-->
दुईजना चालक आपसमा झगडा गरेपछि एक चालकको मृत्यु जयगाउँ सहर अशान्त

दुईजना चालक आपसमा झगडा गरेपछि एक चालकको मृत्यु जयगाउँ सहर अशान्त

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 28 फरवरी । भारत भोटाङ अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्र जयगाउँको लिङ्क् रोड अवस्थित टेक्सी स्ट्याण्ड्मा दुईजना चालकहरु आपस्तमा झगडा हुँदा एकजनाको हत्या भएपछि जयगाँउ अशान्त भएको छ। 
शंकर दास (उर्फ बापि दास) नामक चालकलाई छोटा मेचे बस्ती निवासी चालक फुर्बा लामाले खुकुरीद्वारा टाउकोमा प्रहार गरेर हत्या गरेको थियो जसको कारण आज अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्र जयगाँउमा बंगाली समाजका मानिसहरुले जयगाँउ मर्चेन्ट एसोसिएसनलाई जानकारी गराएर आज बिहान 9 बजे देखी अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रका पसलहरुलाई बन्द गरिदिएर अचल गरिदिएको थियो । 
यस सम्बन्धमा बङ्ग समाजका अधिकारीहरुले गत बिहीवारको बेलुकीतिर जयगाँउ थानामा एउटा लिखित पत्र दिएका थिए उक्त पत्र अनुसार दिनभरि सम्म हत्या गर्ने फुर्बा लामालाई पक्राउ गर्ने माग राखिएको थियो । अर्कोतिर पुलिस प्रशासनले गुप्त सूचनाको आधारमा शुक्रबार बिहान 3 बजेतिर स्थानीय बिहीबारे क्षेत्रमा आफन्तका घरमा आश्रय लिएर सुतिरहेको समयमा पुलिसद्वारा छापामारी गरेर हत्यारालाई 24 घण्टा भन्दा अघिनै पक्राउ गर्न सफल बनेको छ । 
यसै अवसरमा एसडिपिओ टि भूटियाले दिएको जानकारी अनुसार उक्त हत्यारा छोटे बस्ती निवासी चालक फुर्बा लामा, 29 वर्ष लाई भारतिय कानूनको धारा 302 मा पक्राउ गरेर् अलीपुरद्वार न्यायालयमा पठाइएको छ । तिनले यस विषयमा जानकारी गराउँदै भनेका छन् कि दुई जनाको एक अर्कामा जमिनको विषयमा मतभेद थियो र् केहीदिन अगाडि पनि झगडा भएको थियो ।उक्त जग्गाकै कारण आज अचानक यो घटना घटेको हुने आशंका गरेको भूटियाले बताएका छन् भने अर्कोतिर जयगाउँ बासिन्दाहरूको मनमा यस घटनाले डर फैलिएको छ। 
दिँउसोको उज्यालोमा नै भारत भोटाङ् अन्तर्राष्ट्रिय सीमावर्ती रहेको जयगाउँ थानाकै लगभग 100 मिटरको दुरीमा नाङ्गो खुकुरी लिएर एकजना व्यक्तिलाई टाउकोमा प्रहार गरेर अचानक हत्या गर्नुले स्थानीय बासिन्दाहरु डरले दिनभरि दोकानदारहरुले दोकानपाट् बन्द गर्न वाध्य भएको देखिएको छ । यस घटनाबारे स्थानीय गाउँका ग्राम पंचायत दुईका प्रधान अनि जयगाउँ ग्राम पंचायत 2 तृणमूल कांग्रेसका अञ्चल सभापति जंगबहादुर लामा, जयगाउँ एक ग्राम पंचायतका तृणमूल कांग्रेसका सभापति बिष्णु लामाले स्थानीय पुलिस प्रशासनहरुसँग बातचित गरे पछि पत्रकारहरुसँग कुराकानी गर्दै आरोप लगाउँदै भने कि दैनिक रुपमा यस क्षेत्रमा अशान्ति बढिरहेको छ यसको मुख्य कारण पुलिस प्रशासनको कमजोडी हो । 
पुलिस प्रशासनले आउँदो दिनमा आफ्नो कार्य सठिक रुपमा गरेर यो क्षेत्रमा शान्ति बहाली गरिदिनुपर्ने भन्ने माग राखेको पनि उनीहरुले जानकारी गराएका छन् । यसरी यसै सम्बन्धमा तिनीहरूलाई यो क्षेत्रमा नशालु सेवन गर्ने व्यक्तिहरूले अशान्ति फैलाइरहेको अनि नशालु ट्याब्लेटहरु सेवन गर्ने केटाकेटीहरुले यो क्षेत्रमा छिनताई अशान्ति फैलाउने कार्य गरिरहेका छन् जसको निम्ति पुलिस प्रशासन वा को दोषी हो भन्ने प्रश्न राख्दा तिनीहरूले बताए कि पुलिस प्रशासनले यसमाथि ठीक रुपमा विगत दिनदेखि काम गरेको भए यसरी यो क्षेत्रमा अशान्ति फैलिने थिएन होला। 
 यसरी दिँउसोको उज्यालोमा मानिसको हत्याको खबर समाचार अगाडि आएपछि यो क्षेत्रमा अन्तर्राष्ट्रिय भोटाङबाट आउने ग्राहकहरुको संख्यामा धेरै कमी आएको छ । अर्कोतिर यो अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्र अवस्थित पुलिस प्रशासन लगायत सम्बन्धित विभागले सुरक्षाको कार्यमा कठोर भन्दा कठोर नियम अपनाउनुपर्ने हो जसमा विभागहरु असफल भएको देखिएको छ ।

Related Posts

0 Response to "दुईजना चालक आपसमा झगडा गरेपछि एक चालकको मृत्यु जयगाउँ सहर अशान्त "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.