-->
लकडाउन उल्लंघन गरे  पक्राउ गरिने - एएसपि कुन्तल ब्यानर्जी

लकडाउन उल्लंघन गरे पक्राउ गरिने - एएसपि कुन्तल ब्यानर्जी

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 14 अप्रेल ।  कोरोना भाइरसको प्रकोपलाई रोक्न सम्पूर्ण देशमा गत 25 मार्चदेखि 14 अप्रेल सम्म प्रथम चरणको लकडाउन शेष हुन अघि नै आज दोस्रो चरणको लकडाउन 3 मई सम्म जारी रहने घोषणा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले  गरेका छन्। 


वर्तमान अवस्थामा देशमा कोविड 19 को संक्रमण बढिरहेको रहेको कुरालाई मध्यनजर गरेर  चलिरहेको लकडाउनको असर अलीपुरद्वार जिल्लामा भने उति नहुने संकेत देखिएको छ । यसैक्रममा पश्चिम बंगाल राज्यका मुख्य मंत्री सुश्री ममता ब्यानर्जीले पनि सम्पूर्ण पश्चिम बंगालका जनतालाई उक्त महामारी रोक्नको निम्ति घरमानै बसिदिने अपील गरेका छन । तर राज्यका धेरैजसो मानिसहरुले यसलाई अमान्य गरेको अनि लकडाउन पालन नगरिरहेको देखिएको छ । 
यसैक्रममा अलीपुरद्वार जिल्लाको प्रमुख शहर अलीपुरद्वारमा निरक्षण गर्दा उक्त क्षेत्रमा सोसियल डि डिस्ट्यान्सको नियम कसैले पनि पालन गरेको  देखिएन । बिना हेल्मेटमा, साथै मास्क पनि प्रयोग नगरिकन मोटर साइकल वाहकहरुले वाहन  हाँकीरहेको  देखियो । यसै क्रममा अटोरिक्सा, ई रिक्सामा, लगायत सब्जी दोकानहरुमा मानिसहरुको जमातले सोसियल डिस्ट्यान्स ठ्याम्मै पालन नगरेको देखियो । विश्वनै यो रोग रोकथाम गर्न लागिपरिरहेको समयमा मानिसहरुमा मिण्चित पनि परवाह नभएको लापरवाही देखिएकोछ। 
सोसियल डिस्ट्यान्सिंग मेन्टेन गरिनू पर्ने तथा लकडाउन पालन गर्नुपर्ने आदेशलाई कसैले पनि ठीक रूपमा नगरेको देखिएको र सोसियल डिस्ट्यान्सिंगको धजिया उडाएकोले यसले स्थानियवासीहरुको पछौटेपना, स्वार्थीपना, लापरवाही आदि प्रकट भएकोछ । 
यसै सम्बन्धलाई लिएर अलीपुरद्वारका जिल्ला शासक सुरेन्द्र कुमार मिना समक्ष उक्त अवस्थाबारे जानकारी लिन खोज्दा तिनले भनेका छन् कि वर्तमान अवस्थामा अलीपुरद्वारमा राज्य सरकारबाट जनतालाई कडारुपमा नियम पालन नगराउनु भन्ने निर्देशन आएको हुनाले त्यही अनुसार प्रशासनले काम गरिरहेकोछ । यता कडा व्यवस्था गराउने काम पुलिस विभागको हो भन्ने जानकारी पनि तिनले दिए । 
यस सम्बन्धमा अलीपुरद्वारका एसपिसंग सम्पर्क गर्न खोज्दा तिनको मोबाइल नम्बर कनट्रोलरुममा फर्वर्ड गरिएको पाइयो । यसै सम्बन्धलाई लिएर एडिसनल एसपि कुन्तल ब्यानर्जीसँग दूरभाषमा सम्पर्क गर्दा तिनले बताए कि  अलीपुरद्वार शहर क्षेत्र उनको अधिनमा पर्दैन अनि 3 मई सम्म हुन लागेको लकडाउनको अवधिमा यदि कुनै पनि मानिसले उक्त नियमको अवहेलना गरे उनीहरुलाई पक्राउ गरिनेछ । यसको साथै उनीहरुमाथि मुद्धा पनि हालिने छ । 
अर्कोतिर भारत भोटाङ सीमावर्ती क्षेत्र लगायत जयगाउँको आसपास क्षेत्रहरुमा दैनिकरुपमा काम गर्ने मजदुरहरुले उक्त नियमलाई पालन गरेको जस्तो देखिएको छैन, विभिन्न राज्यबाट यस क्षेत्रमा काम गर्नको निम्ति आएका मजदुरहरू दैनिकरुपमा बहुबजार क्षेत्र, सुपर मार्केटको आसपास क्षेत्रहरुमा भीड़  गरिरहेको देखिएको छ।  यसै सम्बन्धमा उक्त मजदुरहरुसँग घरमा नबसेर किन बाहिर निस्किएको भनी प्रश्न गर्दा उनीहरुले बताए कि जो अहिले घरी भोटाङमा सब्जी लगायत विभिन्न सामग्रीहरु निर्यात गर्दा यहाँका स-साना दोकानदारहरुले पानको पात, दोमा लगायत विभिन्न सामाग्रीहरु गाडीमा उठाउने काम गर्न बाहिर निस्किएको हो  । तर राज्य सरकारले एउटा राज्यदेखि अर्को राज्यमा यातायात साधनहरु बन्द गरिदिएको छ । 
यता मित्रराष्ट्र भोटाङमा राजस्थान, बिहार, मध्यप्रदेश, केरेला, महाराष्ट्र आदि राज्यको नम्बर प्लेट भएको वाहनहरुमा विभिन्न सामग्रीहरु निर्यात निरंतर रूपमा भैरहेकोले गर्दा यस क्षेत्रमा लकडाउनको उल्लंघन भैइरहेको देखिएको छ । 
यसैक्रममा भोटाङमा निर्यात भइरहेको बहुबजारको गेट अगाडि राजस्थानबाट आएको  वाचन चालक अनसर खानले गत पाँच दिनदेखि राजस्थानबाट आउन समय लागेको अनि चलिरहेको लकडाउननको अवसरमा कुखुराको चारो निर्यात गरिरहेको बताएका छन् । यसरी दैनिक रुपमा विभिन्न राज्यहरुबाट भोटाङमा अनावश्यक तत्वहरु पनि निर्यात भइरहेको देखिएको छ । यसमाथि सम्बन्धित विभागहरुको खासै नजर नपुगेको या जाँच गर्न चासो नदेखाएको देखिएको छ । 

Related Posts

0 Response to "लकडाउन उल्लंघन गरे पक्राउ गरिने - एएसपि कुन्तल ब्यानर्जी "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.