-->
आन्ध्र प्रदेशबाट 114 जना पहाडका विद्यार्थीहरु जीटीएको प्रयासमा सिलगढी आइपुगे

आन्ध्र प्रदेशबाट 114 जना पहाडका विद्यार्थीहरु जीटीएको प्रयासमा सिलगढी आइपुगे

कालिमन्युज, 17 मई 2020 कालेबुङ: आन्ध्र प्रदेशको पुट्टपर्थीबाट 114 पहाडका विद्यार्थीहरु हिजो राती ८:४५ बजे तिर छ वटा बसमा सिलगढी आइपुगे। राती आएकाले उनीहरुको व्यवस्था मिलाउन गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका अध्यक्ष अनित थापा स्वय़ँ उपस्थित थिए। 
हेल्पडेक्सका बिन्नी शर्मा, स्वास्थ अधिकारी अनि पुलिस अधिकारीहरुको उपस्थितिमा 114 विद्यार्थीहरुलाई नजिकैको होटेल साइनमा बस्ने प्रबन्ध मिलाएर हिजो राती उनीहरुलाई बस्ने खाने अस्थायी क्वारेन्टाइनको व्यवस्था गरिएको थापाले जानकारी दिए।
आज सबैको स्वास्थ्य जाँचपछि स्वाब टेस्ट पनि गरेर होम क्वारेन्टाइन अथवा इंस्टिट्युसनल क्वारेन्टाइन सेन्टरमा पठाइने बताइएको छ। पुट्टपर्थीको श्री सत्य साई इंस्टिट्युट अव हायर लर्निङ कलेज र अन्यबाट आएका ११४ जना विद्यार्थीहरुलाई सिलगडीको दार्जीलिङ मोडमा स्वास्थ जाँच गराए पछि मात्र होम क्वारेन्टाइनमा राखिने अथवा इंस्टिट्युसनल क्वारेन्टाइन सेन्टरमा पठाइने अध्यक्ष थापाले बताए।
यता भेल्लोरबाट उपचार गराएर विचल्नीमा परेका 30 जना जीटी क्षेत्रका मानिसहरु रेल सेवाको सुविधा नपाएपछि आफ्नो घर जान बसयात्रा गरिरहेकाछन । सम्भवत: भोलि उनीहरु सिलगडी आइपुग्नेछन। 
यता गत 12 मईमा चेन्नईबाट १० जना पहाडवासीहरु यसरीनै बसद्वारा सिलगडी आइपुगेका थिए। उनीहरुलाई जीटीएकै प्रयासमा सिलगढीमा उतारेपछि विभिन्न इंस्टिट्युसनल क्वारेन्टाइन सेन्टरमा पठाइएको छ। 
केहि दिन अघि बिहारको सासाराम जिल्लामा कार्यरत कालेबुङ, दार्जीलिङ अनि सिक्किमका 21 जना युवाहरु पैदलै हिडेर आउँदा विचल्नीमा परेपछि जीटीएको प्रयासमा उनीहरुलाई सकुशल सिलगडी ल्याइए पुर्याइयो अहिले उनीहरुलाई पनि इंस्टिट्युसनल क्वारेन्टाइन सेन्टरमा राखीएकोछ। 
कुनै रोगको लक्षण नदेखिएका इंस्टिट्युसनल क्वारेन्टाइन सेन्टरमा राखीएकाहरुको स्वाब टेस्टको परिणाम नेगेटिभ आए होम क्वारेन्टाइनमा पठाइने व्यवस्था गरिएकोछ। 
बिहारबाट आउने युवाहरुको कथन अनुसार जुन संस्थामा काम गर्थे त्यसका मालिकहरुले तलब दिन नसक्ने भएकोले उनीहरुलाई घर जाने आदेश दिएपछि उनीहरु पैदल घर फर्किरहेका थिए । तर दुइदिनदेखिको यात्रामा हिडेपछि पैसा सकेर अनि आश्रय र सहयोग आदि नपाएर् बिजोग भएको खबर जीटीए अध्यक्ष अनित थापाले थाहा पाएपछि लगत्तै उनीहरुको आउनेको व्यवस्था गर्न २५ हजार रुपिया ब्यांक एकाउंटमा ट्रांस्फर गरिदिए। त्यसपछि यताबाट कालेबुङ नगर अध्यक्ष रवि प्रधानको सहयोगमा चाँडो कदम उठाइ गाडी र सहायता पठाएर उनीहरुलाई सिलगढ़ी ल्याइपुर्याइयो। हेल्पडेक्स, सिलगढ़ीका बिन्नि शर्माको नेत्रृत्वमा सिलगडीको क्वारेन्टाइन सेन्टरमा लाने व्यवस्था गरियो र मेडिकल जाँच साथ स्वाब टेस्टको परिणाम आएपछि उनीहरूलाई आ-आफ्नो गाउँ ठाऊँमा पुर्याउने जिम्मेवारी पनि जीटीएले लिएको अध्यक्ष थापाले बताएका छन। 

Related Posts

0 Response to "आन्ध्र प्रदेशबाट 114 जना पहाडका विद्यार्थीहरु जीटीएको प्रयासमा सिलगढी आइपुगे"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.