कालेबुङ जिल्लाको निम्ति आवश्यक स्वास्थ्य उपकरणहरु लिएर जीटीए अध्यक्ष अनित थापा गत दुई दिनदेखि कालेबुङमा
कालिमन्युज, कालेबुङ, 3 मार्च 2020। हिजो कालेबुङ आइपुगेका जीटीए अध्यक्ष अनित थापाले कोरोना भाइरस रोग परीक्षण र रोकथाम गर्ने पहलमा आवश्यक कतिपय सामानहरु ल्याएर वितरण गर्न लागेका छन। अध्यक्ष थापाले 40 बेड्को क्वारेन्टाइन केन्द्र बनाइ चालु पनि गरेर मात्रै जाने बताएका छन। यसको निम्ति सीएमओएच को क्वाटर परिसरमा तैयार बिल्डिंगमा क्वारेन्टाइन केन्द्रको व्यवस्था सुरू भएको छ।
हिजो कालेबुङ आइपुगेपछि कालेबुङका जिल्लापाल आर भिमलासंग एक प्रशासनिक पनि बैठक गरेपछि क्वारेन्टाइन केन्द्रमा सामानहरु हिजै ल्याएर मिलाउने सजाउने काम उनकै निगरानीमा भैरहेको छ। आज थप ल्याइएका उपकरणहरुमा पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीइ), ग्लोभ्स, सबै प्रकारका मास्क, थर्मल स्क्यानर, सेनिटाइजर मसिन, इन्फ्रारेड थर्मोमिटर अनि सेनिटाजर छन। यसमध्ये केही सामान र उपकरणहरु कालेबुङ नगरपालिका अध्यक्ष रवी प्रधानलाई हस्तान्तरण गरियो । रहल सामानहरु भने कालेबुङ जिल्ला अस्पताललाई दिइने अध्यक्ष थापाले बताएका छन् ।


क्वारेन्टाइन केन्द्रको स्थापना बारे बोल्दै जीटीए अध्यक्ष थापाले भने कि म कालिम्पोङमा ४० बेडको क्वारेन्टाइन केन्द्रको सञ्चालनको निगरानीको लागि मात्र आएको होइन तर परिचालन पनि गरेरै मात्र फर्कने बताएका छन। थापाले अझै भने कि आउँदो २-३ दिनमा नै यो सेवा हामी पूर्ण रूपमा परिचालन गर्न सकिन्छ भन्ने आशा गरेको छु। म तपाईंलाई विश्वास दिलाउनु चाहन्छु कि जब सम्म यो सेवा परिचालन हुँदैन म कालेबुङ छोड्ने छैन।
तिनले भने “ जीटीए क्षेत्र मा उपलब्ध स्वास्थ्य संसाधन विषयमा म अति गम्भीर छु। तपाईंहरूलाई जनाउनु चाहन्छु वर्तमानमा दुइवटै जिल्ला अस्पताल संकटको सामना गर्न सक्षम छ। अस्पतालमा पर्याप्त मात्रामा पीपीइ उपलब्ध छ।“
तिनले अझै बताए “कालेबुङको प्रत्येक ब्लक स्वास्थ्य केन्द्र अनि क्वारेन्टाइन केन्द्रको निम्ति थर्मल बडी स्क्यानर पठाउँदैछु। साथै सिनकोना बगानको ४ वटै अस्पतालमा पनि चाँडै थर्मल बडी स्क्यानर उपलब्ध गराउँदैछु। तुरन्तै जीटीए क्षेत्रका अन्य ब्लक स्वास्थ्य केन्द्रमा पनि स्क्यानर उपलब्ध हुनेछ।“
तिनले प्राप्त भएको पी पी इ बारे स्पष्टीकरण दिदै बताए “ आज श्री अमर सिंह राई मार्फत मैले पीपीइ पाएको छु। उहाँले आफ्नो विधायक पेन्सनबाट ६ महिनाको पेन्सनको राशी पीपीइ किन्न अनुदान दिनु भएको थियो। उहाँले कालेबुङको संकट देखेरनै प्रथममा पीपीइ कालेबुङ जिल्लाको स्वास्थ्य केन्द्रमा उपलब्ध गराउने इच्छा जाहेर गर्नु भयो। जीटीएले दुई जिल्लाको निम्ति ७०० पीपीइ को अर्डर दिएको छ जुन आउँदो सप्ताह भित्रमा आइपुग्नेछ।“
थापाले सुझाव दिदै भने कि स्वास्थ्य उपकरणहरुको आपूर्ति यस समय कठिन भएको छ। विश्वमा नै यो समस्या छ अहिले। स्वास्थ्य विभाग अनि जीटीए प्रसाशन यी संसाधन आपूर्ति गराउन २४ घण्टा लागिपरेको छ। यी उपकरणहरु यस समय जीवनदान दिने उपकरण साबित भएको छ। यसलाई होसियारीसित काममा लगाउनुहोस।

तिनले अझै भने ”केवल उपकरणले मात्र रोगीको ज्यान बचाउँदैन। डाक्टर, नर्स, स्वास्थ कर्मी पनि महत्वपूर्ण कडी हुन्। त्यसर्थ प्राइभेट अस्पताल, क्लिनिक, नर्सिङ होममा कार्यरत डाक्टरलाई अपिल गर्दछु, हजुरहरू पनि जीटीएको महामारी विरुद्धको यो संग्राममा एउटा स्वयं सेवी भएर आफ्नो हात बढाउनु होस ।“
थापाले अग्रपंक्तिमा कार्यरत, जीवन दान दिने, सम्पूर्ण स्वास्थ्य कर्मीहरु, उनीहरुका माता पिता तथा अभिभावकहरुलाई पनि धन्यवाद दिए।
0 Response to "कालेबुङ जिल्लाको निम्ति आवश्यक स्वास्थ्य उपकरणहरु लिएर जीटीए अध्यक्ष अनित थापा गत दुई दिनदेखि कालेबुङमा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.