
सिक्किम राज्यमा पत्रकारहरुलाई पेन्सन दिने मुख्य मन्त्रीको घोषणा
Don't Miss
कालिमन्युज, कालेबुंग, १७ जुलाई २०२२: सिक्किम राज्यका पत्रकारहरुलाई राज्य सरकारले पेन्सन दिने घोषणा गरेको छ | आगामी वर्षदेखि टिस्टा रंगित अविरल कलम पुरस्कार पनि प्रदान गरिने राज्यका मुख्य मन्त्री प्रेम सिंह तामाङ्गले घोषणा गरे |
प्रेस क्लब अफ सिक्किमको बिशौ स्थापना दिवसको उपलक्ष्यमा आयोजित समारोहमा मुख्य अतिथिको सम्बोधनमा मुख्य मन्त्रीले सिक्किम राज्यका पत्रकारहरुलाई राज्य सरकारले एक मुष्ठमा या मासिक पेन्सन दिने भएकोले यसको निम्ति आवश्यक नियम र सही शर्तहरु क्लब र राज्यको आइ पी आर विभाग मिलेर संयुक्त रुपमा बसेर तैयार गर्नु पर्ने जनाए |
आजको समारोहमा मुख्य मन्त्री गोलेको बाहुलीबाट कञ्चनजङ्घा कलम पुरस्कार २०२२ले पुरस्कृत भीम रावत, लगनशील युवा पत्रकार पुरस्कार प्रापक सुजल प्रधान अनि वरिष्ठ पत्रकार सम्मानले विभूषित एस बी ब्लोनलाई पुरस्कार, स्मृति चिन्ह, अभिनन्दनपत्र, र राज्य सरकारको पक्षबाट रु एकाउन्न हजारको चेक आदिले सम्मान जनाए|
कार्यक्रममा संस्थापक सदस्यहरुलाई पनि अभिनन्दन गरियो| समारोहमा विशिष्ट अतिथि सूचना एवं प्रसारण मन्त्री लोकनाथ नेपाल शर्मा, विधान सभाका उपाध्यक्ष साङ्गे लेप्चा, शिक्षा एवं खेलकूद मन्त्री कुङ्गा निमा लेप्चा, पर्यटन विभागका मन्त्री बी एस पन्त, वन मन्त्री कर्मा लोडे भोटिया, जनस्वास्थ अभियान्त्रिकी भिम हाँग सुब्बा, परिवहन विभागका मन्त्री संजित खरेल, विधायक सुनिता गजमेर, आदित्य गोले, सूचना अनि जनसम्पर्क विभाग, पुलिस अनि अन्य विभागीय अधिकारीवर्ग, विभिन्न संस्थाहरुका प्रतिनिधिगण लगायत नेपाल सिक्किम, सिलगडी अनि कालेबुंगका पत्रकारहरुको उपस्थिति थियो |
प्रतिवर्ष एक उत्कृष्ट पत्रकारलाई आगामी वर्षदेखि टिस्टा रंगित अविरल कलम पुरस्कार र उक्त पुरस्कारसंगै रु १लाख १ हजार नकद राशी पनि दिने तिनले बताए | यसको साथै सरकारले प्रतिवर्ष दश जना पत्रकारलाई भारत देशमा अध्ययन भ्रमण गर्न दुई लाखको राशी प्रति पत्रकारलाई दिने घोषणा गरेको छ |
तिनले आफ्नो सम्बोधनमा यस अघि २०१९ मा राज्य सरकारले 4 तले भवन पत्रकारहरुको निम्ति प्रेस क्लब अफ सिक्किमको नाउमा दिइसकेको स्मरण गराए | नियम कानुनलाई पालन गर्दै यो भवन लिजमा दिने व्यवस्था भएको अनि क्लबले आफ्नो आयश्रोत पनि यस भवन उपयोगबाट गर्न सक्ने तिनले जनाए |
एस के एम सरकारले आफ्नो तीनवर्षको अवधिमा पत्रकारहरुको निम्ति धेरै गरेको, कोविडको समयको केही सहायता राशी प्रदान गरेको, रोग उपचारार्थ सहायता राशी दिदै आएको र अझै दिने बताए | पत्रिकाहरुलाई राज्यले दिने विज्ञापनको दरमा वृद्धि गरिदिने, प्रेस क्लबको कल्याण कोषमा रु 10 लाख दिने घोषणा पनि आजको सभामा गरे|
तिनले पत्रकारहरुलाई समाचार प्रेषित गर्दा समाचार या घटनालाई विश्लेषण पनि गरिदिने, त्यसको कारण अनि असल पक्षको या दुवै पक्षलाई ध्यानमा राख्ने अनुरोध गरे |
0 Response to "सिक्किम राज्यमा पत्रकारहरुलाई पेन्सन दिने मुख्य मन्त्रीको घोषणा "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.