्यकारी सभासद अनित थापाले राज्य सरकारसंग बसेको प्रथम रिभ्यु बैठकमा जीटीएको धेरै समयदेखि थाँतीमा रहेका विषयहरुको उठान गरे | गत 21 जुलाईको दिन नवान्नमा जी टी ए प्रमुख कार्यपाल अनित थापा अनि पश्चिम बंगालका मुख्य सचिव डा एच के द्वीवेदी आईएएस माझ बैठक सम्पन्न भयो। बैठक करिब दुई घण्टा लामो चलेको थियो। बैठकमा होम अनि हिल अफेयर्स विभागका एडिसनल सेक्रेटरी बी पी गोपालिका आईएएस, फाइन्यान्सका एडिसनल सेक्रेटरी, मनोज पन्त आईएएस, जीटीएका मुख्य सचिव एस पुन्न्नमबलम,आईएएसको पनि उपस्थिति रहेको थियो।
प्रमुख कार्यपालको अफिसले दिएकोा जानकारी अनुसार सभामा निम्न मुद्दाहरूलाई लिएर बैठकमा चर्चा भयो:
+ राज्य कोषबाट जीटीएले पाउनु पर्ने रहल रकम अनि वर्तमान वित्त वर्षको पहिलो किस्तीको भुक्तानी।
+ पिएचई अन्तर्गत चलाइएको जल स्वप्न प्रकल्प जीटीएलाई हस्तान्तरण हुनु पर्छ कारण पिएचई विभाग हस्तान्तरण भएको विभाग हो।
+ आर आई डी एफ को फण्ड भुक्तान |
+ सवअर्डिनेट सेलेक्सन बोर्ड गठनलाई गति दिइनु |
+ ग्रुप बी, सी अनि डि मा भर्ना गर्न नियम तयार गर्न|
+ थातीमा रहेको जीटीएका कर्मचारीहरुको निम्ति डिसिआरबी (पेन्सन आदी) परियोजनालाई अनुमोदन|
+ क्याजुअल, दैनिक रोज, कन्ट्र्याक्टमा काम गर्ने कर्मचारीहरुलाई स्थायीकरण |
+ दिल्लीमा गोर्खा वेलफेयर सेन्टरको स्थापना |
+ जीट ए क्षेत्र मा टुरिजम डेभलपमेन्ट कोर्पोरेसन स्थापना गर्नु |
+ गिद्दे पहाडमा बनिन्दै गरेको रोपवेलाई पूर्ण गर्नु |
+ मङ्पुको सिन्कोना निर्देशालय अधिनस्थ ग्रुप डि का कर्मचारीको नियुक्ति मुद्दा |
+ गत आन्दोलनमा नतिरेको बिजुलीको बिलमा लागेको सर्चाज माफी |
+ जीटीए क्षेत्र का ११२ ग्राम पञ्चायतहरु अनि ९ पञ्चायत समितिमा निर्वाचित पञ्चायत सदस्यहरू नभए सम्म अधिकारीको नियुक्ति गरिनु |
+ बी ए वाई आवास प्लस योजना अन्तर्गत हुने सर्भे जीटीए क्षेत्रमा आज सम्म भएको छैन। सर्भे चाँडो भन्दा चाँडो गराउनु।
+ मिरिक अस्पताललाई महकुमा अस्पतालमा पदोन्नति गर्नु, त्रिवेणी अस्पताललाई सुपर स्पिसियालिटि अस्पताल बनाउनु, एनएचएम भर्ना गरिने जिल्ला स्तर सेलेक्सन समितिमा जीटीएको प्रतिनिधि राखिनु |
+ माइनोरिटी अफेयर्स विभागलाई पूर्ण रूपले जीटएलाई हस्तान्तरण गर्नु |
+ जीटीए क्षेत्रको निम्ति पृथक स्कुल सर्भिस कमिशन को स्थापना गर्नु |
+ प्राथमिक शिक्षकहरूको नियुक्ति अनि भर्नाको नियमलाई अनुमोदन गर्नु |
+ घूम जोरबङलो महाविद्यालयलाई सरकारी सहायता प्राप्त महाविद्यालय बनाउनु |
+ उच्चतर विद्यालयहरूमा प्रधान अध्यापक/ अध्यापिका को नियुक्ति गर्नु |
+ जीटीए क्षेत्रका स्कूलहरुमा कार्यरत स्वयं सेवक शिक्षकहरुको स्थायीकरण गर्नु |
+ जीटीए क्षेत्रका १४ वटा स्कूलहरुलाई सरकारी सहायता प्राप्त स्कूलको दर्जा दिनु।
+ आपदा प्रबंधन विभागीय मुद्मा फण्डको प्रावधान गर्नु |
+ पेदोङ मा फ्रोजन सीमेन् बुल स्टेसनको परियोजनालाई अनुमोदन गर्नु।
0 Response to "जी टी ए चिफ अनित थापाले राज्य समक्ष उठाए थाँतीमा रहेका विषयहरु: मुख्य सचिव अनि अतिरिक्त सचिवहरुसंग बस्यो कलकतामा प्रशासनिक बैठक"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.